Tuesday, 2 August 2016

फाल्गुन २७, २०७२
बिहान को १० बजेको छ ।
बाबा अफिस जानु भएको छ ।
आमा बजार ।
आज म आत्महत्या गर्न जादै छु । माफ गर्नु होला म सिरियस छु । एक पटक सोच्छु त पुरा गरेरै छोड्छु । एकपटक दिमागमा केहि आयो त आयो आयो ।
आखिर मर्ने कुरा त्यती बेला नै न आएको होईन जती बेला मेरो बिहे कोही अरु सँग हुने निर्णय बाबा ले लिनु भयो । त्यती बेला म खुब रोए कती दिन खाना खाइन । मेरो बिहे त्यो सँग हुँदै थियो जो मेरो माया को हिस्सा थिएन ।
करिब २ हप्ता अगि । मन मा एक हावा चल्यो म मर्छु । तर कुनै त्यस्तो समय मिलेन जुन समय केहि रोम्यान्टिक होस । मेरो मृत्युले मेरो बाबा आमा लाई यस्तो सोच आवोस कि किन हामिले उस्ले रोजेको केटा सँग बिहे गर्न दिएनौ । म खोज्दै थिएँ मर्नु त मर्नु कसरी । डोरी लगाएर पन्खा मा झुन्डिनु ? अरे बाफ्रे बहुत गाह्रो छ । मुसा मार्ने पोइजन खानु ? फेरी मरिन्छ कि मरिन्न भर छैन । चक्कु ले घाटी काट्नु पनि साह्रै हिम्मत को काम हो । यो सब फिलिम मा सोभा दिन्छ । स्लिपिङ ट्याब्लेट खाउ ? फेरी नमरिने पो होकी ? फेरी धोबी को कुकुर घर न घाट को पो हुने हुने होकी ?
आज बल्ल बल्ल एक समय आएको छ । समय नि छ अनि मर्ने एक सजिलो उपाए । जुन उपाए १००% काम गर्छ । थापाउन चाहनु हुन्छ ? अहँ तर म भन्दिन ।
१०:३० बजेको छ । सोच्दै छु मर्ने त किन हतार गरु अलिकती मेकअप गरु । दराज बाट रेड सारी ब्लौज निकाले । अनि मेक अप बक्स । ऐना अगि उभिए । कपाल कोर्ए । लुगा चेन्ज गरे । बिहे को दुलही झै सजिए । वाह मेरो उसँग बिहे भएको भए सायद एस्तै देखिन्थे होला बिहे को जग्य मा बस्दा ।
ऐना अगि टेडी थियो । पहिलो भ्यालेन्टाइन मा उस्ले मलाई दिएको । कालो ठुलो आखा ले मलाई हेर्दै थियो । सायद साह्रै राम्री देखिए होला ।
एक एक सामान खोज्न थाले जुन मर्ने बेला साथ मा राख्नु जरुरी थियो । एउटा फोटो एल्बम जहाँ मेरो र उस्को हरेक पल को याद जोडिएको थियो । अनि उस्ले दिएको गिफ्ट हरु । उस्को माया ले भरिएका लभ लेटर हरु । म देखाउन चाहन्थे मेरो बाबा आमा लाई कि कती माया गर्ने रहेछ मलाई उस्ले जस्को लागी आफ्नी छोरी ले ज्यान पनि दिन सक्थी ।
११ बजेको छ । बाबा सायद अफिस देखी आउनु हुन्न ६ न बजे सम्म डर केबल आमा को थियो । बजार देखी कही चाडै नफर्किनु होस । खाना खाएर गएसी कारीब ३ ४ त बज्ला । मेरो मर्ने टाइम पनि त्यही २ - ३ बजे तिर को नै छ । आमा बजार बाट आउने बेला छोरी बेड मा लडिरहेको देख्लिन । अनि अतालिदै रुदै सबै लाई बोलाउलिन । दिमाग ले काम गरे सम्म बाबा लाई नि फोन हान्लिन - ए हजुर लौन हाम्री छोरी लाई के भो भन्दै , फिलिम मा जस्तै । खुब मजा आउला अनि  कसरी मेरो माया लाई छुटाउने कोसिस गरेका थिएउ ? कती दिन रोए कराए म बिहे गर्छु त उसैसँग । तिमीहरु लाई नै चाहिएको अमेरिका देखी आएको केटो टन्न कमाउने केटो । आखिर म नै छैन त खोजावो अर्को छोरी पाएर अमेरिकन ज्वाइ ।
५ बर्ष अगि जब उस्ले मलाई माया गर्छु भन्यो तब मलाई केहि थाहा थिएन माया के हो ? कसरी गर्छन ।उस्ले बोयफ्रेन कम एक अभिभावक बडी भएर मेरो हरेक कुरा मा साथ दिएको छ । कती कुरा घर मा भन्न सकिन्न त्यस्मा पनि सधैन उस्को हेल्प पाएको छु । मैले खाना खायो खाएन , हरेक समय के गर्दै छु । यो गर त्यो नगर हरेक कुरा मलाई माया ले सम्झाउदै हुन्थ्यो । तर आफ्नै आमा बुवा मेरो कुरा सुन्न तयार छैनन । म भागेर गए बाउ मर्ने रे । ल अब मै मरिदिन्छु सबै लाई आनन्द ।
आँशु टिल पिल गर्दै झर्दै थिए म रोक्ने कोसिस मा थिए । भर्खर दुलही झै सजिएको म बिगार्न चाहन्न थिए ।
१२ बज्दै थियो मेरो मर्ने समय नजिकिदै थियो । किन एउटा सुसाइड नोट नलेखु ? भए भर को दोश सबै मेरो परिवर मा खनाउछु । भोली पुलिस आउला खोजतलास गर्ला अनि मेरो बाउ आमा जेल पनि जालान । म सोच्दै थिएँ ।
मेरो मृत्यु को कारण मेरा बाउ आमा हुन्" अरे धत एक लाईन को नि सुसाइड नोट हुन्छ ? च्यातेर फाले । कस्तो बेला आयो एउटा नोट लेख्न जानिन । हुन पनि यो मेरो पहिलो एक्स्पेरिएन्स थियो ।
जिन्दगी को सबै भन्दा गाह्रो काम गर्दै थिए अलिकती हिम्मत त चहियो नै , मुटु ढुक ढुक गर्दै थियो । छेउ को पानीको ग्लास उठाए एक सास ले सबै पानी पिए । मुख को पसिना ले सबै पाउडर पखाल्दै थियो । जुरुक्क उठे । बाबा को कोठा मा फ्रीज बाट रक्सी को बोटल उठाए । ४ घुट्की लगाए मुख देखी पोल्दै पेट मा पुग्यो । वाक वाक आउला जस्तो भो अनि सम्हालिदै कोठा मा पुगे ।
अब सही समय आयो अब मर्नु पर्छ । कोठा को पर्दा हावा ले फरफर उडाउदै थियो । मर्ने सामान हातमा लिएर आखा चिम्म गरे अब को ५ सेकेन्ड मा म यो सन्सार छोडेर जादै छु । मन मा डर नरायणी को छाल झै चलमलाई रहेको थियो ।
मोबाइल को घन्टी बज्यो । आँखा खोले । अरे मोबाइल त २ हप्ता देखी आमा ले राखिथिन फेरी कस्को मोबाइल बज्यो ? एता उता मोबाइल खोज्न थाले । मेरो बेड को सिरान मुनी एउटा सानो मोबाइल भेटियो । जिन्दगीमा आज सम्म यो मोबाइल मैले देखेकै थिएन ।
स्कृन मा नन्बर ०० मात्र देखिएको थियो ।
फोन उठाएर भने - हेलो ।
उता बाट आवाज आयो - मर्न लागेकी ?
सानी फुच्ची को मिठो आवाज ले मलाई तर्सायो ।
को बोलेको ? म मर्दै छु कोस्ले भन्यो ? को हो तिमी ? मैले सोधे ।
उता बाट आवाज आयो - बाबा आमा सँग यत्रो रिस ? जुन कुरा ले यती सम्म को पिडा दिन खोजेको ?
म आश्चार्य भए । आखिर को हो यो केटी ? कसरी थाहा पाइ यस्ले म ऐले मर्दै छु ?
फेरी आवाज आयो - जिन्दगी मा सबै बाच्न का लागी तड्पिन्छन । हजुर कती सजिलै आफ्नो ज्यान फाल्दै हुनुहुन्छ ? मेरो मुटुमा प्वाल परेको छ । डाक्टर ले भनेको मात्र २ महिना मात्रै बाच्छु रे । सक्नु हुन्छ भने मलाई यो २ महिना खुशी साथ राख्ने कोसिस गर्नु । म हजुर आउने बाटो कुर्दै बसेको हुनेछु ।
फोन काटियो ।
म केहि सोच्न सक्ने अवस्थामा थिइन । म भित्र का मर्ने चाहना बिस्तारि सेलाउदै गयो । फेरी त्यही नम्बर मा कल गर्न मोबाइल टिप्न खोजे फेरी त्यहाँ कुनै मोबाइल थिएन ।
एक छिनमा घर मा ढोका को घन्टी बज्यो ।
उफ आमा आइसक्नु भएछ ।
मन मा हुरी चल्यो मरम कि नमरम मरम कि नमरम ।
अन्तिम मा ढोका खोल्न बिबश भए ।
आमा ले मेरो पहिरन र मेरो मर्न का लागी छुट्टाइएको सामान हेर्नु भो । अनि मेरो गाला मा कसेर एक झापड लगाउनु भो । अनि रुन थाल्नु भो । म भुइ मा थचक्क बसेर रुन थाले । १ घण्टा बित्यो । २ घण्टा बित्यो । ४ घन्टा बित्यो २ जना एक अर्का लाई हेर्दै हामी रुदै थियौ ।
भोली पल्ट बिहान एक्कासी मेरो छाती दुख्न थाल्यो । रिङ्गटा लागेर भुइ मा पल्टिए । कती बेला बेहोस भएछु थाहा भएन ।
होस आउँदा म हस्पिटल मा थिए ।
मलाई के भएको कोही ले केहि भनेन ।
हस्पिटल को बेड मा रुदै थिए ।
एउटि सानी केटी छेउ मा आइ च्यात्तेको कपडा अनि झिङ्ग्रिङ्ग कपाल छोडेकी उनि छेउ मै आएर मेरो कान मा भनि -
दिज्जु हजुर को मुटुमा प्वाल परेको छ ।
अब २ महिना भन्दा बढि बाँच्नु हुन्न ।

No comments:

Post a Comment