Tuesday 2 August 2016

बिहान बन्दा
बेलुका काउली
कती खानु हो सधै बन्दा र काउली । आज पुरै मासु भात खानु पर्छ। बिबेक भन्दै थियो । खाने भए खाइदिउ न त । मैले थपिदिए ।
विद्यार्थी मान्छे त्यो पनि कोठा मा बस्ने ८ बजे अगि खाना पकाउन सुरु गर्‍यो भने त ईज्जत् नै जान्छ । करिब ८ बज्दै थियो । म र बिबेक मासु लिन पसल गयौ । सधै किनिरहने पसल मा मासु पाएन ।
अब कहाँ जानु ?
अमर दाईको पसल कोठा देखी केहि टाडा थियो करिब १० मिनेट हिँडेर । २ जना कुरा गर्दै जादै थियौ । पसल नजिक पुग्दैमा एउटा बस रोकियो । बस बाट एउटी केटी ओर्लिएर आइन ।
दाइ हेर्नु न टेन्सन भो । ठुलोबाबा को छोरी को बिहेमा गएर आएको । बस ले यो कुन ठाउँ मा लिएर आयो आयो । मलाई 4 न: चोक मा पुग्नु पर्ने । बाटो देखाई दिनु न ।
मैले यहाँ बाट सिधा जानुस । त्याँ बाट दाया लागेर सिधा जानुस अनि कामना बैंक आउँछ । त्याँ बाट दाया लागेर सिधा देब्रे लाग्नुस ठीक चोक मा नै पुगिन्छ भने ।
सुन्नु न मैले त मेसो नै पाउन्न । ८ बर्ष अगि आएको थिए एकपटक , ऐले त कहाँ हो कहाँ उता बाट भएको भए थापाउने थिए । यो त कुन थाउ हो कुन मैले त मेसो नै पाइन । उस्ले नम्र स्वोर ले भनि ।
फेरी त्यही बाटो बिबेक ले सम्झाइदियो ।
उस्ले फेरी अड्किएर भनि - प्लिज त्या सम्म पुराइदिनु न । प्लिज ।
बिबेक ले मलाई हेर्यो मैले बिबेक लाई । मैले जाम न त भने । ३ जना सँगै हिड्दै थियौ । उ एक्लै बोल्दै थि - क्या झ्याउ लाग्ने के एता को गाडी पनि कि पहिले नै भन्नु पर्ने त्यो ठाउँ मा जान्न भनेर । पृथिबि चोक बाट जबर्जस्ती चडायो । ऐले आएर ल जानुस तपाइ को ठाउ आयो भन्छ ओर्लेर हेरेको त केइ चिन्दिन । धन्न हजुर हरु भेटिनु भयो ।
म चुप चाप कुरा सुन्दै थिए । बिबेक अँ अँ भन्दै उस्को कुरा मा साथ दिदै थियो ।
कती बजेछ भनेर गोजी बाट मोबाइल निकाल्न लाग्दै थिए । दिमाग ले काम गर्न छोड्यो । अगि भोली लाई कलेज मा फी तिर्न निकालेको पैसा सबै गोजी मै परेछ ।
मैले कैलेकाँही सुन्ने गरेको थिए समाचार मा । एउटी सुन्दर केटी आउछे । केटा लाई दुख बेदना सुनाउछे । अनि कही पुराइदिनु भन्छे । अनि सुनसान ठाउँ मा त्यस्का १० १२ जना दाजु भाइ सहित स्वागत गर्छे । अनि सबै लुट्पाट गरेर छाड्छे ।
फेरी एकाएक केटी लाई हेर्ए । कतै अनुहार डाकुनी को जस्तो त पर्या छैन एस्को ? अध्यारो त्यो माथी नेपाल सरकार को लोड्सेडिङ । खासै अनुहार प्रस्ट देखिन । सारी र ब्लौज मा सजिएकी । हात भरि चुरा थिए । घाटी मा गहना जस्तो केहि देखिन्थे । गोजी बाट लाईटर निकाले। प्लिक्क उस्को मुख मा बाले । बिहेमा सजिएर गएकी केटी झपक्क बलेकी थि । गलामा सुन का गहना देखिए । अलिकती मन शान्त भो । पक्कै बिहे मै गएर दुख परेकी रहेछ जस्तो लाग्यो । कामना बैंक आइपुग्यो ल अब यहाँ बाट जानुस सिधा ठयाक्कै पुगिन्छ ।
हामी छुट्टिएर जानै लाग्या के थियौ । उस्ले मेरो हात समातेर आफु तिर तानी । दाइ प्लिज त्याँ सम्म पुराइदिनु न - उस्ले रुन्चे स्वर ले बोली ।
म बिना कुनै बोली अगि लागे उ पछी पछी लागी सँग सँगै बिबेक पनि ।
उ फेरी बोल्न लागी - धन्न हजुरहरु हुनुभयो र सजिलो भयो । नत्र त कहाँ आए कहाँ मलाई त मेसो नै थिएन ।
बिबेक ले थप्यो ल आइपुग्यो यो चोक पछी को चोक ।
उस्ले थपी - हैन उता को हाइवे देखी आको भए त सक्ने थिए पत्ता लगाउन । एता त्यो गाडी ले कहाँ झर्दियो कहाँ । त्या चोक मा एउटा पसल छ । म त्यहाँ पहिले आउँदा सामान किन्थे सानो मा ।
अँ आइपुग्यो अब त्यही चोक हो - मैले भने ।
अँ हो हो यहि हो जस्तो लाग्यो , दाइ यो बोर्ड मा बत्ती बाल्नु न । उस्ले भनि ।
मैले बालिदिए ।
चोक न: 4 देखियो ।
हो हो दाइ यहि ठाँउ हो । त्याँ पसल नि छ । हो हो ।
अब म यहाँ बाट जान्छु । यहाँ बाट २ घर उता मेरो ठुलोबाबा को घर छ । उस्ले मन देखी थ्यान्क यु भनेर आफ्नो बाटो लागी ।
हामी २ आफ्नो बाटो फर्कियौ । २ जना मौन ।
एक छिन मा मेरो मुखबाट हाँसो निस्कियो ।
कस्ती केटी रैछ, एती बिस्वास हामी २ मा । बाटो मा त्यत्रा मानिस थिए फेरी पनि हामी २ नै किन ? म त कता लगेर लुट्छे कि भन्ने सोचिराथे । मेरो कुरा सुनेर बिबेक नि हाँस्न थाल्यो ।
त्यै त बिहे मा गएर आको रे फेरी एक्लै । मोबाइल नि रैन्छ कि क्या हो फोन गरेर बोलाउनु कोही लाई - बिबेक ले थप्यो ।
त्यै त फेरी कस्तो आफ्नै झै गरेर हात नै तानेर लगेकी मलाई । म झन हाँसे ।
भर्खर मात्र जताततै नेहा पुन हत्या काण्ड को हल्ला मच्चिदै थियो । एक्ली केटी तर्सी होला नी राती हिंड्न लाई - बिबेक ले भन्यो ।
हाहा तिम्रो पहिले को जस्तो कपाल देखेको भए त पहिल्यै तर्सिन्थी होला है ।
हास्दै रमाइलो गफ गर्दै २ जना मासु किनेर कोठामा फर्कियौ। खाना खाइवरी भाडा माझेर किचन मा छिर्न लाग्दै थिए । किचन को ढोका नजिक फेरी त्यै केटी थि - हास्दै उस्ले भनि - खाना खाइसक्नु भाको ? म पनि त भोकै छु नि ।
मेरो हात बाट प्लेट भुइमा खस्यो - प्लेट भुँइमा बजारिदै थियो ।
बिबेक पछाडी भाँडा माझ्दा माझ्दै करायो - हैन किन हो फाल्नी आधा रात मा भाँडा भोली खान पर्दैन र ?
म हकानिदै बोल्दै थिए- अगि को केटी भर्खर यही थि ।
बिबेक हाँस्दै बोल्यो - ल बराल बौलाए ।
साँचिकै त्यहाँ कोही केटि थिईन ।
सायद एकोहोरो माया बसेछ मोरी सँग छोडि आएको यतिका बेर सम्म पनि याद अझै मन ले बोकी ल्याएछ ।
फेरी उनि सँग कहिल्यै भेट भएन ।
सायद भेट भएपनि चिन्दिन होला । आखिर जम्मा १५ मिनेट कै त भेट थियो ।
तर अझै पनि एउटै कुरा ले मन घचघचाइ रहन्छ ।
याद नै भएनी आकृती सम्म देखिन्थ्यो ।
खाना खाइसक्नु भयो ? म पनि त भोकै छु ।
बोलेको नै त कसरी सुनिन्छ ?
यो सब केबल याद मात्र हुन सक्दैन ।
जे होस फेरी उनि अगाडी देखा परिन भने दोहोरो कुरा गर्ने धोको छ ।
 

No comments:

Post a Comment