Tuesday, 2 August 2016

हो म एक केटी । 
मलाई यो समाज को डर छ । 
यो परिबेश को डर छ । 
मलाई स्वतन्त्रता पूर्वक कुनै केटासँग घुम्ने अनुमती छैन । म एक पाइला अगि बढाउँदा समाजले अनेकौ कुरा काटी सक्छ । 
मेरो उसँग प्रेम भएको आज ४ बर्ष बितिसकेको छ । पाँचौ बर्ष सुरुवात सँगै मेरो मायाको संसार यसरी ढल्यो जब मेरी आमाले मेरो फोनमा उस्को फोटो देख्नु भो । आज मेरो घरमा मेरो मायाको सुनुवाइ चल्दै छ । बाबा र आमा अगाडी सोफा मा हुनुहुन्छ । अनि म भुँइको गलैचामा । बाबा आमा मलाई यसरी हेर्दै छन कि म उनिहरुको छोरी होईन कुनै यमराज हूँ ।
अरु केहि होईन यस्लाई हाम्रो माया बढि भाको अब एउटा केटा खोजेर बिहे गर्दिए हुन्छ - आमा बोलिन ।
गर्दिन म बिहे सिहे - म झर्किए ।
" मोबाइल दे " आमा ले मेरो फोन हातबाट खोस्नु भो । अब देखी त्यो केटा सँग बोल्ने होईन । अन्तिम पटक फोन गर अनि भन अब देखी मसँग नबोल्नु मेरो घरमा तलाई एसेप्ट गर्दैनन ।
मेरो हात अगि बडेन ।
कस्ता कस्ता केटा रोज्छे रोज्न पनि, त्यस्ता सँग गएर के गर्छेस ? त्यही झुप्रा मा बस्छेस ? मान्छेहरु बिहे गर्न हुने खाने पडेलेखेका खोज्छन यस्लाई त्यही खान नपाउने को सन्तान मिलेछ ।
अर्को महिना अंकलको साथीको छोरो आउँदै छ अमेरिका बाट - बाबाले थप्नु भो ।
हामी तेरो बाबुआमा हौ । तेरो राम्रो नै सोच्छौ । अंकलले कुरा गर्दै हुनुहुन्छ उ आएपछी तँलाई भेटाउने कुरो छ । केटाले मन पराउँछ भने यही बर्ष तेरो बिहे गर्दिने हो । अब दुनियाँ ले कुरा काटेको हामी सुन्न सक्दैनौ । केटो राम्रो छ रे । राम्रो कमाइ गरेको नि छ रे । पढाइ पनि राम्रै छ रे।
आँखा का डिलबाट आँशु नाकको किनार हुँदै ओठलाई छुदै गलैचा मा तप्प खस्यो ।
आमा म बिहे गर्दिन अरु सँग - म रूदै थिएँ ।
चुप - आबेश स्वोर ले आमा कराउनु भो अझै कती बदनाम गर्छेस हाम्रो । दुनिया ले कुरो काट्दै छन । तेरो छोरी त्यो खान नपाउने को सन्तान सँग हिड्छे भन्दै । आफ्नो ईज्जत् त फालिस फालिस अब हाम्रो नि नाक काटेर छोड ।
म बिबश थिए । मुटु दरो बनाइ फोन गरे अनि हिम्मत साथ भने - मलाई बिर्सिदेउ । आज बाट मलाई कल नगर । उता बाट आवाज आउँदाइ थियो - सानु मजाक नगरन । म हिक्क हिक्क गर्दै रुदै फोन काटेर बेड मा पल्टिए ।
२ छाक खाना खाइन ।
भोलि पल्ट
आमा सुम्सुमाउदै आइन - नानु खाना खाउ ।
म झर्किदै खान्न भन्दै थिए ।
हेर छोरी हामी तेरो आमा बुवा हौ । तेरो राम्रै सोच्छौ । बिहे भनेको १ दिन को लागी होईन जिबन भरिलाई सोच्नु पर्छ । २ दिन को माया ले जिन्दगी भरि खानु पुग्दैन । आखिर अरेन्ज म्यारिज मा के फरक हुन्छ र ? मैले नि तेरो बाउ सँग मागी बिवाह नै गरिकी हुँ खै सुखै छ, खुशी छ , माया छ ।
मलाई आमाको बोली सुने नसुने झै भो ।
मेरो मुखबाट एउटै बोली निस्किरह्यो - नाँइ म उसैसँग बिहे गर्छु ।
मेरो कुरा सुन्ने त्यहाँ कोही थिएन । म रोइ मात्र रहे ।
बाबा ले झर्किदै बोल्नु भो - कि हामिलाई बिर्सी कि त्यो केटा लाई ।
अनी भुलेर पनि भागेर बिहे गर्ने नसोच्नु । उता तेरो डोली निस्किदा यता मेरो मलामी निस्किने छन ।
आखिर म बिबश भए , मेरो परिवार को अगाडी मेरो माया ले हार्यो । मायाका दिनहरु पल पल जोद्दै बिताउदा त्यती गाह्रो थियो आज सबै हिम पहिरो झै एकै पटक खस्दै थियो । जिबनमा उसँग जोडिएको मायाको किताब भाग्यको हुरीले एक एक पाना गर्दै पल्टाउदै थियो । म आँशु पुस्दै सबै यथार्थ सपना झै नियाल्दै थिए । तर यो मेरो जिबन को कहाली लाग्दो क्षण रहेछ ।
अझै पनि कोस्दै छु आफुलाई यो उजाड दुनियामा कुनै एक अन्जानको म संग लगन जुर्ने दिन पर्खेर ।

No comments:

Post a Comment