Tuesday 2 August 2016

एकादेश मा एउटा सिँह थियो । सिँह जंगल को राजा थियो । तर यो कहानी कुनै सिँह को होईन । यो कहानी हो मेरो । जस्को सन्सार मा म आफै राजा हुँ । किन म जे सोच्छु त्यो अरु ले बुझ्न सक्दैनन । म जे गर्छु त्यो कसैलाई सायद मन नपर्ला तर म जे छु सो छु यसमा कसैको दुइ मत छैन ।
५-५ को ज्यान , चार चौडाइ को छाती अनि ढाड सम्म लर्केको कपाल , त्यस माथी झुस्स दारी अनि वोठ माथी को जुङ्गा । अनुहार गोरो छ तर सुन्दा अनौठो लाग्ला - दुनिया ले मलाई गुन्डा सोच्छ ।
बिहान उठेर म सबै भन्दा पहिले आफ्नो कपाल मिलाउने गर्छु । १ जोर जुत्ता भिरेर एउटा टिसर्ट अनि पाइन्ट सिउरेर मेरो यात्रा सुरु हुन्छ । कहाँ जान्छु के गर्छु अँह मेरो दिमाग मा कहिल्यै आउँदैन । किन कि म राजा हुँ आफ्नो दुनिया को मलाई केहि प्रवाह छैन । लखर लखर हिड्दै चोक मा पुग्छु ।
बाटो मा हिड्दा मेरो मुख देखी थरि थरि का मनिस का लागी थरि थरि का बोली निस्कन्चन ।
आफु देखि ठुला देखे- ए दाइ के छ हो खबर ?
जब कुनै बयस्क देखिन्छ , दुइ हात जोडेर नमस्कार गर्न पनि पछी पर्दिन ।
कस्लाई कस्तो सम्मान दिनु पर्छ यो ज्यान ले मनन गरेकै कुरा हो ।
पहिलो चोक मा २ ४ जना आफ्ना उमेर का केटा हरु लाई २ ४ कुरा सुनाएर फेरी लाग्छु अर्को चोक तिर ।
मान्छे राम्रो हुन कि कला चाहिन्छ कि गला चाहिन्छ रे । कला को त के नै कुरो गर्नु आज सम्म म आफु लाई थाहा छैन कि मेरो खुबिलिटी कुन कुरा मा छ । गला को कुरो गर्नु हुन्छ भने यती ठाडो छ कि गाँउ का केटाकेटी घर मा बाउ आमा ले भनेको टेरेनन भने मेरै नाम लिएर भन्छन होला - " सुत छोरा सुत नत्र फलानो आउछ । "
अर्को चोक मा पुगेर बिहान को एक कप तातो चिया पिउने बानी जो परी सकेछ ।
लर्केको कपाल लाई मुठो पारेर बानेर एकाएक चिया पिउछु अनि सर सर्ती बाटो मा आउने सयौ मानिस को मुहार नियाल्छु । आखिर मेरो मन मिल्ने चै हो को ? आफै ले आफै लाई प्रश्न गर्छु । तर आज सम्म न कही जवाफ भेटे न कोही मन मिल्ने नै ।
बिहान को १२ बज्छ । अनि पेट ले आहार माग्न थाल्छ । फेरी लखर लखर अर्को चोक हुँदै घर फर्कन्छु । भन्छन माया मा खान पर्दैन । सुत्न पर्दैन । खोइ आफ्नो त न माया बस्यो न निन्द्रा ले छोड्यो । एक थाल भात खाएर दिन भर सुत्ने जो बानी बस्या छ ।
फेरी उठेर कपाल मुसार्छु अनि मुख धोएर चोक तिर लाग्छु ।
मेरो दुनिया ले पछाडी के कुरा गर्छ थाहाछैन । तर मेरो अगाडी कसैले नराम्रो भन्न सक्दैन । आखिर हो त म आफ्नो दुनिया को राजा ।
लत्रेको पाइन्ट खुकुलो टि सर्ट अनि कपाल गुजुल्टो पारेर हिड्दा जो कोही सोच्ने गर्ला - यो गुन्डा यो ट्यापे दिन भर गांउ डुल्छ । गाँजा खाएर चोक मा टोलाएर बस्छ । तर सोच्ने ले जे सोचोस मलाई प्रवाह छैन । किनकी म हो राजा आफ्नो दुनिया को राजा । कुनै बेला ४ टुक्रा गुड्का को टुक्रा ले २ घन्टा धान बारी मा सुताको यो राजा लाई थाहा छ । सायद त्यस दिन पछी कुनै नसालु चिज यो मुख मा पर्या छैन ।
जब दिन मा चार पटक एता उता गर्छु तब सोच्लान दुनिया ले कस्तो खाल को मान्छे हो के गर्छ यस्ले कसरी जिन्दगी बिताउला । ठिकै हो मलाई त कहिल्यै भोली को सोच आएन आखिर जिन्दगी के नै होर २ दिन को खेल आज बिहान भोली रात पर्सी त आखिर जानु नै छ । मेरो सोच यो छ - जती बसिन्छ राजा भएर बाँचु आफ्नै दुनिया को राजा ।
आज प्रसँग आयो म दिनहु झै आफ्नो काम मा लाग्दै थिए । एक बयस्क मानिस ले सोधे - "बाबु तिमी सधै यसरि नै गाउ डुलिरहेको देख्छु , केहि काम गर्दैनौ र ? पढाइ छैन र ?
उहाँ को प्रश्न ले मलाई एकाएक हाँसो उठ्यो । अनि जवाफ दिएँ - काका मैले ऐले पढदिन ब्याचेलर सकेको १ बर्ष भो ।
एकछिन मुख खुल्लै राखेर बुडा टोलाए अनि जवाफ आयो - " ए होर मैले त तिमी सधै डुलिरहने पढाइ काम केहि छैन जस्तो सोचेको । एत्रो पढिसकेको रहेछौ फेरी किन यस्तो छौ ? प्रतिप्रश्न आयो ।
मलाई यो प्रश्न को जवाफ दिनु मन लागेन आखिर हु त म राजा । हाँस्दै बाटो लागे ।
आखिर म को हु कस्तो छु म आफै लाई थाहा छैन । चाहना यो छ जस्तो छु आफ्नो लागी ठीक छु बाँकी दुनिया मेरो जिबन को हिस्सा होईनन । धेरै पढेर टाइ सुट लगाएर टन्न पैसा कमाउने नि देखेको छु । जो आफु लाई सन्सार कै सबै भन्दा माथी पुगेको भान हुदो हो । तर कुनै एक माग्ने देख्दा मुन्टो बटारेर हिड्छ । हरेक असहाय लाई सकेको हेल्प गर्ने यो राजा ले अठोट लिएको छ । र म ति सब पैसा हुने राजा हरु भन्दा ठीक गर्दै छु । सर्टिफिकेट मा ८०% ल्याएर ब्यबहार मा औकात नाप्दै हिंड्ने भन्दा सेकेन्ड डिभिजन ल्याउने यो राजा ठीक छ । जिबन मा शिक्षा पाउने धेरै छन । तर ति सब लाई यो राजा ले ज्ञान भाको बुध्दी नभाको क्यटेगोरी मा राख्छ ।
म पनि सायद पढेर जागिर खाएको भए त्यस्तै बन्ने थिए कि ?
कुरा धेरै अगि को हो । जब मैले पहिलो पटक उनिलाई देखे । बिहानी को दुबो माथी को सित को थोपा या पारी क्षितिज मा डुब्दै गरेको घाम ले बनाएको पहेलो आकाश ।उस्को बर्णन जती गरेनी नपुग्ला । हुन पनि हो यो राजा ले कुनै जस्तो तस्तो मन पराउदैन । आज सम्म कुनै पर स्त्री लाई देख्दा यस्तो फिल आएन जब उस्लाई देखे - आँखा को बाटो हुँदै मुटु मा ढ्याङ्रो बज्यो - " हो केटा यही हो तेरो रानि ।
जिबन मा कहिल्यै कुनै केटी सँग कसरी बोल्नु पर्छ मलाई थाहा थिएन । अब म मेरी रानी संग कसरी बोल्ने यही समस्या थियो । उस्को घर यही ठाउँ मा हो जहाँ म आज सम्म नि चिया पिउदै छु । हेर्छु , उनि आउने कौसी को बाटो । भिजेको कपाल लाई टावेल ले झड्काउदै नसालु आँखा ले वरिपरी चिहाउथिन । म एकोहोरो टोलाई बस्थे केबल उनिलाई हेर्दै कती बेला चिया सेलाउथ्यो पत्तो हुन्थेन । हरेक दिन मेरो बास त्यही चिया पसल मा बित्न थाल्यो । कहिले मुहार देखी नै हाल्थे कहिले निरास भइ फर्किन्थे । करीब २ महिना को देखाइ हेराइ पछी हिम्मत गरेर उस्लाई फेसबुक मा रिकुएस्ट पठाए । कन्फर्म पनि भयो । फेरी दुभिदा पर्‍यो आखिर बोल्नु त बोल्नु कसरी । अर्को एक महिना को अन्तराल मा बोलचाल सुरु भो एक भर्चुअल दुनिया मा ।
- हाइ
- हेल्लो
- (सिधै सोधे) मलाई चिनेको छौ ?
- अँ तपाइ त्यही चिया पसल मा बसिराख्नु हुन्छ हैन ?
(आखिर मलाई नि याद त गरेकी रहेछ । )
-अँ हो म तिमीलाई मन पराउछु त्यही भएर हेरेको मैले सिधा भन्दिए । उता देखी केहि रेस्पोन्स आएन ।
आखिर गरे त आफ्नो मन को कुरो । मन त पर्छ फेरी किन घुमाइ फिराइ कुरो गर्नु । जिन्दगी मा केटि संग पहिलो भेट अनि बोलाई नै त्यही थियो किन घुमाइ फिराइ कुरो गर्नु ? यसै नि यो राजा लाई कुरो घुमाएर भन्न आउँदैन ।
- करीब हप्ता दिन मा जवाफ आयो - मैले यस बारेमा सोच्या छैन हामी असल साथी बन्न सक्चौ ।
यसरि हामी २ अन्जान को फ्रेन्शिप भयो ।
उनी मलाई यसै मन परेकी । उस्लाई पनि मेरो खुला मन बिस्तारै मन पर्न थालेछ । मेरो कुरा नलुकाइ भन्ने बानी अनि सबै लाई सहयोग गर्ने बानी ले उस्लाई म मन परेको रे उसैले पछी सुनाइ ।
माया को फुल फुल्थ्यो होला म राजा उनि रानी बन्थिन होली , तर माया बस्न नपाउदै उस्को घर मा बिहे को कुरो चल्यो । उस्ले अस्विकार गर्दा गर्दै पनि बिहे गराइयो ।
आखिर साथी र जिबनसाथी मा फरक यही छ । उनि फुल हुन , मन परेको फुल जिबनसाथी ले लग्यो चुडेर आफ्नो जिबन सजाउन । साथी त्यही चुडेको फुल को ठाँठ मा आशु को पानी हाल्दै छ कतै नओइलावोस ।
अझै पनि दुख बेदना पोख्ने गर्छनि । म सुन्ने गर्छु । उनको जिबन मा साथी बनेर ।
जिबन यसरि नै बित्दै छ । बिहान उठेर उस्को घर अगाडी को चोक मा चिया पिउदै फर्किदै ।
हरेक दिन हरेक साँझ । उनलाई फेरी त्यही उस्को घर को कौसी मा देख्ने प्रतिक्षा मा । तर छिन त उनि धेरै टाढा सात समुन्द्र पारी । यहाँ म एक्लै बस्दै छु उनिलाई सम्झेर । आफ्नो दुनिया को राजा बनेर ।

No comments:

Post a Comment