Tuesday 2 August 2016

फोन को घन्टी बज्छ ।
सुजन तिमी काठमाडौं आउने होईन भोली ? मेरो एउटा ब्याग ल्याईदेउ ल । फोन मा अनु थि ।
हँ ब्याग ?( सुजन आश्चर्य हुँदै सोध्छ । )
अँ ब्याग । मेरो घर मा जाउ अनि मेरो आमा सँग मागेर ल्याउ । म घर मा फोन गर्दिन्छु । अनु ले थोरै माया ले भन्छे ।
हेर अनु माया प्रेमा फोन भेट्घाट त ठिकै हो अब म घर मै गएर तिम्रो ब्याग लिएर आउनु ? सुजन बिन्ती को भाब बिसाउछ ।
अनु भन्छे - जाबो ब्याग ल्याउन सक्दैनौ मेरो लागी आखिर तिमी भोली काठमाडौं नै आउदै छौ । तिमी मलाई यती पनि माया गर्दैनौ है ?
ओके डियर । म यही छु तिम्रो घर तिरै भोली को लागी केहि सामान किन्न आएको । म तिम्रो घर जादै छु तिमी फोन गर्देउ । सुजन आफ्नो मायाको खातिर अनुको घर तिर लम्किन्छ ।
करिब ५ मिनेट मा सुजन अनु को घर पुग्छ । घरको ढोका को घन्टी बजाउछ । अनु को आमा ले ढोका खोल्छिन ।
अन्टी म अनु को साथी । त्यो ब्याग ....? अनु ले फोन गरी होलानि ?
अनु को आमा भन्छिन- ए अँ बाबु आउ भित्र । सुजन पछी पछी अनु को आमा को पछी लाग्छ ।
घर मा अनु को आमा अनि अनु को बहिनी थिए ।
अनु को आमा ले आफ्नि कान्छि छोरी लाई अनु को ब्याग ल्याउन भन्छिन अनि सुजन सँग कुरा गर्न थाल्छिन ।
बाबु अनु सँग पड्ने ?
सुजन - अँ अन्टी ।
अनी ब्याचेलर पनि संगै पडेको ?
सुजन - अँ अन्टी ।
बाबु को घर त त्यही बाइपास रोड मा हैन ?
सुजन - अँ अन्टी ।
बाबु त पहिले नि आइराख्थेउ हैन ?
सुजन - अँ अन्टी ।
सुजन मन मन ले सोच्छ - यो कुन पोलिस्टेसन मा फस्दै छु । ब्याग लिन आउँदा नि यतिका प्रश्न ? छोरी कै हात माग्ने कुरा गरेको भए त यिन्ले बिताउने थिइन ।
अनु कि बहिनी ब्याग लिएर बहिर आउछे ।
अनु कि आमा भन्छिन - ल बाबु यो अनु को ब्याग अनि यो अर्को ब्याग यस मा केहि खाने कुरा छन छोरी लाई दिनु तिमी ले खाएनी हुन्छ ।
सुजन ब्याग लिएर बाहिर निस्किन्छ ।
एक लामो सास फेर्छ । अनि सोच्छ । हे भागवान धन्न बचायौ ।
सुजन ले फेरी ब्याग पाएपछी अनु लाई फोन गर्छ ।
अनु ब्याग ल्याए ।
अनु भन्छे - सुजन प्लिज त्यो ब्याग चाही नखोल्नु ।
सुजन अचम्म मा पर्छ । अरे ब्याग पनि ल्याउनु छ फेरी उल्टो त्यस्लाई नखोल्ने धम्की ?
अनु लाई केहि डर को अनुभुती हुन्छ । अनि हतार मा एक बाहाना बनाउछे - तिमी लाई मेरो माया को कसम तिमी त्यो ब्याग खोल्ने छैनौ।
सुजन लाई रिस उठ्छ । तर पनि आफ्नो माया को लागी चुप बस्छ । अनु ले त्यो ब्याग खोलेउ भने म सँग कहिल्यै नबोल्नु भन्दै फोन राख्दिन्छे ।
एक केटा त्यो पनि २५ बर्ष को । आखिर माया को कसम ले के रोक्थ्यो ? चुप चाप सुजन घर पुग्छ । भोली को लागी प्याकिङ्ग गर्छ । प्याकिङ्ग गर्दा हरेक मिनेट सुजन को आँखा अनु को त्यो ब्याग मा गैइराख्थ्यो । आखिर छ के यस मा ?
धेरै बेर को धैर्यता पछी सुजन ले ब्याग खोली छाड्यो । ब्याग मा यस्तो चिज थियो कि सुजन हेरेको हेर्यै भयो ।
रिस ले चुर हुँदै सुजन ले अनु लाई फोन गर्छ ।
अनु... (रिस को चर्को स्वर मा सुजन बोल्छ )
अनु ले एक पल मै थाहा पाउछे कि सुजन ले ब्याग खोल्यो ।
तिमी लाई मैले पहिल्यै भनेको थिए कि त्यो ब्याग नहेर भनेर । आखिर हेरिछाडेउ हैन ? तिमीले मेरो माया को कसम लाई नि वास्ता गरेनौ हैन ?
अनु को पनि रिस को सिमा रहेन ।
सुजन झन चुर हुँदै बोल्छ - अनु म तँलाई माया गर्छु त्यस्को मत लब यो हैन कि म तेरो जुत्ता बोकेर काठमाडौं ल्याँउ ?
अनु भन्छे - के रे तैले मलाई तँ भनेको ? आखिर के नै गाह्रो काम गराएको थिए र ? एउटा जुत्ता नै त मगाएको थिए । मैले कुनै आकाश को तारा त झारेर ल्याउन भनेकी थिइन नि ।
एक पछी अर्को तिखा बाणी चार्किदै जान्छ । सुजन र अनु को झगडा ले उग्र रुप लिदै गएको थियो ।
भोली पल्ट ।
सुजन अनु लाई मेसेज गर्छ कि म ब्याग लिएर आउँदै छु । अनु को केहि रिप्लाई आउँदैन । २ ४ रोम्यान्टिक मेसेज गर्छ फेरी पनि केहि रेस्पोन्स आउँदैन । हार खाएर सुजन कल गर्छ तर पनि कुनै कल रिसिभ हुँदैन । माया मा अन्धो सुजन पानी मा भिजेको बिरालो झै आफ्नो २ ब्याग अनि अनु को २ ब्याग बोकेर बस पार्क पुग्छ ।
हरेक पटक छिन छिन मा अनु लाई कल गर्छ । तर पनि अनु ले सुजन को कुनै कल रिसिभ गर्दिन ।
चैत को अन्तिम । गर्मी निकै बढ्दो थियो । सुजन आफ्नो ४ ब्याग गन्दै आफ्नो सर्ट को माथी को टाँक खोल्दै बस पार्क को कुर्ची मा बस्छ । चार तिर नजर डुलाउछ । अनि फेरी ब्याग गन्छ - एक दुइ तीन चार । १५ मिनेट मा काठमाडौं को लागी छुट्ने बस आउँदै थियो । सुजन लाई आज काठमाडौं जानु एकदम जरुरी थियो । घर मा आमा बिरामी भएको ले केहि दिन लाई चितवन आएको सुजन भोली को परिक्षा को लागी आज जसरि पनि काठमाडौं पुग्नु जरुरी थियो । गर्मी ले आत्तिएको सुजन फेरी एक पटक ब्याग गन्छ एक दुइ तीन चार अनि पानी किन्न पसल पुग्छ ।
करीब १ मिनेट मा फर्केको सुजन को आँखा अब तिर्मिराउन थाल्यो । सुजन को आँखा अगि यही राखेको ब्याग मा जान्छ अनि गन्छ । एक दुइ तीन । फेरी गन्छ । एक दुइ तीन । ठाउँ को ठाउँ गायब भएको ब्याग ले सुजन को होस उड्छ । हतार मा ब्याग चेक गर्छ अनि टाउको समाउदै भन्छ - हे भगवान जे नहुनु थियो त्यही भयो । अनु को जुत्ता भएको ब्याग सुजन को अगाडी बाट गायब थियो ।
३ ब्याग बोकेर सुजन बस पार्क को ४ चक्कर लगाउछ तर पनि ब्याग कही कतै भेट्दैन ।
बस आउन अब जम्मा १० मिनेट थियो । सुजन आत्तिदै ब्याग खोज्दा नभेटेपछी नजिक को पुलिस बिट मा पुग्छ ।
सर.. सर.. सर.. मेरो ब्याग हरायो । हैन.. हैन.. मेरो ब्याग चोरी भो ?
पुलिस ले सुजन लाई तल देखी माथि सम्म हेर्छ अनि सोध्छ - हरायो कि चोरी भो ?
सुजन - चोरी भो ।
पुलिस्- ब्याग मा के थियो ?
सुजन - एउटा लेडिज जुत्ता ।
पुलिस आँखा तन्काउदै हेर्छ अनि सोध्छ ।खै तपाइ एक्लै हुनुहुन्छ ।लेडिज कहाँ छ तपाइ सँग ?
सुजन - हैन सर मेरो साथी को जुत्ता हो म उसँग काठमाडौं सँगै पड्छु । घर आएको बेला लग्दिन लागेको मात्र थिएँ यही बस पार्क मै हरायो ।
पुलिस ले अहिले नसक्ने पछी भेटियो भने खबर गर्ने कुरा सुनायो र सुजन को फोन न: राख्यो ।
एकछिन मा गाडी आयो । सुजन पुलिस को झिनो आस्वासन लिदै गाडी चडयो ।
केहि बेर मै अनु को फोन आयो ।
सुजन तिमी हिडेको ? मेरो ब्याग ल्यायौ नि ?
सुजन अन्कनाउँदै- अँ भन्छ । अनि एक सुस्केरा छोड्डै भन्छ - अनु मेरी माया । तिमी मलाई कती माया गर्छौ ?
अनु लाई यो प्रश्न केहि नौलो लागेपनी सुजन लाई भन्छे - म तिमी लाई त्यो मेरो इम्पोर्टेड जुत्ता भन्दा बडी माया गर्छु ।
सुजन - अनु मलाई जुत्ता सँग कम्पियर नगर न । ( केहि माया ले मस्किदै ) अनु तिमीलाई म अनि तिम्रो जुत्ता मध्य कुनै एक रोज्न परे के रोज्छौ ?
अनु- सुजन को फाल्टु गफ ले रिसाउदै - मलाई थाहा छैन । म कलन्की मा हुन्छु । बस बाट झरेपछी मलाई मेरो ब्याग दिनु ।
सुजन - अनु भनन मलाई अनि जुत्ता मा कुनै एक रोज्नु परे कुन रोज्छौ ?
अनु हार खाएर भन्छे - सुजन के कुरा गर्छौ तिमी जुत्ता आफ्नो ठाउँ मा छ तिमी आफ्नो ठाउँ मा ।
सुजन - लामो सास लिदै भन्छ कि - अनु म त आफ्नो ठाउँ मा छु तर जुत्ता ? जुत्ता आफ्नो ठाउँ मा छैन ।
अनु - हँ ?
सुजन - अनु जुत्ता बस पार्क मा हरायो ।
सुजन को बोली सकिन नपाउदै अनु ले सुजन लाई यती गाली दिइ कि सुजन ले आज सम्म यती भनाई कसैको मुख बाट सुनेको थिएन ।
अनु - तँ उल्लु , गधा , चोर , जाबो एउटा जुत्ता ठीक सँग सम्हाल्न नसक्ने मान्छे ले के माया गर्छु भन्छस मलाई ? अनु तिम्रो जिबन सम्हाल्ने मै हो भन्थिस तैले त मेरो एउटा जाबो जुत्ता पनि सम्हाल्न सकिनस । थाहा छ तँलाई कि त्यो कती महँगो जुत्ता थियो ? मलाई मेरो बाबा ले लन्डन बाट ल्याइदेको । मेरो जुत्ता पक्कै तैले चोरेको होलास । जुत्ता बेचेर नयाँ मोबाइल किनिस होलास ? कि तेरो अर्को गर्ल्फ्रेन छ ? त्यस्लाई मेरो जुत्ता ठिक भो अनि त्यसैलाई गिफ्ट दिस होला ? यस्तै यस्तै गाली सुन्दै सुजन काठमाडौं पुग्छ ।
सुजन ले अनु को गाली लाई माया नै सम्झन्थ्यो । सानो सानो कुरा मा रिसाइ राख्ने अनु को बानी सुजन लाई राम्रो सँग थाहा थियो ।
कलन्की मा बसबाट ओर्लिदै गर्दा सुजन ले अनुलाई देख्छ ।
मलाई थाहा थियो कि यो रिस होईन । अनु ले मलाई माया गर्छे । जुत्ता हराए पनि मलाई लिन यहाँ आइ ।
सोच्दै ; सुजन मुख भरि मुस्कान लिदै अनु को अगाडी पुग्छ ।
अनु एक्कासि भन्छे - साला चोर । मेरो अर्को ब्याग दे । फेरी यही पनि बेचेर खालास भनेर लिन आएकी ।
सुजन को मुख बाट बोली निस्कन सकेन । ४ बर्ष को माया आज एक ब्याग ले सकियो ? ?
मान्छे हरु माया गर्छु भन्दा धेरै को जुत्ता खान्थे । तर सुजन सायद पहिलो केटा होला जस्को माया जुत्ता ले खाएको थियो ।
एक कलेज मा पड्ने भए पनि सुजन को अनु सँग त्यस दिन देखी कुनै बोलचाल भएन ।
सुजन आफ्नो आँखा अगाडी आफ्नि प्रेमिका केबल एक जुत्ता को कारण रिसाएको धेरै दिन सहन सकेन । करीब एक महिना मा सुजन ले कलेज छोड्यो । त्यस्को कारीब ६ महिना मा अस्ट्रेलिया गयो ।
आज सम्म पनि सुजन अनु लाई उत्तिकै माया गर्छ । तर अनु ले उस्लाई आज सम्म पनि कुनै फोन, मेसेज, र च्याट को रिप्लाई दिएकी छैन ।
कहाँ होला त्यो ब्याग जसमा एक अमुल्य जुत्ता लुकेको थियो । जुन जुत्ता एक साचो माया भन्दा नि महँगो थियो ।
कहिले काँही त्यही बस पार्क को छेउ छाउ पुग्दा नजर डुलाउने गर्छु कतै यो सन्सार कै महँगो जुत्ता देखी पो हाल्छु कि ?
अँह । त्यो सौभाग्य आज सम्म पाएको छैन ।

No comments:

Post a Comment