Tuesday, 2 August 2016

म सधैं झै त्यही आफ्नै काम मा लागेको थिए । जहाँ म अनि मेरो रेकर्डिङ स्टुडियो थियो । बिहान देखी बेलुका सम्म मेरो समय यही बित्ने गर्थ्यो । बिहान को प्राक्टिस अनि दिउसो को म्युजिक क्लास । सामान्य जिबन साधारण सोच । गिटार लाई हात मा लिदै म कपडा ले पुस्दै थिए ।
कती काम गर्छस् बेलुकि सम्म ला खाना खा - आमा हुनुहुन्थ्यो ।
त्यही राख्दिनु म एक्छिन मा खान्छु । म छोटो उत्तर दिएर आफ्नो काम मा लागें ।
के गर्छस कहाँ जान्छस केहि थाहा हुँदैन अचेल , कपाल पालेको छ । झ्याङ झ्याङ बजाएछ न घर नै बस्छ । आमा माया ले भरिएको गाली दिदै हुनुहुन्थ्यो ।
आमा मेरो काम नै एस्तै छ । कहिले कहाँ कहिले कहाँ । अर्को हप्ता मेरो साथी को बिहे छ उस्को मा मेरो ब्यान्ड जादैछौ गाउन का लागि । त्यस्कै लागी तयारी गर्न सामान मिलाउन लाग्दै छु - मैले जवाफ दिए ।
कती अरु को बिहे मा मात्र बजाएर बस्छस ? बाबा ले तेरो बिहे को कुरा गर्दै हुनुहुन्थ्यो । एकपटक केटी त हेर । आमा मेरो लामो कपाल सुमसुमाउदै बोल्दै हुनुहुन्थ्यो । सिमा फेरी फर्केर आउंदिन सन्जिब । हातको खाना दिदै आमा ले भन्दै हुनुहुन्थ्यो । यसरी कतिन्जेल जिबन चल्छ ?
आमा को एक बोली ले मेरो हात काम्न थाल्यो । एक्कासी लागेको भोक हराउदै थियो । आज फेरी ५ बर्ष पछी सिमा को नाम कसैले लिदै थियो । मैले खाना को प्लेट टेबल मा राखे कतै नखसोस । एक्कासी तिर्खा लाग्दै थियो । सम्हालिदै भने - म कसैलाई कुर्दै छैन आमा । म काम गर्दै छु बल्ल आफ्नो करीयर बनाउदै छु । एसै नि मलाई कसैले भनेर गएको छैन म आउनेछु कुरेर बस्नु । उ आफ्नो मर्जी ले गएकी हो । अलि समय मलाई एक्लै बस्न दिनुस । मैले भन्दै थिएं ।
आमा केहि नबोली मेरो गाला मा हात राखेर फर्कनु भो ।
आमा त फर्किनु भो तर मन मा फेरी त्यही पुरानो कुरा दोहोरिदै थियो । आज को रात पनि बिना खाना अनिधो बित्ने पक्का थियो । बिस्तारै रात पर्दै थियो ।
रात मा छटपटिनु स्वभाबिक थियो । पुराना याद अनि पिडा । आंखा खुल्ला थिए । मलिन उज्यालो सँगै सुनसान पल । निन्द्रा मेरा आंखा बाट निकै टाढा थियो । ५ बर्ष अगि कै त कुरा थियो जब सिमा ले मलाई त्यही कलेज पछाडी को चौर मा बोलाएकी थि ।
ए बादर्नी किन एती मर्नै लागे झै गरेर बोलएकी ।( म उस्लाई माया ले बाँदर्नी बोलाउथे उस्ले मिठो स्वर ले बाँदर फर्काउथि) म उस्को हात समाएर सोध्दै थिए ।
- उस्ले मेरो हात देखी आफ्नो हात छुटाएर भनि - यो बादर बादर्नी मलाई मन पर्दैन । मेरो पढाई सकियो म काठमाडौं जादै छु ।
- मैले मुसुक्क हाँस्दै भने थाहा छ त मलाई पनि अनि- म बोल्दै थिएं ।
- उस्ले भनि - म फेरी फर्केर आउन्न सन्जिब मेरो अब को जिबन फरक छ । मलाई भुलिदेउ ।
- मतलप तिमी मलाई? ?
मतलब म तिमी तिम्रो कसैको लागी पनि फेरी फर्केर आउने छैन सन्जिब ।
उस्ले कुम थमथमाउदै मेरो माया लाई छोड्दै थि अनि जाँदै थि । धेरै टाडा । फर्केर हेरेकी पनि थिइन । १६ १७ बर्ष कि हुँदा मेरा यही हात थाम्न का लागी थाहा छैन कती कलेज का क्लास हरु छोड्थी उस्ले । म जस्को लागी हतार हतार भेट्न जान्थे उ यसै मेरो जिबन बाट टाडा जादै थियो ।
अर्को हप्ता को बिनोद को बिहे मा गाउने बजाउने को काम मेरो र मेरा साथीहरु को थियो हप्ता दिन त्यही पुराना याद सँगै प्राक्टिस सकियो ।
आज बिहे छ म स्टेज मा इन्स्ट्रुमेन्ट रेडी गर्दै थिएँ । पछाडी बाट आवाज आयो - आज कुन गीत गाउने सन्जिब ?
म पछाढि फर्केर हेरे त मलाई बिस्वास लागेन । त्यो मुहार मेरो अघि थियो जुन म कहिल्ले भुल्न सक्दिन थिए, त्यो मुहार जुन मेरा आँखा मा दिन मा हजार पटक नाच्ने गर्थ्यो । मेरो अगाडी सिमा थि ।
म जवाफ फर्काउदै थिए यतिकै मा कोही पछाडी बाट बोल्यो - हे सिमा , हाउ आर यु ? एक्लै आएकी ? भेना आउनु भएन ?
एकछिन लाई मलाई आफ्नो कान को सुनाइ मा बिश्वास लागेको थिएन । सिमा ले बिहे गरी ?
कपाल लामो भएको थियो । ज्यान केहि मोटो । नयाँ चमक नयाँ आकर्षण । उ आफै मा एकदम राम्री देखिन्थी । रातो रङ को सारी कालो रङ को ब्लौज हात भरि चुरा अनि फरक अन्दाज को कपाल। धेरै फरक भएछ ५ बर्ष मा । केबल एउटै कुरा समान थिए त्यो हो नसालु आंखा । जहाँ म आफ्नो सारा सन्सार देख्ने गर्थे ।
- सन्चै छौ सन्जिब - उस्ले सोधी ।
- बाँचिरहेछु - यसै नि ५ बर्ष मा धेरै कुरा मरिसक्छ मैले हल्का हासो मा जवाफ दिएर फर्किएर म आफ्नो रेकर्डिङ सेन्टर आए । मनमा धेरै बेर त्यही कुरा खेल्दै थियो - बिहे गरी उस्ले? कती सजिलै?
बाहिर ढोका मा कोही आयो । म हतपत आफ्नो आँशु पुछ्दै ढोका खोले ।
- भित्र आउन सक्छु ?
- सिमा , यहाँ कसरी आएउ ?
- "डबल-एस म्युजिक सेन्टर" को ठेगाना थाह पाउन खासै गाह्रो छैन , यो शहर मा निकै ठुलो नाम कमाएका छौ तिमी ले - उस्ले भनि ।
- के भन्न चाहन्चौ ? कि तिमी लाई सबै थाहा छ ? बिहे मा आएकी हौ बिहे मा रमाइलो गर मलाई भेट्नु पर्दैन म सँग बोल्नु पर्दैन । म झर्किएँ ।
- तिमी लाई कस्ले भन्यो कि म बिहे मा आएको सन्जिब ? ५ बर्ष पछी आएको छु यहाँ लामो बिदा लिएर । उस्ले भनि ।
(उस्को कुरा मैले केहि बुझेको थिइन । मेरा आखा ले मात्र आशु खसाईरहेथे । )
- जती सुकै छुट्टी होस रमाइलो गर मसँग बोल्नु पर्दैन ,
म बाहिर जादै थिए सिमा ले मलाई रोक्दै भनि - तिम्रो कार्ड लैजादै छु । फोन गर्छु ।
म घर मा आएर बेड मा पल्टिदै थिए । आखिर फेरी किन आइ मेरो जिबन मा सिमा ? बिहे गरिसकी छे । फेरी ५ बर्ष पछी मेरो जिबन मा फेरी किन । मैले ५ बर्ष कती पिडा ले बिताए मलाई मात्र थाहा छ । दिन भर उस्को फोटो हेरेर टोलाउदै बित्ने गर्थे दिन । अनि हरेक पुराना मेसेज पढेर रात हरू बित्थे । पढाई छोडें, खाना छोडें । कारीब २ बर्ष लाग्यो मलाई सम्हालिन अनि म्युजिक सेन्टर खोले । तर पनि परिवार को ति सब कर हुँदा हुँदै पनि म बिहे गर्न सकिन । कही कतै सिमा को माया मेरो मन देखी मरेको थिएन । उस्ले भने कती सजिलै छोडेर गै कती सजिलै बिहे गरी ।
फोन मा घन्टी बज्यो ।
हेलो
सन्जिब मलाई त्यही कलेज छेउ को चौर मा भेट्न आउन सक्छौ ?
फोन काटियो ।
सिमा थि ।
म बिना केहि नसोची दराज बाट झोला लिएर चौर तिर लागे ।
सिमा त्यही थि जहाँबाट ५ बर्ष अगि मलाई छोडेर गएकी थि ।
सिमा को केहि पर उभिएँ म ।
मलाई देखे साथ उस्ले भनि - सन्जिब म यही छु जहाँ मैले तिमीलाई छोडेर गएको थिए । म फेरी यही ठाउँ मा छु । म चाहन्छु कि फेरी हाम्रो त्यही जिबन सुरु होस । म चाहन्छु कि फेरी मलाई मेरो बादर ले माया गरोस ।
उस्को कुरा सुनेर मलाई घिन आयो ।
बिवाहित केटी फेरी कती सजिलै भन्दै थि मलाई अपनाउ । त्यही केटी त्यही ठाउ ५ बर्ष पछी ।
मैले मेरो झोला देखी उस्ले दिएका सबै सामान उ तिर फाल्दै भने - ला तेरो फोटो , ला तेरो हरेक चिठीहरु हरेक गिफ्टहरु । आज देखी त्यो अनुहार मेरो अगाडी नदेखा ।
म फर्किदै थिए सिमा ले भनि - कसरी सम्झाऊँ सन्जिब तिमीलाई म बिबश थिए । म बाध्य थिए कि मेरो पढाई सकिदै बित्तिकै काठमाडौं जानु पर्थ्यो । बाबा ले मेरो बिहे अरु कोही सँग फिक्स गर्नु भएको रहेछ । जुन दिन तिमी सँग भेट्न आए त्यो दिन म आफै ले आफ्नो बिहे को कार्ड पाएको थिए । म कसरी सम्झाउन सक्थे कि जुन कुरा मेरो आफ्नै दिमाग ले सम्झेको थिएन । काठमाडौं गएको २ महिना मा मेरो बिहे प्रशान्त सँग भयो । करिब ४ महिना नबित्दै प्रशान्त को टाउको मा समस्या देखियो । त्यस्को ६ महिना नबित्दै उ कहिल्यै नफर्किने गरी मलाई छोडेर गयो । बिस्तारै घर मा सासु ससुरा ले नि पनि मै बोक्सी ले गर्दा हाम्रो छोरो मर्यो भन्दै दिनहु गाली गर्न थाल्नु भो । म बाध्य भएर माइती मा बस्न थाले । त्यस पछी कयौ पटक तिमी लाई फोन गर्न सोच न आएको होईन तर मेरो हात ले तिम्रो नम्बर हान्न सकेन । बिनोद सँग तिम्रो बारेमा सधै सोधिरहन्थे । माया त निकै थियो सन्जिब तर म आफ्नो परिवार को अगि बिबश थिए । जे गरे त्यो मेरो रहर थिएन । आज त्यसैले होला एकदम एक्लो छु सारै एक्लो । सिमा रुदै घुडा टेकेर चौर मा बसी ।
म उस्को कुरा सुन्दै आँशु झार्दै थिए । आखिर म पनि त कस्को लागी बसेको थिए यतिका ५ बर्ष ? सिमा को लागी माया नहुदो हो त पहिल्यै बिहे गरेर घरजम भैसक्ने थियो होला । आखिर म पनि त एक्लो थिए । हरेक दिन हरेक पल मेरा आँखा ले नि सिमा लाई नै खोज्थे यि ५ बर्ष मा ।
मेरो अगाडी सिमा थि , जसलाई मैले कारीब ७ बर्ष अगि भेटेको थिए । माया त त्यतिबेला नै बसेको थियो जब उ निलो प्यान्ट माथी पहेलो कुर्था लगाएर गाडी बाट झरेकी थि । म चोक मा बस्दै थिए , लामो कपाल पछाडी बानेकी त्यस मा अलिकती कपाल कान देखी गाला हुँदै घुमेर घाटी सम्म झरेको थियो । यस्ती सुन्दर देखिन्थी कि साना दुइ बच्चाहरु छत देखी कौतुहलता को नजर ले बाटो चिहाइ रहेका छन ।
फेरी आज मेरो मन ले सिमा लाई त्यही दिन कि सिमा को रुप मा स्विकार गरेको छ ।
म हात समाइ उस्लाई अङ्गालो मा बेर्दै छु । उ झन झन कसिँदै आफ्ना सारा आँशु बहाउँदै छे । फेरी त्यही ठाउँ मा हाम्रो पुन: माया बसेको छ ।

No comments:

Post a Comment