Tuesday 2 August 2016

म सधै कारीब ७ बजे अफिस बाट फर्किन्थे । साँझ को मौसम कफी सँगै सुमधुर मौसम को हावा को बेग महसुस गर्नु बेग्लै आनन्द थियो । म करीब आधा घण्टा कफी र कुनै किताब को साथ मा बिताउथेँ । स्पोन क्याफे थियो । दिनहु आवात जावत ले सबै चिर परिचित थिए । 
करीब ६ महिना अघी को कुरा हो । म सधै झै क्याफे मा बसेर आफ्नो कफी को आनन्द लिदै थिए । अकस्मात मेरो अगाडी एक सुदर युबती आइन । उनले बिनम्रता ले सोधिन - Ex-Cuse me, के म यहाँ बस्न सक्छु ? साँझ को रोम्यान्टिक मौसम अनि एक आकर्षक युबती को चाहना म कसरी लत्त्याउन सक्छु ? Ofcourse, मैले मुस्कुराउदै भने । हामी चुप चाप आम्ने साम्ने बस्दै थियौ । म चुपचाप आफ्नो कफी र किताब मा ध्यान दिदै थिए । म जवान्, उनि उन्माद्, म रोकिईरहन सकिन । धेरै बेर को मौन लाई तोड्दै मैले बोलिछाडेँ - हाइ, म सन्जिब । नाम भन्दै मा मैले आफ्नो हात अगि बढाईसकेको थिए । उनि एक टक ले मलाई हेरी मात्र रहिन । मेरा हात हावा मा अडेका मात्र थिए । उनले भनिन, हेलो, म अलिशा । एक वाक्य मा आफ्नो परिचय सक्काइन । मैले हात तल झर्दै भने - सरी म मात्र परिचय गर्न चाहन्थे । मैले अलि जिस्किदै भनिदिए - हजुर यती सुन्दर हुनुहुन्छ कि म आफुलाई रोक्न सकिन । उनि आस्चर्य भई मेरा कुरा सुन्दै थिइन । आँखी भौ उचाल्दै बडो टक ले मेरो कुरो सुन्दै थिइन । मैले फेरी थपिदिए - आज सम्म मैले तपाईं लाई यहाँ देखेको थिईन । के तपाइ यो ठाउँ मा नयाँ हो ? उन्ले भनिन म बिगत ५ बर्ष देखी यही क्याफे मा आउने जाने गर्छु । उनले बहिर को टेबल देखाउदै भनिन । बस !! कसैले याद गर्दैन । मैले उस्को कुरा मा हाँसो रोक्न सकिन , हाँस्दै भने - हजुर यती राम्री अनि कसैले याद नगर्ने ? यो हुनै सक्दैन । उन्ले भनिन - सायद हजुरको आँखा ले राम्रो देख्यो । मैले फेरी दोहोराए - सुन्दर चिज सबैलाई राम्रो नै लाग्छन । 
समान्य चिन जान सहित म आफ्नो बाटो लाग्ने कोसिस मा थिए । उन्ले भनिन - यतिका बर्ष म आज तपाईंले मलाई कसैको याद दिलाउनु भयो । के हामी भोली पुन मिल्न सक्छौ ? म भित्रै देखी खुशी ले मुहार मा हाँसो प्रकट गर्दै भने हुन्छ, स्योर । 
मेरो दिनहुँ को कफी टाइम अनि अलिशा को भेट , रोम्यान्टिक साँझ मा झन रङ थपिन्थ्यो । हामी एक अर्का सँग दिन प्रतिदिन नजिकिदै जाँदै थियौ । उनि एक्लै बस्न रुचाउने , धेरै सँग बोल्न मन नपर्ने र बहिरी खाना खान त्यती मन नपराउने स्वभाब कि थिइन । कती पटक ल्याएको चिया/कफी कप मा यसै रहिरहन्थ्यो । उनि जवाफ मा भन्थिन हजुर सँग कुरा गर्न थालेपछी म खान पनि भुल्छु । 
करीब को ६ महिना को लगातार भेट मा म उसलाई मन पराउन थालेको थिए । दिन को करीब २० मिनेट कुरा हुन्थ्यो । म कैले काँही क्याफे बाट उनिसँगै कोठा फर्किन्थे । हरेक दिन साँझ पर्ने प्रतिक्षा मा बर्षौ लाग्थ्यो । 
मध्यम परिवार कि केटी अलिशा साधरण अनि सिम्पल थिइन उनको मुहार को चमक मा एक अदभुद जादु थियो । कपाल हावा मा पालुवा झै फर्फराउँथे । उनको घर मेरो कोठा देखी करीब १५ मिनेट हिँडाइ को दुरिमा थियो । कहिले काही म उन्लाई छाड्न उस्को घर अगाडी सम्म पनि पुगेको थिए ।
म झन झन नजिकिदै गएकोले उस्लाई आफ्नो मन को भावना पोख्न निस्चित भैसकेको थिए । 
एकदिन सिम सिम पानी को ।साथ मा आकाश गर्जिदै थियो । म सधै झै आफ्नो कफी को साथ मा अलिशा को पर्खाइ मा थिए । उनि केहि बेर मा आइपुगिन । आज म निस्चित थिए कि जसरिपनी आज उसलाई मन को कुरा भन्छु । आखिर ६ - ७ महिना भयो दिनदिनै भेट हुन लागेको । उसले पनि त मन पराउँदी हो । नत्र हरेक दिन किन आउँछे भेट्न मलाई । किन गर्छे उस्ले आफ्नो हरेक कुरा Share केहि नहुदो हो त आखिर यतिका दिन सम्बन्ध नि टिक्दैन थ्यो । आखिर म मा पनि के खराबी छ र , हेन्ड्सम छु , Job छ , स्मार्ट छु । म निस्चित छु कि आज भन्छु । सोच्दै मा उनि आएर मेरो टेबल अगाडी बसिन । 
म गोजी बाट उस्को लागी ल्याएको रिङ्ग निकाल्ने कोसिस मा थिए । अलिशा तिमीलाई केहि कुरा भन्नु थियो । 
मेरो कुरा सकिन नपाउदै उसको रिस ले आकाश चुम्यो - आखिर केटा नै त पर्यौ । तिमीलाई म आफ्नो साथी मात्र सोच्थे , फेरी आएर एस्तो निच सोच राखेर मलाई Propose गर्न खोज्दै छौ ? मलाई तिमी बाट यो आशा थिएन । तिमी केटा हरु यो भन्दा बढि के नै गर्न सक्छौ र ? पहिला माया को खेल रच्छौ अनि फसाउँछौ । अनि जब आफ्नो स्वार्थ पुरा गर्छौ अनि गायब हुन्छौ हावा सरि । तिमीहरुले यो एउटा रिङ्ग मा फसाउने कोसिस किन गर्छौ सधै केटिलाई । उस्ले त्यही रिङ्ग म तिर फालेर बाहिर गइ । जाँदा जाँदै अब देखी कहिल्यै नभेट्ने कुरा सुनाइ । आखिर जुन रिङ्ग मैले अलिशा लाई दिन खोज्दै थिए त्यही रिङ्ग अलिशा ले म तिर फालेर गई आखिर कसरी ? फेरी कसरी पाइ मैले नदिदै उस्ले रिङ्ग ? म आस्चर्य भए । 
त्यस दिन देखी अलिशा क्याफे मा आउन छाडिन । म दिन्, २ दिन गरी करीब एक महिना कुरे तर पनि उनि कहिल्यै फर्केर आइनन । म बाध्य भएर उस्को घर मा जाने निधो गरे घर को बेल बजाए । एक बुडी आमा ले ढोका खोलिन । हजुर यो अलिशा को घर हो ? आमाले हजुर बाबु हो ।किन बाबु के काम थियो भनेर सोध्नु भयो ।मैले आफु र अलिशा राम्रो साथी भएको र आफु उसँग बिहे गर्न चाहेको सबै भने ।
बुडी आमाले अलिशा को मृत्यु भएको ५ बर्ष भएको बताउनु भयो ।र यो सब कुरा बिर्सिन भनिन ।मलाई उहाँको कुराम बिश्वास लागेन ।उनले पुन भित्ताको अलिशा को फोटो मा माला देखाउँदै भनिन - मेरी छोरी अब कहिल्यै न आउने गरी गईसकिन भनेर ढोका बन्द गरिन । म ढोका बाहिर बाटै आफ्नो बाटो लागे । बाटो मा पुगी फर्की हेर्दा न त्यहाँ कुनै घर थियो , न कुनै बुडी मान्छे , न त म कुनै सपना नै देख्दै थिए ।

No comments:

Post a Comment