Sunday, 30 August 2015

गाइजात्रा !! "भैसी मनोबाद" !!

!! गाईजात्रा बिशेष !!
!! भैसी मनोबाद !!
उफ यो झिंगा पनि कति छिर्छ नाक को प्वाल मा, असार श्रावन को महिना चारै तिर कहिले टन्टलापुर घाम कहिले भने पखाला लागे जस्तो झरी हाल्छ ।
आ.. यो दात मात्रै नि कति चपाउनु गिदी हल्ली सक्यो। घर कि साहुनी नि कता गैछे आज बुहारी नि देख्दिन। गइ होला गाम चाहार्न मेरी बुहारी यस्ती मेरी बुहारी उस्ती भन्दै। कस्ता घरमा पारेउ नि हे प्रभु। न बुहारी ले हेर्छे मलाई न सासु ले, ससुरो भनौदो बिहान देखि तास खेल्न गाको होला। २ बजी सक्यो ऐले सम्म पानि दिने सम्म कोहि छैनन् घर मा। न बस्ने ठाउँ नै सफा गरेका छन्, आफै गएर पानि खाउँ यत्रो दाम्लो ले बानेर राख्या छन्। बिहान हाल्देको एक मुठो पराल ले सास धान्नु पर्ने। त्यो गनगने बुडी आफुले खाने बेला थाल भरि भात हालेर खान्छे अनि अलिकति दिमाग नि छैन यत्रो ठुलो ज्यान भाको भैसी लाइ अलि धेरै घाँस पात हाल्नु पर्छ भन्ने नि। बारी भरि घाँस छन् गएर काटेनि हुन्छ नि। एउटा काम को नाम मा त्यही घाँस काट्ने छ त्यही पनि सासु बुहारी फलाक्दै बस्छन। एउटी ले भन्छे जा - जा घास काटेर ल्याइज, अर्की ले भन्छे म तिम्रो घर को नोकर्नी होइन बुहारी हो, आफै जाउ।
खान नदिने अनि बेलका दुध दुहुन आउने मालिक लाइ बाल्टी भरि दुध दिने म नि बेबकुफ हुँ। यो त सरासर नेपाली जनता ले नेता लाइ भोट दिएर सत्ता मा पुराए जस्तो भयो। सोजा निमुखा जनता लाइ खान नदिने दुख दिने भोकै राख्ने अनि आफु मोज मस्ती गरेर भुडी भरेको जस्तो। आज को दिन देखि दुध दिन बन्द गर्दिन्छु अनि कसरि गर्ने रैछन मस्ती हेर्छु म पनि। मेरै दुध बेचेर बिहान बेलुका को छाक टार्ने हौ तिमि शोषक हरु ले। तर नदिउँ पनि कसरि भोलि त खान टाइम मा देलान भन्छु आज दुध दिन्छु त्यस्तै , पर्सि त देलान भन्छु पर्सि नि त्यस्तै। आखिर यही गोठ मै बस्नु छ मलाइ नि नदिउँ पनि कसरि। भोलि त संबिधान आउला भोलि त विकास को काम होला भनेर Tax तिर्ने र भोट हाल्ने नेपाली र मेरो पिडा एउटै लाग्छ !
आज त आन्दोलन गर्नै पर्यो आखिर म पनि नेपाल कै भैसी हो मेरो नि आफ्नो हक अधिकार को लागि लड्न पाउने अधिकार छ। ऐले आउलिस बुडी पख तलाई कसरि लात हानेर मल खात मा पुराउन पर्छ भन्ने मेरो दाइने दिमाग ले सोची सकेको छ।
आइ.. आइ.. बुहारी त आइ घर मा !!
अब त दिन्छे एस्ले पानि।
त्यति दिमाग त होला नि गोठ मा बस्तु भोकै होलान भोकाएका होलान भन्ने त सोच्छे होलानी।
त्यही नि एक पटक कराइदिन पर्यो (आईई......),
ल हेर येत्रो कराए त्यही नि वास्ता छैन यो नक्कली लाइ बित्ते जामा लगार कता जान लागिछे फेरी, आज भोलि का मोडर्न बुहारी रे, यस्ता आधा ज्यान देखिने गरेर कपडा लगाउदै मा मोडर्न हुने भए त मै भैसी नि कति राम्री र मोडर्न छु पुरै नाङ्गै।
तीज पनि आजै देखि लागेछ आज कल का केटि हरु लाइ। घर को बस्तु सम्हाल्न नसक्ने ले के फुर्ति गरि हिड्नु ? ४ बजी सक्यो अझै सम्म एउटा मान्छे को अत्तो पत्तो छैन घर मा। यी घर मा बस्ने मान्छे को भन्दा मेरो इज्जत ठुलो छ बरु बिहान बेलुका दुध दिएर एउटा परिवार को खर्च त जेनतेन टारेको छु। यी दिनभर तास खेल्ने लोग्ने र दिनभर कुरा काट्दै हिड्ने स्वास्नी को भन्दा त मेरो देन ठुलो छ।
अब त सारै भो नेपाल मा बन्ने संबिधान मा पशु पन्छी सम्बन्धि माग र सुझाब उठोस्, प्रत्येक घर मा पशु को नियमित जांच होस्। अल्छि दिन भरि अर्काको कुरा काट्दै गाउँ डुल्ने र दिन भरि तास खेल्ने र बेल्का भएसी रौसि धोकेर आउने खाल को घरमुली भाको घरमा पशु किनबेच मा रोक लगाइयोस।
यदी नहुने हो भने हामि बस्तु दुध दिन बन्द गर्न र दाम्लो चुडाएर भाग्न बाध्य हुनेछौं। उस्तै परे सिङ्ग ले भुडी छेडेर अपाङ्ग पार्न नि सकिन्छ होइन भने दुध दुहुने बेला व्यक किक दिएर मल खात मा टाउको गाड्न नि सकिन्छ, समय सापेक्ष हाम्रो आन्दोलन ले उग्र रुप लिन सक्छ।

No comments:

Post a Comment