के गर्नु मसँग कुनै बिकल्प भएन । जो मसँग जन्म देखी साथ थिए आज मेरो बिपरित छन । लाग्छ म आज एक्लो छु । जो मलाई हौसला दिने गर्थे आज मेरो अवस्था मा खिल्ली उडाउने छन । नातेदार मेरो लागी माया को साटो गाली दिनेछन । जुन आमा मेरो गाला मा मुँइ खानुहुन्थ्यो आज झापड हान्नुहुन्छ । अनि बाबा उहाँ ले त झन म नालाएक सम्झनु हुन्छ । छिमेकी को छोरा ले यो गर्यो त्यो गर्यो प्रगती गर्यो त्यस्को अगि मलाई केहि सम्झनु हुन्न । म उहाँ को लागी कहिल्यै राम्रो बन्न सकिन । आज मेरो लागी कसैको आँखा मा माया हुनेछैन, म यो सन्सार कै सबै भन्दा नराम्रो सन्तान हुनेछु । मेरो मस्तिस्क मा कुनै एक सकारात्मक धारणा छैन ; छ त केबल एक ३ मिटर लामो नाइलन को डोरी अनि कोठा माथि को फ्यान । सरि आमा मैले परिक्षा राम्रो गर्न सकिन । सरि बाबा मैले तपाईं को गाली सहने हिम्मत गर्न सकिन .... .... ..!!!!
कती सजिलो छ यहाँ समस्या सँग भाग्न । कती सजिलो छ यहाँ हार लाई आत्मसाथ गर्न । जहाँ हरेक बच्चा बर्सेनी परिक्षाको रिसल्ट को बेला आफ्नो ज्यान कती सजिलै फालिदिन्छन ।
दोष कस्को ? बाबु-आमा को ? या स्वयम विद्यार्थी को ? या यो समाज को ? जस्ले सधैं मार्कसिट को नम्बर सँग मान्छे को मुल्याङ्कन गर्ने गर्छ । किन हार लाई हौसला को रुप मा लिन सक्दैन ? किन सधैन जित्नु पर्ने .. ?
मलाई अझै याद छ मेरी साथी जो बाबाआमा सँग धेरै डराउने गर्थिन, जस्लाई घर बहिर सम्म निक्लिने अनुमती थिएन, जसलाई एकदिन आमाबाबु को अनुमती बिना खेल्न जाँदा सर्प ले टोक्यो, जुन कुरा उनलाई बाबुआमा लाई भन्ने हिम्मत आएन, जस्ले केहि क्षण मै प्राण त्याग्नु पर्यो ।
अर्को एक साथी जस्लाई बाबुआमा को अनुमती बिना खेल्न जाने अनुमती थिएन, जो साथीको कर ले छत माथि बाट परालमा हाम्फाल्ने खेल खेल्यो, खुट्टा भाच्यो, जुन कुरा घरमा भन्न सकेन समय मा उपचार नपाइ आज को दिन सम्म खुट्टा खोच्याउदै हिड्दै छ ।
किन हुन्छ यो सब ? किन बुझ्दैनन परिवार एक अर्कालाई ? किन सधै डर मा बित्छ जिबन ?
सबै आमा बुबा म आज हात जोडेर बिन्ती गर्न चाहन्छु । ११ को परिक्षा को नतिजा आउँदैछ । एक पटक आफ्नो छोरा छोरी लाई सोध्नुस कस्तो गर्यौ छोरा Exam ? कस्तो गर्यौ छोरी Exam? पास हुन्छौ ? फेल भएनी केहि चिन्ता नगर । फेरी अर्को पटक राम्रो गरी Exam दिनु । त्यस्तो कुनै काम नगर्नु जस्ले हामीलाई जिन्दगी भर पछुतो होस । हामी तिम्रो साथ मा छौँ ।
अनि सम्पुर्ण भाइ बैनी लाई : त्यस्तो कुनै काम नगर्नु जस्ले तिम्रो बाबुआमाको आँखामा आँशु आवोस । जिन्दगी भन्दा ठुलो कुनै परिक्षा को नतिजा हुन सक्दैन । बाबुआमा भन्दा ठुलो उपलब्धी संसार मा अरु कँही पाइँदैन ।
पास हुने लाई बधाई ।
फेल हुनेलाई शुभकामना ।
एकपटक फेरी :
बाबु आमा भन्दा ठुलो उपलब्धी केहि छैन ।
असफलता नै जित को सुरुवात हो ।
संसार मा जती पनि ठुला मान्छे छन ति सबै जिबन मा एक न एक पटक असफल नै भएका छन ।
!! Good Luck !!
wow
ReplyDeleteToo much heart touching story !!