Tuesday 2 August 2016

जब छोरो दिनरात रक्सि चुरोट खाएर भनेको टेर्देन, बाउ आमा को टाउको दुख्छ र विचार आउछ एउटी बुहारी ल्याउन पाए सुध्रिन्थ्यो कि ? अनि जब छोरि बैश मा ८ - १० ओटा बोय्फ़्रेन बनाउछे, मोबाइल मा च्याट र फोन मा घन्टौ बिताउछे अनि आमा बाउ को टाउको दुख्छ कि एउटा सोजो केटा खोजेर बिहे गर्दिन पाए सुध्रिन्थी कि ? अनि एक अन्जान केटा एक अन्जान केटि को हात माग्न जान्छ अनि दुवै २ दिन लाइ यति सोजो देखिञ्छन कि माकसम त्यो पल्लो चोक मा बेच्न राखेको जेरी सम्झनछु। हाम्लाई त के भो र केटो ले स्वास्नी पाइगो, केटि ले पोइ पाइहालि। टन्न मासु पुलाउ बजाइयो आइयो। के लाइ टाउको दुखाउनु ?
‪#‎Arrange_Marriage‬
कसैको वास्तविक जिबन मा मेल खान गएमा मलाइ केहि मतलब छैन !!
सुँगुर हुन् तिनीहरु जो आफु कहिल्यै आफ्नो खर्च गर्दैनन् र प्रयत्नरत हुन्छन कि अरु कै मात्र खाउँ, अरुकै सम्पति ले मोज गरूँ। मानब मा बिबेक हुन्छ, सोच हुन्छ, संस्कार हुन्छ, र जनावरमा मै खाउँ, मै लाउँ, सुखसयल या मोज मै गरूँ।पाखण्डी को बिल्ला भिरेर अरुको प्रगति मा गिद्दे नजर लगाउने ले अन्न खानु छोडेर गु खाएको बेश। जुन कुरामा आफ्नो हक छैन त्यहि कुरालाइ अनेक जाल झेल गरेर आफ्नो बनाउनु मानब नीति कदापी होइन। सत्य, इमान्दार, निष्ट र कर्मवान व्यक्ति आफ्नो मेहेनत खाने गर्छन। स्मरण रहोस यहाँ पाखण्डी हुन लुट्ने, चोर्ने नै गर्नु पर्छ भन्ने छैन , झुट बोल्नु , ठग्नु , दलाली गर्नु , घुस खानु , र अरुको तलुवा चाट्नु पनि पाखण्डी जाति मा नै पर्छन। अब आँखा चिम्लिनुस अनि सोच्नुस के तपाई ले आफ्नो हक बाहेक को अरु को सम्पतिमा गिद्दे नजर लगाउनु भाको छ ? के अरु को नासो कुनै जाल झेल गरेर आफ्नो बशमा ल्याउनु भाको छ ? के अरुले नाथापाउने गरि दलाली गर्नु भाको छ ? या कुनै चोरी ? यही गर्नु भाको छ भने तपाई मानब होइन पशु हो। सुँगुर हो र हजुरले अन्न खानुको कुनै ब्यवारिकता देख्दिन म ।
कसैको वास्तविक जिबनमा मेल खान गएमा मलाई मतलब छैन।
सरकार ले केहि गरेन !!
बाटो बनाउन आको पैसा एजेन्ट खान्छ, हाकिम खान्छ, सचिब खान्छ, ठेकेदार खान्छ अनि भन्छ सरकार ले केहि गरेन !!
देश समस्या मा छ जती हुन्छ पुराएर गरौ : भन्न नपाइ फोन हान्छ लौन मेरो कार मा फुल ट्यान्क गर्नु पर्‍यो , बाइक रित्तै भो । बाउ, काका, हजुर्बाउ को गोरु बेच्या साहिनो लगार आफै ग्याँस पेट्रोल चाइने भन्दा बढी गुट्मुटाउछ अनि भन्छ सरकार ले केइ गरेन !!
किसान औषधी हाल्छ तरकारी फलाउछ मान्छे मरुन बाँचुन पैसा सोहोर्छ अनि भन्छ सरकार ले केहि गरेन !!
धारा देखी आउने पानी ठोकेर दुध बेच्छ अनि २ दिन दुध को बजार तल झरे भन्न थाल्छ सरकार ले केहि गरेन !!
उतै को Christmas प्यारो उतै को Newyear Valentine , फेसन, कपडा प्यारो अनि भन्छ सरकार ले नेपालमा सियो पनि बनाएन !!
आउनुस एउटा घटना सुनाउछु !
हिजो बैंक को लाईन मा एक भलाद्मी फलाक्दै आए एस्तो छ देश न पेट्रोल छ न ग्यास छ, सिस्टम भन्ने केहि छैन, बोल्दै लाईन अगि सरे भित्र हकिम लाई के छ आराम छ? सर ल यो सानो चेक छ पहिला यो गर्दिनु पर्‍यो ।सोचेँ कति राम्रो सिस्टम भाको ले सरकारी सिस्टम को खिल्लि उडायो ।
कोही जनता गाली गर्छन, कोही आन्दोलन, कोही नाकाबन्दी, अनि फेरी भन्छन सरकार ले केहि गरेन !!
गाउँ को घरखेत बेच्ने ,शहर पस्ने, घर ठडाउने ,बहाल मा दिने, सुतेर खाने अनि भन्ने सरकार ले केहि गरेन ।
डाक्टर औषधी पसले लाई भन्छ म लेखे जस्तो गर्छु त बेचे जस्तो गर नाफा बराबरी ।
सरकारी हाकिम भन्छ आज होईन भोली आउनुस तपाइ को काम पक्का हुन्छ । अनि सान्तोना दिदै भन्छ के गर्नु देश नै एस्तै छ , बत्ती छैन कसरी काम गर्नु ।
हरेक ले हरेक पल आफ्नो थुतुनो सोजाउन खोज्छ , हसुर्नु सम्म हसुर्छ अनि डकार्दै भन्छ सरकार ले केहि गरेन !!
सबैलाई आफ्नो पेट भर्नु छ , घर मा ग्यास बल्दै छ फेरी पनि ७ ८ वटा लुकाई राख्दै छ । बाइक मा पेट्रोल पुग्ने छ फेरी पनि बोतल मा खानाएर राख्छ, पाए सम्म ब्ल्याक मा बेच्छ ।
पेट्रोल पाए त्यहि सरकार जिन्दाबाद जिन्दाबाद गर्दै नारा लाउदै स्वस्तिक को छाप ठोकेर सत्ता मा पुराउने
त्यही पेट्रोल नपाए सरकार ले केहि गरेन ?
जय होस नेपाली जनता !!
आँफु बनौ अनि सरकार बनाउँ !!
एक अर्का लाई सहयोग गरौँ !!
मिलेर बसौँ !!
के गर्नु मसँग कुनै बिकल्प भएन । जो मसँग जन्म देखी साथ थिए आज मेरो बिपरित छन । लाग्छ म आज एक्लो छु । जो मलाई हौसला दिने गर्थे आज मेरो अवस्था मा खिल्ली उडाउने छन । नातेदार मेरो लागी माया को साटो गाली दिनेछन । जुन आमा मेरो गाला मा मुँइ खानुहुन्थ्यो आज झापड हान्नुहुन्छ । अनि बाबा उहाँ ले त झन म नालाएक सम्झनु हुन्छ । छिमेकी को छोरा ले यो गर्‍यो त्यो गर्‍यो प्रगती गर्‍यो त्यस्को अगि मलाई केहि सम्झनु हुन्न । म उहाँ को लागी कहिल्यै राम्रो बन्न सकिन । आज मेरो लागी कसैको आँखा मा माया हुनेछैन, म यो सन्सार कै सबै भन्दा नराम्रो सन्तान हुनेछु । मेरो मस्तिस्क मा कुनै एक सकारात्मक धारणा छैन ; छ त केबल एक ३ मिटर लामो नाइलन को डोरी अनि कोठा माथि को फ्यान । सरि आमा मैले परिक्षा राम्रो गर्न सकिन । सरि बाबा मैले तपाईं को गाली सहने हिम्मत गर्न सकिन .... .... ..!!!!
कती सजिलो छ यहाँ समस्या सँग भाग्न । कती सजिलो छ यहाँ हार लाई आत्मसाथ गर्न । जहाँ हरेक बच्चा बर्सेनी परिक्षाको रिसल्ट को बेला आफ्नो ज्यान कती सजिलै फालिदिन्छन ।
दोष कस्को ? बाबु-आमा को ? या स्वयम विद्यार्थी को ? या यो समाज को ? जस्ले सधैं मार्कसिट को नम्बर सँग मान्छे को मुल्याङ्कन गर्ने गर्छ । किन हार लाई हौसला को रुप मा लिन सक्दैन ? किन सधैन जित्नु पर्ने .. ?
मलाई अझै याद छ मेरी साथी जो बाबाआमा सँग धेरै डराउने गर्थिन, जस्लाई घर बहिर सम्म निक्लिने अनुमती थिएन, जसलाई एकदिन आमाबाबु को अनुमती बिना खेल्न जाँदा सर्प ले टोक्यो, जुन कुरा उनलाई बाबुआमा लाई भन्ने हिम्मत आएन, जस्ले केहि क्षण मै प्राण त्याग्नु पर्‍यो ।
अर्को एक साथी जस्लाई बाबुआमा को अनुमती बिना खेल्न जाने अनुमती थिएन, जो साथीको कर ले छत माथि बाट परालमा हाम्फाल्ने खेल खेल्यो, खुट्टा भाच्यो, जुन कुरा घरमा भन्न सकेन समय मा उपचार नपाइ आज को दिन सम्म खुट्टा खोच्याउदै हिड्दै छ ।
किन हुन्छ यो सब ? किन बुझ्दैनन परिवार एक अर्कालाई ? किन सधै डर मा बित्छ जिबन ?
सबै आमा बुबा म आज हात जोडेर बिन्ती गर्न चाहन्छु । ११ को परिक्षा को नतिजा आउँदैछ । एक पटक आफ्नो छोरा छोरी लाई सोध्नुस कस्तो गर्यौ छोरा Exam ? कस्तो गर्यौ छोरी Exam? पास हुन्छौ ? फेल भएनी केहि चिन्ता नगर । फेरी अर्को पटक राम्रो गरी Exam दिनु । त्यस्तो कुनै काम नगर्नु जस्ले हामीलाई जिन्दगी भर पछुतो होस । हामी तिम्रो साथ मा छौँ ।
अनि सम्पुर्ण भाइ बैनी लाई : त्यस्तो कुनै काम नगर्नु जस्ले तिम्रो बाबुआमाको आँखामा आँशु आवोस । जिन्दगी भन्दा ठुलो कुनै परिक्षा को नतिजा हुन सक्दैन । बाबुआमा भन्दा ठुलो उपलब्धी संसार मा अरु कँही पाइँदैन ।
पास हुने लाई बधाई ।
फेल हुनेलाई शुभकामना ।
एकपटक फेरी :
बाबु आमा भन्दा ठुलो उपलब्धी केहि छैन ।
असफलता नै जित को सुरुवात हो ।
संसार मा जती पनि ठुला मान्छे छन ति सबै जिबन मा एक न एक पटक असफल नै भएका छन ।
!! Good Luck !!
हो म एक केटी । 
मलाई यो समाज को डर छ । 
यो परिबेश को डर छ । 
मलाई स्वतन्त्रता पूर्वक कुनै केटासँग घुम्ने अनुमती छैन । म एक पाइला अगि बढाउँदा समाजले अनेकौ कुरा काटी सक्छ । 
मेरो उसँग प्रेम भएको आज ४ बर्ष बितिसकेको छ । पाँचौ बर्ष सुरुवात सँगै मेरो मायाको संसार यसरी ढल्यो जब मेरी आमाले मेरो फोनमा उस्को फोटो देख्नु भो । आज मेरो घरमा मेरो मायाको सुनुवाइ चल्दै छ । बाबा र आमा अगाडी सोफा मा हुनुहुन्छ । अनि म भुँइको गलैचामा । बाबा आमा मलाई यसरी हेर्दै छन कि म उनिहरुको छोरी होईन कुनै यमराज हूँ ।
अरु केहि होईन यस्लाई हाम्रो माया बढि भाको अब एउटा केटा खोजेर बिहे गर्दिए हुन्छ - आमा बोलिन ।
गर्दिन म बिहे सिहे - म झर्किए ।
" मोबाइल दे " आमा ले मेरो फोन हातबाट खोस्नु भो । अब देखी त्यो केटा सँग बोल्ने होईन । अन्तिम पटक फोन गर अनि भन अब देखी मसँग नबोल्नु मेरो घरमा तलाई एसेप्ट गर्दैनन ।
मेरो हात अगि बडेन ।
कस्ता कस्ता केटा रोज्छे रोज्न पनि, त्यस्ता सँग गएर के गर्छेस ? त्यही झुप्रा मा बस्छेस ? मान्छेहरु बिहे गर्न हुने खाने पडेलेखेका खोज्छन यस्लाई त्यही खान नपाउने को सन्तान मिलेछ ।
अर्को महिना अंकलको साथीको छोरो आउँदै छ अमेरिका बाट - बाबाले थप्नु भो ।
हामी तेरो बाबुआमा हौ । तेरो राम्रो नै सोच्छौ । अंकलले कुरा गर्दै हुनुहुन्छ उ आएपछी तँलाई भेटाउने कुरो छ । केटाले मन पराउँछ भने यही बर्ष तेरो बिहे गर्दिने हो । अब दुनियाँ ले कुरा काटेको हामी सुन्न सक्दैनौ । केटो राम्रो छ रे । राम्रो कमाइ गरेको नि छ रे । पढाइ पनि राम्रै छ रे।
आँखा का डिलबाट आँशु नाकको किनार हुँदै ओठलाई छुदै गलैचा मा तप्प खस्यो ।
आमा म बिहे गर्दिन अरु सँग - म रूदै थिएँ ।
चुप - आबेश स्वोर ले आमा कराउनु भो अझै कती बदनाम गर्छेस हाम्रो । दुनिया ले कुरो काट्दै छन । तेरो छोरी त्यो खान नपाउने को सन्तान सँग हिड्छे भन्दै । आफ्नो ईज्जत् त फालिस फालिस अब हाम्रो नि नाक काटेर छोड ।
म बिबश थिए । मुटु दरो बनाइ फोन गरे अनि हिम्मत साथ भने - मलाई बिर्सिदेउ । आज बाट मलाई कल नगर । उता बाट आवाज आउँदाइ थियो - सानु मजाक नगरन । म हिक्क हिक्क गर्दै रुदै फोन काटेर बेड मा पल्टिए ।
२ छाक खाना खाइन ।
भोलि पल्ट
आमा सुम्सुमाउदै आइन - नानु खाना खाउ ।
म झर्किदै खान्न भन्दै थिए ।
हेर छोरी हामी तेरो आमा बुवा हौ । तेरो राम्रै सोच्छौ । बिहे भनेको १ दिन को लागी होईन जिबन भरिलाई सोच्नु पर्छ । २ दिन को माया ले जिन्दगी भरि खानु पुग्दैन । आखिर अरेन्ज म्यारिज मा के फरक हुन्छ र ? मैले नि तेरो बाउ सँग मागी बिवाह नै गरिकी हुँ खै सुखै छ, खुशी छ , माया छ ।
मलाई आमाको बोली सुने नसुने झै भो ।
मेरो मुखबाट एउटै बोली निस्किरह्यो - नाँइ म उसैसँग बिहे गर्छु ।
मेरो कुरा सुन्ने त्यहाँ कोही थिएन । म रोइ मात्र रहे ।
बाबा ले झर्किदै बोल्नु भो - कि हामिलाई बिर्सी कि त्यो केटा लाई ।
अनी भुलेर पनि भागेर बिहे गर्ने नसोच्नु । उता तेरो डोली निस्किदा यता मेरो मलामी निस्किने छन ।
आखिर म बिबश भए , मेरो परिवार को अगाडी मेरो माया ले हार्यो । मायाका दिनहरु पल पल जोद्दै बिताउदा त्यती गाह्रो थियो आज सबै हिम पहिरो झै एकै पटक खस्दै थियो । जिबनमा उसँग जोडिएको मायाको किताब भाग्यको हुरीले एक एक पाना गर्दै पल्टाउदै थियो । म आँशु पुस्दै सबै यथार्थ सपना झै नियाल्दै थिए । तर यो मेरो जिबन को कहाली लाग्दो क्षण रहेछ ।
अझै पनि कोस्दै छु आफुलाई यो उजाड दुनियामा कुनै एक अन्जानको म संग लगन जुर्ने दिन पर्खेर ।
फाल्गुन २७, २०७२
बिहान को १० बजेको छ ।
बाबा अफिस जानु भएको छ ।
आमा बजार ।
आज म आत्महत्या गर्न जादै छु । माफ गर्नु होला म सिरियस छु । एक पटक सोच्छु त पुरा गरेरै छोड्छु । एकपटक दिमागमा केहि आयो त आयो आयो ।
आखिर मर्ने कुरा त्यती बेला नै न आएको होईन जती बेला मेरो बिहे कोही अरु सँग हुने निर्णय बाबा ले लिनु भयो । त्यती बेला म खुब रोए कती दिन खाना खाइन । मेरो बिहे त्यो सँग हुँदै थियो जो मेरो माया को हिस्सा थिएन ।
करिब २ हप्ता अगि । मन मा एक हावा चल्यो म मर्छु । तर कुनै त्यस्तो समय मिलेन जुन समय केहि रोम्यान्टिक होस । मेरो मृत्युले मेरो बाबा आमा लाई यस्तो सोच आवोस कि किन हामिले उस्ले रोजेको केटा सँग बिहे गर्न दिएनौ । म खोज्दै थिएँ मर्नु त मर्नु कसरी । डोरी लगाएर पन्खा मा झुन्डिनु ? अरे बाफ्रे बहुत गाह्रो छ । मुसा मार्ने पोइजन खानु ? फेरी मरिन्छ कि मरिन्न भर छैन । चक्कु ले घाटी काट्नु पनि साह्रै हिम्मत को काम हो । यो सब फिलिम मा सोभा दिन्छ । स्लिपिङ ट्याब्लेट खाउ ? फेरी नमरिने पो होकी ? फेरी धोबी को कुकुर घर न घाट को पो हुने हुने होकी ?
आज बल्ल बल्ल एक समय आएको छ । समय नि छ अनि मर्ने एक सजिलो उपाए । जुन उपाए १००% काम गर्छ । थापाउन चाहनु हुन्छ ? अहँ तर म भन्दिन ।
१०:३० बजेको छ । सोच्दै छु मर्ने त किन हतार गरु अलिकती मेकअप गरु । दराज बाट रेड सारी ब्लौज निकाले । अनि मेक अप बक्स । ऐना अगि उभिए । कपाल कोर्ए । लुगा चेन्ज गरे । बिहे को दुलही झै सजिए । वाह मेरो उसँग बिहे भएको भए सायद एस्तै देखिन्थे होला बिहे को जग्य मा बस्दा ।
ऐना अगि टेडी थियो । पहिलो भ्यालेन्टाइन मा उस्ले मलाई दिएको । कालो ठुलो आखा ले मलाई हेर्दै थियो । सायद साह्रै राम्री देखिए होला ।
एक एक सामान खोज्न थाले जुन मर्ने बेला साथ मा राख्नु जरुरी थियो । एउटा फोटो एल्बम जहाँ मेरो र उस्को हरेक पल को याद जोडिएको थियो । अनि उस्ले दिएको गिफ्ट हरु । उस्को माया ले भरिएका लभ लेटर हरु । म देखाउन चाहन्थे मेरो बाबा आमा लाई कि कती माया गर्ने रहेछ मलाई उस्ले जस्को लागी आफ्नी छोरी ले ज्यान पनि दिन सक्थी ।
११ बजेको छ । बाबा सायद अफिस देखी आउनु हुन्न ६ न बजे सम्म डर केबल आमा को थियो । बजार देखी कही चाडै नफर्किनु होस । खाना खाएर गएसी कारीब ३ ४ त बज्ला । मेरो मर्ने टाइम पनि त्यही २ - ३ बजे तिर को नै छ । आमा बजार बाट आउने बेला छोरी बेड मा लडिरहेको देख्लिन । अनि अतालिदै रुदै सबै लाई बोलाउलिन । दिमाग ले काम गरे सम्म बाबा लाई नि फोन हान्लिन - ए हजुर लौन हाम्री छोरी लाई के भो भन्दै , फिलिम मा जस्तै । खुब मजा आउला अनि  कसरी मेरो माया लाई छुटाउने कोसिस गरेका थिएउ ? कती दिन रोए कराए म बिहे गर्छु त उसैसँग । तिमीहरु लाई नै चाहिएको अमेरिका देखी आएको केटो टन्न कमाउने केटो । आखिर म नै छैन त खोजावो अर्को छोरी पाएर अमेरिकन ज्वाइ ।
५ बर्ष अगि जब उस्ले मलाई माया गर्छु भन्यो तब मलाई केहि थाहा थिएन माया के हो ? कसरी गर्छन ।उस्ले बोयफ्रेन कम एक अभिभावक बडी भएर मेरो हरेक कुरा मा साथ दिएको छ । कती कुरा घर मा भन्न सकिन्न त्यस्मा पनि सधैन उस्को हेल्प पाएको छु । मैले खाना खायो खाएन , हरेक समय के गर्दै छु । यो गर त्यो नगर हरेक कुरा मलाई माया ले सम्झाउदै हुन्थ्यो । तर आफ्नै आमा बुवा मेरो कुरा सुन्न तयार छैनन । म भागेर गए बाउ मर्ने रे । ल अब मै मरिदिन्छु सबै लाई आनन्द ।
आँशु टिल पिल गर्दै झर्दै थिए म रोक्ने कोसिस मा थिए । भर्खर दुलही झै सजिएको म बिगार्न चाहन्न थिए ।
१२ बज्दै थियो मेरो मर्ने समय नजिकिदै थियो । किन एउटा सुसाइड नोट नलेखु ? भए भर को दोश सबै मेरो परिवर मा खनाउछु । भोली पुलिस आउला खोजतलास गर्ला अनि मेरो बाउ आमा जेल पनि जालान । म सोच्दै थिएँ ।
मेरो मृत्यु को कारण मेरा बाउ आमा हुन्" अरे धत एक लाईन को नि सुसाइड नोट हुन्छ ? च्यातेर फाले । कस्तो बेला आयो एउटा नोट लेख्न जानिन । हुन पनि यो मेरो पहिलो एक्स्पेरिएन्स थियो ।
जिन्दगी को सबै भन्दा गाह्रो काम गर्दै थिए अलिकती हिम्मत त चहियो नै , मुटु ढुक ढुक गर्दै थियो । छेउ को पानीको ग्लास उठाए एक सास ले सबै पानी पिए । मुख को पसिना ले सबै पाउडर पखाल्दै थियो । जुरुक्क उठे । बाबा को कोठा मा फ्रीज बाट रक्सी को बोटल उठाए । ४ घुट्की लगाए मुख देखी पोल्दै पेट मा पुग्यो । वाक वाक आउला जस्तो भो अनि सम्हालिदै कोठा मा पुगे ।
अब सही समय आयो अब मर्नु पर्छ । कोठा को पर्दा हावा ले फरफर उडाउदै थियो । मर्ने सामान हातमा लिएर आखा चिम्म गरे अब को ५ सेकेन्ड मा म यो सन्सार छोडेर जादै छु । मन मा डर नरायणी को छाल झै चलमलाई रहेको थियो ।
मोबाइल को घन्टी बज्यो । आँखा खोले । अरे मोबाइल त २ हप्ता देखी आमा ले राखिथिन फेरी कस्को मोबाइल बज्यो ? एता उता मोबाइल खोज्न थाले । मेरो बेड को सिरान मुनी एउटा सानो मोबाइल भेटियो । जिन्दगीमा आज सम्म यो मोबाइल मैले देखेकै थिएन ।
स्कृन मा नन्बर ०० मात्र देखिएको थियो ।
फोन उठाएर भने - हेलो ।
उता बाट आवाज आयो - मर्न लागेकी ?
सानी फुच्ची को मिठो आवाज ले मलाई तर्सायो ।
को बोलेको ? म मर्दै छु कोस्ले भन्यो ? को हो तिमी ? मैले सोधे ।
उता बाट आवाज आयो - बाबा आमा सँग यत्रो रिस ? जुन कुरा ले यती सम्म को पिडा दिन खोजेको ?
म आश्चार्य भए । आखिर को हो यो केटी ? कसरी थाहा पाइ यस्ले म ऐले मर्दै छु ?
फेरी आवाज आयो - जिन्दगी मा सबै बाच्न का लागी तड्पिन्छन । हजुर कती सजिलै आफ्नो ज्यान फाल्दै हुनुहुन्छ ? मेरो मुटुमा प्वाल परेको छ । डाक्टर ले भनेको मात्र २ महिना मात्रै बाच्छु रे । सक्नु हुन्छ भने मलाई यो २ महिना खुशी साथ राख्ने कोसिस गर्नु । म हजुर आउने बाटो कुर्दै बसेको हुनेछु ।
फोन काटियो ।
म केहि सोच्न सक्ने अवस्थामा थिइन । म भित्र का मर्ने चाहना बिस्तारि सेलाउदै गयो । फेरी त्यही नम्बर मा कल गर्न मोबाइल टिप्न खोजे फेरी त्यहाँ कुनै मोबाइल थिएन ।
एक छिनमा घर मा ढोका को घन्टी बज्यो ।
उफ आमा आइसक्नु भएछ ।
मन मा हुरी चल्यो मरम कि नमरम मरम कि नमरम ।
अन्तिम मा ढोका खोल्न बिबश भए ।
आमा ले मेरो पहिरन र मेरो मर्न का लागी छुट्टाइएको सामान हेर्नु भो । अनि मेरो गाला मा कसेर एक झापड लगाउनु भो । अनि रुन थाल्नु भो । म भुइ मा थचक्क बसेर रुन थाले । १ घण्टा बित्यो । २ घण्टा बित्यो । ४ घन्टा बित्यो २ जना एक अर्का लाई हेर्दै हामी रुदै थियौ ।
भोली पल्ट बिहान एक्कासी मेरो छाती दुख्न थाल्यो । रिङ्गटा लागेर भुइ मा पल्टिए । कती बेला बेहोस भएछु थाहा भएन ।
होस आउँदा म हस्पिटल मा थिए ।
मलाई के भएको कोही ले केहि भनेन ।
हस्पिटल को बेड मा रुदै थिए ।
एउटि सानी केटी छेउ मा आइ च्यात्तेको कपडा अनि झिङ्ग्रिङ्ग कपाल छोडेकी उनि छेउ मै आएर मेरो कान मा भनि -
दिज्जु हजुर को मुटुमा प्वाल परेको छ ।
अब २ महिना भन्दा बढि बाँच्नु हुन्न ।
बिहान बन्दा
बेलुका काउली
कती खानु हो सधै बन्दा र काउली । आज पुरै मासु भात खानु पर्छ। बिबेक भन्दै थियो । खाने भए खाइदिउ न त । मैले थपिदिए ।
विद्यार्थी मान्छे त्यो पनि कोठा मा बस्ने ८ बजे अगि खाना पकाउन सुरु गर्‍यो भने त ईज्जत् नै जान्छ । करिब ८ बज्दै थियो । म र बिबेक मासु लिन पसल गयौ । सधै किनिरहने पसल मा मासु पाएन ।
अब कहाँ जानु ?
अमर दाईको पसल कोठा देखी केहि टाडा थियो करिब १० मिनेट हिँडेर । २ जना कुरा गर्दै जादै थियौ । पसल नजिक पुग्दैमा एउटा बस रोकियो । बस बाट एउटी केटी ओर्लिएर आइन ।
दाइ हेर्नु न टेन्सन भो । ठुलोबाबा को छोरी को बिहेमा गएर आएको । बस ले यो कुन ठाउँ मा लिएर आयो आयो । मलाई 4 न: चोक मा पुग्नु पर्ने । बाटो देखाई दिनु न ।
मैले यहाँ बाट सिधा जानुस । त्याँ बाट दाया लागेर सिधा जानुस अनि कामना बैंक आउँछ । त्याँ बाट दाया लागेर सिधा देब्रे लाग्नुस ठीक चोक मा नै पुगिन्छ भने ।
सुन्नु न मैले त मेसो नै पाउन्न । ८ बर्ष अगि आएको थिए एकपटक , ऐले त कहाँ हो कहाँ उता बाट भएको भए थापाउने थिए । यो त कुन थाउ हो कुन मैले त मेसो नै पाइन । उस्ले नम्र स्वोर ले भनि ।
फेरी त्यही बाटो बिबेक ले सम्झाइदियो ।
उस्ले फेरी अड्किएर भनि - प्लिज त्या सम्म पुराइदिनु न । प्लिज ।
बिबेक ले मलाई हेर्यो मैले बिबेक लाई । मैले जाम न त भने । ३ जना सँगै हिड्दै थियौ । उ एक्लै बोल्दै थि - क्या झ्याउ लाग्ने के एता को गाडी पनि कि पहिले नै भन्नु पर्ने त्यो ठाउँ मा जान्न भनेर । पृथिबि चोक बाट जबर्जस्ती चडायो । ऐले आएर ल जानुस तपाइ को ठाउ आयो भन्छ ओर्लेर हेरेको त केइ चिन्दिन । धन्न हजुर हरु भेटिनु भयो ।
म चुप चाप कुरा सुन्दै थिए । बिबेक अँ अँ भन्दै उस्को कुरा मा साथ दिदै थियो ।
कती बजेछ भनेर गोजी बाट मोबाइल निकाल्न लाग्दै थिए । दिमाग ले काम गर्न छोड्यो । अगि भोली लाई कलेज मा फी तिर्न निकालेको पैसा सबै गोजी मै परेछ ।
मैले कैलेकाँही सुन्ने गरेको थिए समाचार मा । एउटी सुन्दर केटी आउछे । केटा लाई दुख बेदना सुनाउछे । अनि कही पुराइदिनु भन्छे । अनि सुनसान ठाउँ मा त्यस्का १० १२ जना दाजु भाइ सहित स्वागत गर्छे । अनि सबै लुट्पाट गरेर छाड्छे ।
फेरी एकाएक केटी लाई हेर्ए । कतै अनुहार डाकुनी को जस्तो त पर्या छैन एस्को ? अध्यारो त्यो माथी नेपाल सरकार को लोड्सेडिङ । खासै अनुहार प्रस्ट देखिन । सारी र ब्लौज मा सजिएकी । हात भरि चुरा थिए । घाटी मा गहना जस्तो केहि देखिन्थे । गोजी बाट लाईटर निकाले। प्लिक्क उस्को मुख मा बाले । बिहेमा सजिएर गएकी केटी झपक्क बलेकी थि । गलामा सुन का गहना देखिए । अलिकती मन शान्त भो । पक्कै बिहे मै गएर दुख परेकी रहेछ जस्तो लाग्यो । कामना बैंक आइपुग्यो ल अब यहाँ बाट जानुस सिधा ठयाक्कै पुगिन्छ ।
हामी छुट्टिएर जानै लाग्या के थियौ । उस्ले मेरो हात समातेर आफु तिर तानी । दाइ प्लिज त्याँ सम्म पुराइदिनु न - उस्ले रुन्चे स्वर ले बोली ।
म बिना कुनै बोली अगि लागे उ पछी पछी लागी सँग सँगै बिबेक पनि ।
उ फेरी बोल्न लागी - धन्न हजुरहरु हुनुभयो र सजिलो भयो । नत्र त कहाँ आए कहाँ मलाई त मेसो नै थिएन ।
बिबेक ले थप्यो ल आइपुग्यो यो चोक पछी को चोक ।
उस्ले थपी - हैन उता को हाइवे देखी आको भए त सक्ने थिए पत्ता लगाउन । एता त्यो गाडी ले कहाँ झर्दियो कहाँ । त्या चोक मा एउटा पसल छ । म त्यहाँ पहिले आउँदा सामान किन्थे सानो मा ।
अँ आइपुग्यो अब त्यही चोक हो - मैले भने ।
अँ हो हो यहि हो जस्तो लाग्यो , दाइ यो बोर्ड मा बत्ती बाल्नु न । उस्ले भनि ।
मैले बालिदिए ।
चोक न: 4 देखियो ।
हो हो दाइ यहि ठाँउ हो । त्याँ पसल नि छ । हो हो ।
अब म यहाँ बाट जान्छु । यहाँ बाट २ घर उता मेरो ठुलोबाबा को घर छ । उस्ले मन देखी थ्यान्क यु भनेर आफ्नो बाटो लागी ।
हामी २ आफ्नो बाटो फर्कियौ । २ जना मौन ।
एक छिन मा मेरो मुखबाट हाँसो निस्कियो ।
कस्ती केटी रैछ, एती बिस्वास हामी २ मा । बाटो मा त्यत्रा मानिस थिए फेरी पनि हामी २ नै किन ? म त कता लगेर लुट्छे कि भन्ने सोचिराथे । मेरो कुरा सुनेर बिबेक नि हाँस्न थाल्यो ।
त्यै त बिहे मा गएर आको रे फेरी एक्लै । मोबाइल नि रैन्छ कि क्या हो फोन गरेर बोलाउनु कोही लाई - बिबेक ले थप्यो ।
त्यै त फेरी कस्तो आफ्नै झै गरेर हात नै तानेर लगेकी मलाई । म झन हाँसे ।
भर्खर मात्र जताततै नेहा पुन हत्या काण्ड को हल्ला मच्चिदै थियो । एक्ली केटी तर्सी होला नी राती हिंड्न लाई - बिबेक ले भन्यो ।
हाहा तिम्रो पहिले को जस्तो कपाल देखेको भए त पहिल्यै तर्सिन्थी होला है ।
हास्दै रमाइलो गफ गर्दै २ जना मासु किनेर कोठामा फर्कियौ। खाना खाइवरी भाडा माझेर किचन मा छिर्न लाग्दै थिए । किचन को ढोका नजिक फेरी त्यै केटी थि - हास्दै उस्ले भनि - खाना खाइसक्नु भाको ? म पनि त भोकै छु नि ।
मेरो हात बाट प्लेट भुइमा खस्यो - प्लेट भुँइमा बजारिदै थियो ।
बिबेक पछाडी भाँडा माझ्दा माझ्दै करायो - हैन किन हो फाल्नी आधा रात मा भाँडा भोली खान पर्दैन र ?
म हकानिदै बोल्दै थिए- अगि को केटी भर्खर यही थि ।
बिबेक हाँस्दै बोल्यो - ल बराल बौलाए ।
साँचिकै त्यहाँ कोही केटि थिईन ।
सायद एकोहोरो माया बसेछ मोरी सँग छोडि आएको यतिका बेर सम्म पनि याद अझै मन ले बोकी ल्याएछ ।
फेरी उनि सँग कहिल्यै भेट भएन ।
सायद भेट भएपनि चिन्दिन होला । आखिर जम्मा १५ मिनेट कै त भेट थियो ।
तर अझै पनि एउटै कुरा ले मन घचघचाइ रहन्छ ।
याद नै भएनी आकृती सम्म देखिन्थ्यो ।
खाना खाइसक्नु भयो ? म पनि त भोकै छु ।
बोलेको नै त कसरी सुनिन्छ ?
यो सब केबल याद मात्र हुन सक्दैन ।
जे होस फेरी उनि अगाडी देखा परिन भने दोहोरो कुरा गर्ने धोको छ ।
 
म सधैं झै त्यही आफ्नै काम मा लागेको थिए । जहाँ म अनि मेरो रेकर्डिङ स्टुडियो थियो । बिहान देखी बेलुका सम्म मेरो समय यही बित्ने गर्थ्यो । बिहान को प्राक्टिस अनि दिउसो को म्युजिक क्लास । सामान्य जिबन साधारण सोच । गिटार लाई हात मा लिदै म कपडा ले पुस्दै थिए ।
कती काम गर्छस् बेलुकि सम्म ला खाना खा - आमा हुनुहुन्थ्यो ।
त्यही राख्दिनु म एक्छिन मा खान्छु । म छोटो उत्तर दिएर आफ्नो काम मा लागें ।
के गर्छस कहाँ जान्छस केहि थाहा हुँदैन अचेल , कपाल पालेको छ । झ्याङ झ्याङ बजाएछ न घर नै बस्छ । आमा माया ले भरिएको गाली दिदै हुनुहुन्थ्यो ।
आमा मेरो काम नै एस्तै छ । कहिले कहाँ कहिले कहाँ । अर्को हप्ता मेरो साथी को बिहे छ उस्को मा मेरो ब्यान्ड जादैछौ गाउन का लागि । त्यस्कै लागी तयारी गर्न सामान मिलाउन लाग्दै छु - मैले जवाफ दिए ।
कती अरु को बिहे मा मात्र बजाएर बस्छस ? बाबा ले तेरो बिहे को कुरा गर्दै हुनुहुन्थ्यो । एकपटक केटी त हेर । आमा मेरो लामो कपाल सुमसुमाउदै बोल्दै हुनुहुन्थ्यो । सिमा फेरी फर्केर आउंदिन सन्जिब । हातको खाना दिदै आमा ले भन्दै हुनुहुन्थ्यो । यसरी कतिन्जेल जिबन चल्छ ?
आमा को एक बोली ले मेरो हात काम्न थाल्यो । एक्कासी लागेको भोक हराउदै थियो । आज फेरी ५ बर्ष पछी सिमा को नाम कसैले लिदै थियो । मैले खाना को प्लेट टेबल मा राखे कतै नखसोस । एक्कासी तिर्खा लाग्दै थियो । सम्हालिदै भने - म कसैलाई कुर्दै छैन आमा । म काम गर्दै छु बल्ल आफ्नो करीयर बनाउदै छु । एसै नि मलाई कसैले भनेर गएको छैन म आउनेछु कुरेर बस्नु । उ आफ्नो मर्जी ले गएकी हो । अलि समय मलाई एक्लै बस्न दिनुस । मैले भन्दै थिएं ।
आमा केहि नबोली मेरो गाला मा हात राखेर फर्कनु भो ।
आमा त फर्किनु भो तर मन मा फेरी त्यही पुरानो कुरा दोहोरिदै थियो । आज को रात पनि बिना खाना अनिधो बित्ने पक्का थियो । बिस्तारै रात पर्दै थियो ।
रात मा छटपटिनु स्वभाबिक थियो । पुराना याद अनि पिडा । आंखा खुल्ला थिए । मलिन उज्यालो सँगै सुनसान पल । निन्द्रा मेरा आंखा बाट निकै टाढा थियो । ५ बर्ष अगि कै त कुरा थियो जब सिमा ले मलाई त्यही कलेज पछाडी को चौर मा बोलाएकी थि ।
ए बादर्नी किन एती मर्नै लागे झै गरेर बोलएकी ।( म उस्लाई माया ले बाँदर्नी बोलाउथे उस्ले मिठो स्वर ले बाँदर फर्काउथि) म उस्को हात समाएर सोध्दै थिए ।
- उस्ले मेरो हात देखी आफ्नो हात छुटाएर भनि - यो बादर बादर्नी मलाई मन पर्दैन । मेरो पढाई सकियो म काठमाडौं जादै छु ।
- मैले मुसुक्क हाँस्दै भने थाहा छ त मलाई पनि अनि- म बोल्दै थिएं ।
- उस्ले भनि - म फेरी फर्केर आउन्न सन्जिब मेरो अब को जिबन फरक छ । मलाई भुलिदेउ ।
- मतलप तिमी मलाई? ?
मतलब म तिमी तिम्रो कसैको लागी पनि फेरी फर्केर आउने छैन सन्जिब ।
उस्ले कुम थमथमाउदै मेरो माया लाई छोड्दै थि अनि जाँदै थि । धेरै टाडा । फर्केर हेरेकी पनि थिइन । १६ १७ बर्ष कि हुँदा मेरा यही हात थाम्न का लागी थाहा छैन कती कलेज का क्लास हरु छोड्थी उस्ले । म जस्को लागी हतार हतार भेट्न जान्थे उ यसै मेरो जिबन बाट टाडा जादै थियो ।
अर्को हप्ता को बिनोद को बिहे मा गाउने बजाउने को काम मेरो र मेरा साथीहरु को थियो हप्ता दिन त्यही पुराना याद सँगै प्राक्टिस सकियो ।
आज बिहे छ म स्टेज मा इन्स्ट्रुमेन्ट रेडी गर्दै थिएँ । पछाडी बाट आवाज आयो - आज कुन गीत गाउने सन्जिब ?
म पछाढि फर्केर हेरे त मलाई बिस्वास लागेन । त्यो मुहार मेरो अघि थियो जुन म कहिल्ले भुल्न सक्दिन थिए, त्यो मुहार जुन मेरा आँखा मा दिन मा हजार पटक नाच्ने गर्थ्यो । मेरो अगाडी सिमा थि ।
म जवाफ फर्काउदै थिए यतिकै मा कोही पछाडी बाट बोल्यो - हे सिमा , हाउ आर यु ? एक्लै आएकी ? भेना आउनु भएन ?
एकछिन लाई मलाई आफ्नो कान को सुनाइ मा बिश्वास लागेको थिएन । सिमा ले बिहे गरी ?
कपाल लामो भएको थियो । ज्यान केहि मोटो । नयाँ चमक नयाँ आकर्षण । उ आफै मा एकदम राम्री देखिन्थी । रातो रङ को सारी कालो रङ को ब्लौज हात भरि चुरा अनि फरक अन्दाज को कपाल। धेरै फरक भएछ ५ बर्ष मा । केबल एउटै कुरा समान थिए त्यो हो नसालु आंखा । जहाँ म आफ्नो सारा सन्सार देख्ने गर्थे ।
- सन्चै छौ सन्जिब - उस्ले सोधी ।
- बाँचिरहेछु - यसै नि ५ बर्ष मा धेरै कुरा मरिसक्छ मैले हल्का हासो मा जवाफ दिएर फर्किएर म आफ्नो रेकर्डिङ सेन्टर आए । मनमा धेरै बेर त्यही कुरा खेल्दै थियो - बिहे गरी उस्ले? कती सजिलै?
बाहिर ढोका मा कोही आयो । म हतपत आफ्नो आँशु पुछ्दै ढोका खोले ।
- भित्र आउन सक्छु ?
- सिमा , यहाँ कसरी आएउ ?
- "डबल-एस म्युजिक सेन्टर" को ठेगाना थाह पाउन खासै गाह्रो छैन , यो शहर मा निकै ठुलो नाम कमाएका छौ तिमी ले - उस्ले भनि ।
- के भन्न चाहन्चौ ? कि तिमी लाई सबै थाहा छ ? बिहे मा आएकी हौ बिहे मा रमाइलो गर मलाई भेट्नु पर्दैन म सँग बोल्नु पर्दैन । म झर्किएँ ।
- तिमी लाई कस्ले भन्यो कि म बिहे मा आएको सन्जिब ? ५ बर्ष पछी आएको छु यहाँ लामो बिदा लिएर । उस्ले भनि ।
(उस्को कुरा मैले केहि बुझेको थिइन । मेरा आखा ले मात्र आशु खसाईरहेथे । )
- जती सुकै छुट्टी होस रमाइलो गर मसँग बोल्नु पर्दैन ,
म बाहिर जादै थिए सिमा ले मलाई रोक्दै भनि - तिम्रो कार्ड लैजादै छु । फोन गर्छु ।
म घर मा आएर बेड मा पल्टिदै थिए । आखिर फेरी किन आइ मेरो जिबन मा सिमा ? बिहे गरिसकी छे । फेरी ५ बर्ष पछी मेरो जिबन मा फेरी किन । मैले ५ बर्ष कती पिडा ले बिताए मलाई मात्र थाहा छ । दिन भर उस्को फोटो हेरेर टोलाउदै बित्ने गर्थे दिन । अनि हरेक पुराना मेसेज पढेर रात हरू बित्थे । पढाई छोडें, खाना छोडें । कारीब २ बर्ष लाग्यो मलाई सम्हालिन अनि म्युजिक सेन्टर खोले । तर पनि परिवार को ति सब कर हुँदा हुँदै पनि म बिहे गर्न सकिन । कही कतै सिमा को माया मेरो मन देखी मरेको थिएन । उस्ले भने कती सजिलै छोडेर गै कती सजिलै बिहे गरी ।
फोन मा घन्टी बज्यो ।
हेलो
सन्जिब मलाई त्यही कलेज छेउ को चौर मा भेट्न आउन सक्छौ ?
फोन काटियो ।
सिमा थि ।
म बिना केहि नसोची दराज बाट झोला लिएर चौर तिर लागे ।
सिमा त्यही थि जहाँबाट ५ बर्ष अगि मलाई छोडेर गएकी थि ।
सिमा को केहि पर उभिएँ म ।
मलाई देखे साथ उस्ले भनि - सन्जिब म यही छु जहाँ मैले तिमीलाई छोडेर गएको थिए । म फेरी यही ठाउँ मा छु । म चाहन्छु कि फेरी हाम्रो त्यही जिबन सुरु होस । म चाहन्छु कि फेरी मलाई मेरो बादर ले माया गरोस ।
उस्को कुरा सुनेर मलाई घिन आयो ।
बिवाहित केटी फेरी कती सजिलै भन्दै थि मलाई अपनाउ । त्यही केटी त्यही ठाउ ५ बर्ष पछी ।
मैले मेरो झोला देखी उस्ले दिएका सबै सामान उ तिर फाल्दै भने - ला तेरो फोटो , ला तेरो हरेक चिठीहरु हरेक गिफ्टहरु । आज देखी त्यो अनुहार मेरो अगाडी नदेखा ।
म फर्किदै थिए सिमा ले भनि - कसरी सम्झाऊँ सन्जिब तिमीलाई म बिबश थिए । म बाध्य थिए कि मेरो पढाई सकिदै बित्तिकै काठमाडौं जानु पर्थ्यो । बाबा ले मेरो बिहे अरु कोही सँग फिक्स गर्नु भएको रहेछ । जुन दिन तिमी सँग भेट्न आए त्यो दिन म आफै ले आफ्नो बिहे को कार्ड पाएको थिए । म कसरी सम्झाउन सक्थे कि जुन कुरा मेरो आफ्नै दिमाग ले सम्झेको थिएन । काठमाडौं गएको २ महिना मा मेरो बिहे प्रशान्त सँग भयो । करिब ४ महिना नबित्दै प्रशान्त को टाउको मा समस्या देखियो । त्यस्को ६ महिना नबित्दै उ कहिल्यै नफर्किने गरी मलाई छोडेर गयो । बिस्तारै घर मा सासु ससुरा ले नि पनि मै बोक्सी ले गर्दा हाम्रो छोरो मर्यो भन्दै दिनहु गाली गर्न थाल्नु भो । म बाध्य भएर माइती मा बस्न थाले । त्यस पछी कयौ पटक तिमी लाई फोन गर्न सोच न आएको होईन तर मेरो हात ले तिम्रो नम्बर हान्न सकेन । बिनोद सँग तिम्रो बारेमा सधै सोधिरहन्थे । माया त निकै थियो सन्जिब तर म आफ्नो परिवार को अगि बिबश थिए । जे गरे त्यो मेरो रहर थिएन । आज त्यसैले होला एकदम एक्लो छु सारै एक्लो । सिमा रुदै घुडा टेकेर चौर मा बसी ।
म उस्को कुरा सुन्दै आँशु झार्दै थिए । आखिर म पनि त कस्को लागी बसेको थिए यतिका ५ बर्ष ? सिमा को लागी माया नहुदो हो त पहिल्यै बिहे गरेर घरजम भैसक्ने थियो होला । आखिर म पनि त एक्लो थिए । हरेक दिन हरेक पल मेरा आँखा ले नि सिमा लाई नै खोज्थे यि ५ बर्ष मा ।
मेरो अगाडी सिमा थि , जसलाई मैले कारीब ७ बर्ष अगि भेटेको थिए । माया त त्यतिबेला नै बसेको थियो जब उ निलो प्यान्ट माथी पहेलो कुर्था लगाएर गाडी बाट झरेकी थि । म चोक मा बस्दै थिए , लामो कपाल पछाडी बानेकी त्यस मा अलिकती कपाल कान देखी गाला हुँदै घुमेर घाटी सम्म झरेको थियो । यस्ती सुन्दर देखिन्थी कि साना दुइ बच्चाहरु छत देखी कौतुहलता को नजर ले बाटो चिहाइ रहेका छन ।
फेरी आज मेरो मन ले सिमा लाई त्यही दिन कि सिमा को रुप मा स्विकार गरेको छ ।
म हात समाइ उस्लाई अङ्गालो मा बेर्दै छु । उ झन झन कसिँदै आफ्ना सारा आँशु बहाउँदै छे । फेरी त्यही ठाउँ मा हाम्रो पुन: माया बसेको छ ।
चुरोट पिउनु हुन्छ ? 
एउटा कम पिउनुस १५ रुपे कुनै एक माग्ने लाई दिनुस । 
बिएर पिउनु हुन्छ ? 
३०० रुपे को एउटा किताब कुनै एक बच्चा लाई दिनुस । 
आधा जिउ ढाकिने कपडा लगाउनु हुन्छ ? 
पुरा कपडा को बाकी भाग कुनै एक असहाय लाई दिनुस ।
साथी भाइ गेट टुगेदर हुन्छ थुप्रै पैसा आँखा चिम्लेर उडाइदिनु हुन्छ
आँखा खोलेर खर्च गर्नुस , मात्र १०% भाग बृधाश्रम मा दिनुस ।
मन्दिर मा दिने दक्षिणा र दुध
मन्दिर बाहिर माग्दै बस्ने भिक्षु र साना साना नानी बाबु लाई दिनुस ।
डाक्टर हुनुहुन्छ , प्राइभेट क्लिनिक बाट हुने खाने लाई महँगो चार्ज असुल्नुस
कोही गरीबको फ्री मा उपचार गरिदिनुस ।
हरेक मानिस हजुरहरु को वरिपरी आउनेछन
सबै लाई माया को नजर ले हेर्नुस ।
सहयोग गर्नुस सहयोग लिनुस ।
सच्चिकै जिबन कती खुशी ले बित्ने छ ।
हरेक ब्यक्तीको थ्यान्क यु र आशिर्बाद ले ।
 
एकादेश मा एउटा सिँह थियो । सिँह जंगल को राजा थियो । तर यो कहानी कुनै सिँह को होईन । यो कहानी हो मेरो । जस्को सन्सार मा म आफै राजा हुँ । किन म जे सोच्छु त्यो अरु ले बुझ्न सक्दैनन । म जे गर्छु त्यो कसैलाई सायद मन नपर्ला तर म जे छु सो छु यसमा कसैको दुइ मत छैन ।
५-५ को ज्यान , चार चौडाइ को छाती अनि ढाड सम्म लर्केको कपाल , त्यस माथी झुस्स दारी अनि वोठ माथी को जुङ्गा । अनुहार गोरो छ तर सुन्दा अनौठो लाग्ला - दुनिया ले मलाई गुन्डा सोच्छ ।
बिहान उठेर म सबै भन्दा पहिले आफ्नो कपाल मिलाउने गर्छु । १ जोर जुत्ता भिरेर एउटा टिसर्ट अनि पाइन्ट सिउरेर मेरो यात्रा सुरु हुन्छ । कहाँ जान्छु के गर्छु अँह मेरो दिमाग मा कहिल्यै आउँदैन । किन कि म राजा हुँ आफ्नो दुनिया को मलाई केहि प्रवाह छैन । लखर लखर हिड्दै चोक मा पुग्छु ।
बाटो मा हिड्दा मेरो मुख देखी थरि थरि का मनिस का लागी थरि थरि का बोली निस्कन्चन ।
आफु देखि ठुला देखे- ए दाइ के छ हो खबर ?
जब कुनै बयस्क देखिन्छ , दुइ हात जोडेर नमस्कार गर्न पनि पछी पर्दिन ।
कस्लाई कस्तो सम्मान दिनु पर्छ यो ज्यान ले मनन गरेकै कुरा हो ।
पहिलो चोक मा २ ४ जना आफ्ना उमेर का केटा हरु लाई २ ४ कुरा सुनाएर फेरी लाग्छु अर्को चोक तिर ।
मान्छे राम्रो हुन कि कला चाहिन्छ कि गला चाहिन्छ रे । कला को त के नै कुरो गर्नु आज सम्म म आफु लाई थाहा छैन कि मेरो खुबिलिटी कुन कुरा मा छ । गला को कुरो गर्नु हुन्छ भने यती ठाडो छ कि गाँउ का केटाकेटी घर मा बाउ आमा ले भनेको टेरेनन भने मेरै नाम लिएर भन्छन होला - " सुत छोरा सुत नत्र फलानो आउछ । "
अर्को चोक मा पुगेर बिहान को एक कप तातो चिया पिउने बानी जो परी सकेछ ।
लर्केको कपाल लाई मुठो पारेर बानेर एकाएक चिया पिउछु अनि सर सर्ती बाटो मा आउने सयौ मानिस को मुहार नियाल्छु । आखिर मेरो मन मिल्ने चै हो को ? आफै ले आफै लाई प्रश्न गर्छु । तर आज सम्म न कही जवाफ भेटे न कोही मन मिल्ने नै ।
बिहान को १२ बज्छ । अनि पेट ले आहार माग्न थाल्छ । फेरी लखर लखर अर्को चोक हुँदै घर फर्कन्छु । भन्छन माया मा खान पर्दैन । सुत्न पर्दैन । खोइ आफ्नो त न माया बस्यो न निन्द्रा ले छोड्यो । एक थाल भात खाएर दिन भर सुत्ने जो बानी बस्या छ ।
फेरी उठेर कपाल मुसार्छु अनि मुख धोएर चोक तिर लाग्छु ।
मेरो दुनिया ले पछाडी के कुरा गर्छ थाहाछैन । तर मेरो अगाडी कसैले नराम्रो भन्न सक्दैन । आखिर हो त म आफ्नो दुनिया को राजा ।
लत्रेको पाइन्ट खुकुलो टि सर्ट अनि कपाल गुजुल्टो पारेर हिड्दा जो कोही सोच्ने गर्ला - यो गुन्डा यो ट्यापे दिन भर गांउ डुल्छ । गाँजा खाएर चोक मा टोलाएर बस्छ । तर सोच्ने ले जे सोचोस मलाई प्रवाह छैन । किनकी म हो राजा आफ्नो दुनिया को राजा । कुनै बेला ४ टुक्रा गुड्का को टुक्रा ले २ घन्टा धान बारी मा सुताको यो राजा लाई थाहा छ । सायद त्यस दिन पछी कुनै नसालु चिज यो मुख मा पर्या छैन ।
जब दिन मा चार पटक एता उता गर्छु तब सोच्लान दुनिया ले कस्तो खाल को मान्छे हो के गर्छ यस्ले कसरी जिन्दगी बिताउला । ठिकै हो मलाई त कहिल्यै भोली को सोच आएन आखिर जिन्दगी के नै होर २ दिन को खेल आज बिहान भोली रात पर्सी त आखिर जानु नै छ । मेरो सोच यो छ - जती बसिन्छ राजा भएर बाँचु आफ्नै दुनिया को राजा ।
आज प्रसँग आयो म दिनहु झै आफ्नो काम मा लाग्दै थिए । एक बयस्क मानिस ले सोधे - "बाबु तिमी सधै यसरि नै गाउ डुलिरहेको देख्छु , केहि काम गर्दैनौ र ? पढाइ छैन र ?
उहाँ को प्रश्न ले मलाई एकाएक हाँसो उठ्यो । अनि जवाफ दिएँ - काका मैले ऐले पढदिन ब्याचेलर सकेको १ बर्ष भो ।
एकछिन मुख खुल्लै राखेर बुडा टोलाए अनि जवाफ आयो - " ए होर मैले त तिमी सधै डुलिरहने पढाइ काम केहि छैन जस्तो सोचेको । एत्रो पढिसकेको रहेछौ फेरी किन यस्तो छौ ? प्रतिप्रश्न आयो ।
मलाई यो प्रश्न को जवाफ दिनु मन लागेन आखिर हु त म राजा । हाँस्दै बाटो लागे ।
आखिर म को हु कस्तो छु म आफै लाई थाहा छैन । चाहना यो छ जस्तो छु आफ्नो लागी ठीक छु बाँकी दुनिया मेरो जिबन को हिस्सा होईनन । धेरै पढेर टाइ सुट लगाएर टन्न पैसा कमाउने नि देखेको छु । जो आफु लाई सन्सार कै सबै भन्दा माथी पुगेको भान हुदो हो । तर कुनै एक माग्ने देख्दा मुन्टो बटारेर हिड्छ । हरेक असहाय लाई सकेको हेल्प गर्ने यो राजा ले अठोट लिएको छ । र म ति सब पैसा हुने राजा हरु भन्दा ठीक गर्दै छु । सर्टिफिकेट मा ८०% ल्याएर ब्यबहार मा औकात नाप्दै हिंड्ने भन्दा सेकेन्ड डिभिजन ल्याउने यो राजा ठीक छ । जिबन मा शिक्षा पाउने धेरै छन । तर ति सब लाई यो राजा ले ज्ञान भाको बुध्दी नभाको क्यटेगोरी मा राख्छ ।
म पनि सायद पढेर जागिर खाएको भए त्यस्तै बन्ने थिए कि ?
कुरा धेरै अगि को हो । जब मैले पहिलो पटक उनिलाई देखे । बिहानी को दुबो माथी को सित को थोपा या पारी क्षितिज मा डुब्दै गरेको घाम ले बनाएको पहेलो आकाश ।उस्को बर्णन जती गरेनी नपुग्ला । हुन पनि हो यो राजा ले कुनै जस्तो तस्तो मन पराउदैन । आज सम्म कुनै पर स्त्री लाई देख्दा यस्तो फिल आएन जब उस्लाई देखे - आँखा को बाटो हुँदै मुटु मा ढ्याङ्रो बज्यो - " हो केटा यही हो तेरो रानि ।
जिबन मा कहिल्यै कुनै केटी सँग कसरी बोल्नु पर्छ मलाई थाहा थिएन । अब म मेरी रानी संग कसरी बोल्ने यही समस्या थियो । उस्को घर यही ठाउँ मा हो जहाँ म आज सम्म नि चिया पिउदै छु । हेर्छु , उनि आउने कौसी को बाटो । भिजेको कपाल लाई टावेल ले झड्काउदै नसालु आँखा ले वरिपरी चिहाउथिन । म एकोहोरो टोलाई बस्थे केबल उनिलाई हेर्दै कती बेला चिया सेलाउथ्यो पत्तो हुन्थेन । हरेक दिन मेरो बास त्यही चिया पसल मा बित्न थाल्यो । कहिले मुहार देखी नै हाल्थे कहिले निरास भइ फर्किन्थे । करीब २ महिना को देखाइ हेराइ पछी हिम्मत गरेर उस्लाई फेसबुक मा रिकुएस्ट पठाए । कन्फर्म पनि भयो । फेरी दुभिदा पर्‍यो आखिर बोल्नु त बोल्नु कसरी । अर्को एक महिना को अन्तराल मा बोलचाल सुरु भो एक भर्चुअल दुनिया मा ।
- हाइ
- हेल्लो
- (सिधै सोधे) मलाई चिनेको छौ ?
- अँ तपाइ त्यही चिया पसल मा बसिराख्नु हुन्छ हैन ?
(आखिर मलाई नि याद त गरेकी रहेछ । )
-अँ हो म तिमीलाई मन पराउछु त्यही भएर हेरेको मैले सिधा भन्दिए । उता देखी केहि रेस्पोन्स आएन ।
आखिर गरे त आफ्नो मन को कुरो । मन त पर्छ फेरी किन घुमाइ फिराइ कुरो गर्नु । जिन्दगी मा केटि संग पहिलो भेट अनि बोलाई नै त्यही थियो किन घुमाइ फिराइ कुरो गर्नु ? यसै नि यो राजा लाई कुरो घुमाएर भन्न आउँदैन ।
- करीब हप्ता दिन मा जवाफ आयो - मैले यस बारेमा सोच्या छैन हामी असल साथी बन्न सक्चौ ।
यसरि हामी २ अन्जान को फ्रेन्शिप भयो ।
उनी मलाई यसै मन परेकी । उस्लाई पनि मेरो खुला मन बिस्तारै मन पर्न थालेछ । मेरो कुरा नलुकाइ भन्ने बानी अनि सबै लाई सहयोग गर्ने बानी ले उस्लाई म मन परेको रे उसैले पछी सुनाइ ।
माया को फुल फुल्थ्यो होला म राजा उनि रानी बन्थिन होली , तर माया बस्न नपाउदै उस्को घर मा बिहे को कुरो चल्यो । उस्ले अस्विकार गर्दा गर्दै पनि बिहे गराइयो ।
आखिर साथी र जिबनसाथी मा फरक यही छ । उनि फुल हुन , मन परेको फुल जिबनसाथी ले लग्यो चुडेर आफ्नो जिबन सजाउन । साथी त्यही चुडेको फुल को ठाँठ मा आशु को पानी हाल्दै छ कतै नओइलावोस ।
अझै पनि दुख बेदना पोख्ने गर्छनि । म सुन्ने गर्छु । उनको जिबन मा साथी बनेर ।
जिबन यसरि नै बित्दै छ । बिहान उठेर उस्को घर अगाडी को चोक मा चिया पिउदै फर्किदै ।
हरेक दिन हरेक साँझ । उनलाई फेरी त्यही उस्को घर को कौसी मा देख्ने प्रतिक्षा मा । तर छिन त उनि धेरै टाढा सात समुन्द्र पारी । यहाँ म एक्लै बस्दै छु उनिलाई सम्झेर । आफ्नो दुनिया को राजा बनेर ।
पोखरा युनिभर्सिटी
एक खुल्ला किताब्, जहाँ कोही किताब बोक्दै रटेर पड्ने त कोही दिन भर कलेज हापेर बस्ने कोही छहारी मुनी अङ्गालो मारेर माया प्रिती गाँस्ने ।
अनी यही भिड मा म ।
करिब पौने एघार बजे कलेज को गेट बाट भित्र छिर्दै थिए । कि मलाई एक फिलिङ आयो - "कि मेरो माया बस्दै छ ।" कही कतै बाट माया को हावा आउँदै थियो । सेतो टिसर्ट लगाएको थिए अनि कालो पाइन्ट । अचानक हिँडाइ मा यती कन्फिडेन्स आयो कि लाग्दै थियो यो कलेज दरबार हो अनि म यो दरबार को राजा ।
फूट्बल को राजा त म पहिल्यै देखी थिए । ३ बर्ष देखी आखिर कप मेरै कप्तानी मा जितेको थिए । क्याप्टेन थिए अनि राइट विङ्गर । मेरो पास मा फिनिशर थियो बिबेक । पछाडि बिदुर को डिफेन्स मा कुनै बल पोस्ट मा छिर्ने कुनै चान्स थिएन । हामी तीन हाम्रो टिम को जोश थियो । "वि विल राइज; वि हाएब चितवन गाइज " टिम को नारा नै थियो ।
यो त भयो फूट्बल को राजा जहाँ सम्म माया को कुरा छ आउँदा आउँदै भागवान को इशारा पाइसकेको थिए । मोबाइल को गित पनि बझ्दै थियो । " इज दिस लब "
अगाडी बाट जुनिअर भाई मणि आउँदै थियो । भन्यो दाइ १० दिन मा मेरो बिहे छ । आउनु होला । मैले भने मणि तेरो भयो मेरो कहिले होला ? उस्ले हाँस्दै भन्यो दाइ यती ह्यन्ड्सम हुनुहुन्छ भैहाल्छ नि ।फ्रेशर को नयाँ हरियाली आइराको छ । कुनै एक न एक त तपाइ सँग स्योर । मैले भने त्यसो भए ४ बजे ति सब हरियाली लाई क्यान्टिन मा बोलाउ । हामी पनि हेरु कत्ती को हरियाली छ कि खडेरी लग्या मरुभुमी । नयाँ भाई बैनी लाई मेरो केहि ज्ञान का शिक्षा पनि बाँडु ।
४ बजेर १५ मिनेट मा केहि विद्यार्थी क्यन्टिन मा हस्याङ फस्याङ गर्दै आए । मैले चार तिर आखा डुलाउदै हेरे । केटा बढि छन केटी कम । अरे के नेपाल मा केटी यती थोरै छन र ? हे भागवान यस्तो पिडा ?
मणि बोल्यो - दाइ र्यागिङ्ग को लागी त बोलाउनु भयो अब यिनिहरु को चिया को पैसा कस्ले दिन्छ ?
म जुरुक्क उठे - ल अब सब ले पैसा उठाउ । फ्रेशरहरु ले सब ५ - १० को नोट निकाल्न थाले ।
मैले भने - अरे माग्ने लाई दिने होईन चिया को पैसा उठाउ भन्दै छु ।
त्यही बेला पछाडी बाट आवाज आयो - सुन्नुस सर यो ठीक होईन । फेरी अर्की ले भनि - हामी तपाइहरु को पाहुना हौ । चिया त तपाइ ले खुवाउनु पर्छ ।
कती चल्छ नि यो सुन्दर केटी हरु को मुख । किच किच किच किच ।
र्याग्गिङ्ग के भयो फोकट को घाटा मात्र । अनि साथ साथै फोकट मा अरु २ केटी लाई आफ्नो मन बुझाएर आए ।क्यन्टिन मा ति पछाडी बाट बोल्ने २ केटी को आवाज मेरो मन मा बसेको थियो । "सजिना" अनि "निता"
समाज सेवामा बिश्वास राख्छु । मेरो लागी सबै केटी बाराबर । मान्छे स्वार्थीपनमा डुब्दै थिए तर म मेरो मन यही अडान मा अडेको थियो । कि सबै मेरा लागी बाराबर । आखिर मन नै त हो मेरो समाजसेबी ।
हामी सिता अन्टी को पसल मा टेबल बजाउदै खुब गित गाउने गर्छौ । "यो मन ले तिमी लाई नै रोजेको छ बिन्ती अरु लाई नसोच । आखिर धेरै लाई नै सही माया त माया नै हो । हाम्रो मन को हरेक भल्ब मा माया भरिएको थियो । हरेक धड्कन मा माया । माया कहिले लाईब्रेरी मा बस्थ्यो त कहिले नर्सिङ्ग को विल्डिङ्ग मा त कहिले पल्लो घर को अन्टी को घर मा । त कहिले बाटो हिंड्ने हरेक सुन्दरी हरु को चाल मा । हुन पनि किन नहोस आखिर लेखेको कहाँ छ ? कि एक पटक मा केबल एक जना लाई मात्र माया गर्नु पर्छ भनेर ? त्यसै नि म मात्र एक रिलेसन को लागी त बनेकै होईन ।
आउने शनिबार फूट्बल को फाइनल छ । फूट्बल को माया त छँदै छ । सँग सँगै अरु २ माया जोडियो मेरो यो मन को । गाडि २ चलाउने एक । पिडा छ हजुर पिडा साह्रै पिडा ।
२ जना एकदम अलग अलग छन । लाग्छ २ छुट्टै सन्सार बाट आएका थिए । सजिना कोमल परी थि कि लाग्थ्यो गुलाब को कोपिला फक्रिदै छ । न धेरै सँग बोल्थी न अरु अझै ठुलो ठुलो स्वोर ले हाँस्थी । यती राम्री थि कि लाग्थ्यो हात लगाउदा नि दाग लाग्छ । अनि निता त्यस्को ठीक उल्टो । पुरै बिन्दास । कहिल्यै थाहा हुन्थेन कि कहिले केटाहरु सँग फूट्बल खेल्न पुग्थी त कहिले कलेज को पर्खाल नाघेर ढावा मा मस्त चिया पिउदै हुन्थी । त कहिले पावर हाउस को मन्दिप सिनेमा हल को लास्ट सिट मा बसेर फिल्म हेर्दै हुन्थी ।
२ एक अर्का सँग यती फरक तर पनि म २ जना कै नजिक हुँदै जादै थिए । लग्थ्यो मेरो मन देब्रे अनि दाहिने दुबै तिर धडकिदै छ ।
२ सुन्दरी अनि मेरो माया बिस्तारि बढ्दै गयो । बाँकी सब केटी भुलेर मेरो मन को टेलिस्कोप यि २ चन्द्रमा तिर आकर्शित थियो । कुरा यो थियो कि अब मलाई यि २ चन्द्रमा हरु लाई एकदम राम्रो सँग माया ले सजाउनु थियो । एउटी चन्द्रमा लाईब्रेरी मा किताब पड्दै हुन्थी त अर्की क्याफे मा कफी पिउदै । एक सँग बिहान लाईब्रेरी मा भेट्नु पर्थ्यो अनि अर्की सँग बेलुका चोक मा । पिडा थियो एकै चोटी दुबै सँग भेट्नु पनि नमिल्ने ।
२ तिर डबल लब स्टोरी मजाले चल्दै थियो । तर पनि साथी हरु ले भन्थे मेरो घाँटी काटिने पक्का छ । भन्ने गर्थे २ जना ले २ तिर बाट उचालेर बेगनास ताल मा डुबाउने छन । डर त थिएन आखिर म पनी माया मा पि एच डि गरेको मान्छे ।
उनिहरू थप्थे - तेरो जिन्दगी को त त्यस्तै हो फूट्बल को फाइनल सोच । तँलाई थाहा छ सुमित मोटे को टिम अहिले कती राम्रो खेल्छ । बिदुर रिसाउदै थियो ।
अरे ज्यान ठुलो हुँदैमा फूट्बल राम्रो खेल्ने भए आज सम्म सधै जित्थ्यो । आज सम्म यो सन्जिब कुनै कुरा मा हारेको छैन । फूट्बल मा पनि अनि माया मा पनि । धेरै चिन्ता नगर केटा हो अहिले मलाई २ २ ओटा डेटिङ मा जानु छ । कप हाम्रै हो । म निस्किएँ ।
मेरा २ साथी लाई पक्का थाहा थियो कि मेरो यो २ ओटा माया को सुनामी जुन सुकै बेला आउन सक्थ्यो । तर सुनामी आउनु पहिला नै मेरो कहानी ले अर्कै रुप लिसकेको थियो ।
बिहिबार को दिन थियो । मैले प्रेम गीत फिल्म को ४ ओटा टिकट लिएको थिए । एउट १२ बजेको सजिना र मेरो लागी अर्को बेल्का ९ बजे को निता र मेरो लागी ।
सजिना त्यो दिन एकदम राम्री देखिएकी थि ।कालो कुर्था सलवार थियो अनि हल्का पारदर्शी सल । कपाल खुलेको थियो । अनि निधार मा जिउँदै मार्ने कालो टिका । म फिल्म कम उस्लाई बडी हेर्दै थिए । १२ बजे को सो सकेपछी सजिना ले भनि - मलाई थाहा छ हजुर मलाई मन पराउनु हुन्छ अनि म हजुर लाई । अब मेरो घर मा मेरो बाबा सँग मेरो हात माग्न आउनु ।
मैले भने ओके । म मेरो हुने वाला ससुरा सँग मेरी सजिना को हात त के पुरा ज्यान नै दिनुस भनेर माग्छु ।
अरे म सोच्दै थिए । डबल माया मा डबल पिटाइ खाइन्छ । तर यहाँ त सोचेको भन्दा उल्टो हुँदै थियो ।
फेरी त्यही दिन बेलुका ९ बजेको सो मा निता सँग फेरी त्यही नेपाली फिल्म प्रेम गित हेर्दै थिए । फेरी पनि फिल्म पछी निता ले भनि - हजुर मलाई कहिल्यै आइ लब यु भन्नु हुन्न ।
मैले भने अरे नितु म माया गर्छु तिमीलाई । यो मन ले तिमी लाई सबै भन्दा बडी माया गर्छ । आइ लब यु ।
माया गर्छु रे मेरो घर मा मलाई माग्न आउन सक्नु हुन्छ ? उस्ले घुर्काउदै बोलि ।
तिमि त के म तिम्रो बा संग तिम्रो आमा कै हात माग्न सक्छु। म जिस्किदै थिएँ।
त्यसो भए पर्सी मेरो बाबा सँग बिहे को कुरा गर्न आउनु ।
निता लाई घर छोडेर म आफ्नो कोठा तिर लागे । सुनामी आउने सोच्दै थिए आखिर यहाँ त ठीक उल्टो हुँदै छ । एक पछी एक बिहे को प्रस्ताब ।
पहिलो पटक निता लाई फिल्म हेर्द रोएको देखेको थिए । यस्ती हावा केटी पनि रुने । सोचेको थिइन कि यस्ती केटी को मन पनि कमलो हुने रहेछ ।
भोली पल्ट गेम थियो म प्राक्टिस को लागी ग्राउन्ड मा थिए । निता आइपुगी । सन्जिब भोली मेरो बाबा आउँदै हुनुहुन्छ । के हजुर मसँग एकछिन बोल्न सक्नु हुन्छ ? केहि कुरा गर्नु छ ।
मैले भने निता यो सब कुरा सब को अगाडी नगर देखेनौ म गेम खेल्दै छु । ऐले जाउ पछी कुरा गरौला ।
मेरो कुराले उ अलि स्याड भएको झै गरी अनि केहि नबोली फर्की ।
भोली को फाइनल को लागी तयारी गर्नु नै थियो । दिनभर त्यही २ कुरा ले मन धुरमुर थियो । फेरी निता सँग को चर्को बोली ।
दिन बित्यो । भोलीको दिन आयो ।
आज फाइनल थियो । म अनि मेरो टिम ग्राउन्ड मा थियौ । उता बाट सुमित को टिम आइपुग्यो । नारा लगाउँदै । म हेर्ने वाला थिइन । जती नै चुरी फुरी दिए नि ३ बर्ष देखी कप हाम्रो नाम मै आएको थियो आज पनि जित पक्का थियो ।
यतिकै मा बिबेक ले करायो - त्याँ हेर त ।
मैले बोले हेर्दिन, आम्ने साम्ने मैदान मै हुन्छ एकैचोटी ।
एक पटक हेर न ।
मैले हेरे । आँखा खुल्ला का खुल्ला भो । बिपक्ष टिम को झन्डा बोक्दै निता थि । साइड मा सजिना चिच्याउदै थि - "सुमित हाइ हाइ अरु सबै बाइ बाइ "
गेम सुरु भो । दिमाग मा पहिले देखी का सब कुरा खेल्दै थिए । त्यो सब माया प्रेम । अनि प्रेम गित पछी को बिहे को कुरो । के हिजो त्यती कुरा मा रिसाएर निता ले पार्टी चेन्ज गरि ? फेरी सजिना लाई के भो उस्ले नि कसरी छोड्न सक्छे ।
गेम मा कती बेला ९० मिनेट पुग्यो थाहा भएन । खुट्टा मुनी बाट नै बल लगेर जाँदा नि केहि होस भएन । केबल २ अनुहार आँखा मा नचिरह्यो । पछी थाहा भयो २ गोल खाइएछ । ३ बर्ष देखी को लगातार को च्यम्पिएन आज आएर हार्यो । गेम मा पनि माया मा पनि ।
कप सँगै निता र सजिना मेरो अगाडी आए ।
के भो कलेज कै स्मार्ट अनि कहिल्यै हार्न नजान्ने मान्छे लाई ? अचम्म लाग्यो ? सजिना ले भनि म सुमित कि प्रेमिका । अनि निता ले भनि - म उस्की बेस्ट फ्रेन । सजिना ले थपि - के लाग्यो ? हामि माया मा यति सजिलै फस्छौँ? क्यान्टिन को दिन देखि हामि तिन जनाको प्लान थियो । कि तिम्रो यो जित्ने अनि फस्ट हुने सपना उडाउने र मेरो मायालाई च्याम्पियन बनाउने ।
दुबै मेरो आँखा बाट ओझेल परे । साथ साथै मन बाट नि ।
कुरा माया को छ त्यसैले मौन छु ।
कुरा बिश्वास को छ त्यसैले चुप छु ।
मैले भने माया गर्छु तिमीलाई
तिमीले भन्यौ - तिमी हावा । म जस्ता कतीलाई भन्यौ आज सम्म ?
नचलेको हावा ले पात हल्लाउँदैन तर पनि यहाँ फुकेर पात हल्लाउने को कमी देख्दिन म । मान्छे नै हुन भन्ने ले जती नै राम्रो गरेनी कहिल्यै राम्रो भन्दैन । जती नै राम्रो देखाएपनि देख्ने ले कहिल्यै राम्रो देख्दैन । आफ्नो मन को बिश्वास गर । मलाई कहिल्यै आफ्नो झुठो तारिफ गर्न आएन । न कसैको अगाडी देखावटी राम्रो बन्न । मान्छे आफ्नो गल्ती ले सिक्छ । म तिम्रा पुराना कुरा कोट्ट्याउन पनि चाहन्न । र तिमीलाई परिवर्तन गर्न पनि । तिमी जे छौ त्यसैमा मेरो माया छ अनि खुशी छ । खेल सम्झन्छौ त तिमी गलत छौ । किनकी यहाँ कुरा माया को छ । खेल्नु नै थियो त तिमी भन्दा हजार गुणा राम्रा मुहार बिक्छन बजार मा । पैसा मै जोबन साट्छन बजार मा ।
म साट्न चाहन्छु तिमी सँग मन । म बाँड्न चाहन्छु तिमी सँग मेरा हरेक कुरा । म रम्न चाहन्छु तिम्रो खुशी मा । म डुब्न चाहन्छु तिम्रो हरेक सपना को सन्सार मा ।
आइ लभ यु 
😚😚
फोन को घन्टी बज्छ ।
सुजन तिमी काठमाडौं आउने होईन भोली ? मेरो एउटा ब्याग ल्याईदेउ ल । फोन मा अनु थि ।
हँ ब्याग ?( सुजन आश्चर्य हुँदै सोध्छ । )
अँ ब्याग । मेरो घर मा जाउ अनि मेरो आमा सँग मागेर ल्याउ । म घर मा फोन गर्दिन्छु । अनु ले थोरै माया ले भन्छे ।
हेर अनु माया प्रेमा फोन भेट्घाट त ठिकै हो अब म घर मै गएर तिम्रो ब्याग लिएर आउनु ? सुजन बिन्ती को भाब बिसाउछ ।
अनु भन्छे - जाबो ब्याग ल्याउन सक्दैनौ मेरो लागी आखिर तिमी भोली काठमाडौं नै आउदै छौ । तिमी मलाई यती पनि माया गर्दैनौ है ?
ओके डियर । म यही छु तिम्रो घर तिरै भोली को लागी केहि सामान किन्न आएको । म तिम्रो घर जादै छु तिमी फोन गर्देउ । सुजन आफ्नो मायाको खातिर अनुको घर तिर लम्किन्छ ।
करिब ५ मिनेट मा सुजन अनु को घर पुग्छ । घरको ढोका को घन्टी बजाउछ । अनु को आमा ले ढोका खोल्छिन ।
अन्टी म अनु को साथी । त्यो ब्याग ....? अनु ले फोन गरी होलानि ?
अनु को आमा भन्छिन- ए अँ बाबु आउ भित्र । सुजन पछी पछी अनु को आमा को पछी लाग्छ ।
घर मा अनु को आमा अनि अनु को बहिनी थिए ।
अनु को आमा ले आफ्नि कान्छि छोरी लाई अनु को ब्याग ल्याउन भन्छिन अनि सुजन सँग कुरा गर्न थाल्छिन ।
बाबु अनु सँग पड्ने ?
सुजन - अँ अन्टी ।
अनी ब्याचेलर पनि संगै पडेको ?
सुजन - अँ अन्टी ।
बाबु को घर त त्यही बाइपास रोड मा हैन ?
सुजन - अँ अन्टी ।
बाबु त पहिले नि आइराख्थेउ हैन ?
सुजन - अँ अन्टी ।
सुजन मन मन ले सोच्छ - यो कुन पोलिस्टेसन मा फस्दै छु । ब्याग लिन आउँदा नि यतिका प्रश्न ? छोरी कै हात माग्ने कुरा गरेको भए त यिन्ले बिताउने थिइन ।
अनु कि बहिनी ब्याग लिएर बहिर आउछे ।
अनु कि आमा भन्छिन - ल बाबु यो अनु को ब्याग अनि यो अर्को ब्याग यस मा केहि खाने कुरा छन छोरी लाई दिनु तिमी ले खाएनी हुन्छ ।
सुजन ब्याग लिएर बाहिर निस्किन्छ ।
एक लामो सास फेर्छ । अनि सोच्छ । हे भागवान धन्न बचायौ ।
सुजन ले फेरी ब्याग पाएपछी अनु लाई फोन गर्छ ।
अनु ब्याग ल्याए ।
अनु भन्छे - सुजन प्लिज त्यो ब्याग चाही नखोल्नु ।
सुजन अचम्म मा पर्छ । अरे ब्याग पनि ल्याउनु छ फेरी उल्टो त्यस्लाई नखोल्ने धम्की ?
अनु लाई केहि डर को अनुभुती हुन्छ । अनि हतार मा एक बाहाना बनाउछे - तिमी लाई मेरो माया को कसम तिमी त्यो ब्याग खोल्ने छैनौ।
सुजन लाई रिस उठ्छ । तर पनि आफ्नो माया को लागी चुप बस्छ । अनु ले त्यो ब्याग खोलेउ भने म सँग कहिल्यै नबोल्नु भन्दै फोन राख्दिन्छे ।
एक केटा त्यो पनि २५ बर्ष को । आखिर माया को कसम ले के रोक्थ्यो ? चुप चाप सुजन घर पुग्छ । भोली को लागी प्याकिङ्ग गर्छ । प्याकिङ्ग गर्दा हरेक मिनेट सुजन को आँखा अनु को त्यो ब्याग मा गैइराख्थ्यो । आखिर छ के यस मा ?
धेरै बेर को धैर्यता पछी सुजन ले ब्याग खोली छाड्यो । ब्याग मा यस्तो चिज थियो कि सुजन हेरेको हेर्यै भयो ।
रिस ले चुर हुँदै सुजन ले अनु लाई फोन गर्छ ।
अनु... (रिस को चर्को स्वर मा सुजन बोल्छ )
अनु ले एक पल मै थाहा पाउछे कि सुजन ले ब्याग खोल्यो ।
तिमी लाई मैले पहिल्यै भनेको थिए कि त्यो ब्याग नहेर भनेर । आखिर हेरिछाडेउ हैन ? तिमीले मेरो माया को कसम लाई नि वास्ता गरेनौ हैन ?
अनु को पनि रिस को सिमा रहेन ।
सुजन झन चुर हुँदै बोल्छ - अनु म तँलाई माया गर्छु त्यस्को मत लब यो हैन कि म तेरो जुत्ता बोकेर काठमाडौं ल्याँउ ?
अनु भन्छे - के रे तैले मलाई तँ भनेको ? आखिर के नै गाह्रो काम गराएको थिए र ? एउटा जुत्ता नै त मगाएको थिए । मैले कुनै आकाश को तारा त झारेर ल्याउन भनेकी थिइन नि ।
एक पछी अर्को तिखा बाणी चार्किदै जान्छ । सुजन र अनु को झगडा ले उग्र रुप लिदै गएको थियो ।
भोली पल्ट ।
सुजन अनु लाई मेसेज गर्छ कि म ब्याग लिएर आउँदै छु । अनु को केहि रिप्लाई आउँदैन । २ ४ रोम्यान्टिक मेसेज गर्छ फेरी पनि केहि रेस्पोन्स आउँदैन । हार खाएर सुजन कल गर्छ तर पनि कुनै कल रिसिभ हुँदैन । माया मा अन्धो सुजन पानी मा भिजेको बिरालो झै आफ्नो २ ब्याग अनि अनु को २ ब्याग बोकेर बस पार्क पुग्छ ।
हरेक पटक छिन छिन मा अनु लाई कल गर्छ । तर पनि अनु ले सुजन को कुनै कल रिसिभ गर्दिन ।
चैत को अन्तिम । गर्मी निकै बढ्दो थियो । सुजन आफ्नो ४ ब्याग गन्दै आफ्नो सर्ट को माथी को टाँक खोल्दै बस पार्क को कुर्ची मा बस्छ । चार तिर नजर डुलाउछ । अनि फेरी ब्याग गन्छ - एक दुइ तीन चार । १५ मिनेट मा काठमाडौं को लागी छुट्ने बस आउँदै थियो । सुजन लाई आज काठमाडौं जानु एकदम जरुरी थियो । घर मा आमा बिरामी भएको ले केहि दिन लाई चितवन आएको सुजन भोली को परिक्षा को लागी आज जसरि पनि काठमाडौं पुग्नु जरुरी थियो । गर्मी ले आत्तिएको सुजन फेरी एक पटक ब्याग गन्छ एक दुइ तीन चार अनि पानी किन्न पसल पुग्छ ।
करीब १ मिनेट मा फर्केको सुजन को आँखा अब तिर्मिराउन थाल्यो । सुजन को आँखा अगि यही राखेको ब्याग मा जान्छ अनि गन्छ । एक दुइ तीन । फेरी गन्छ । एक दुइ तीन । ठाउँ को ठाउँ गायब भएको ब्याग ले सुजन को होस उड्छ । हतार मा ब्याग चेक गर्छ अनि टाउको समाउदै भन्छ - हे भगवान जे नहुनु थियो त्यही भयो । अनु को जुत्ता भएको ब्याग सुजन को अगाडी बाट गायब थियो ।
३ ब्याग बोकेर सुजन बस पार्क को ४ चक्कर लगाउछ तर पनि ब्याग कही कतै भेट्दैन ।
बस आउन अब जम्मा १० मिनेट थियो । सुजन आत्तिदै ब्याग खोज्दा नभेटेपछी नजिक को पुलिस बिट मा पुग्छ ।
सर.. सर.. सर.. मेरो ब्याग हरायो । हैन.. हैन.. मेरो ब्याग चोरी भो ?
पुलिस ले सुजन लाई तल देखी माथि सम्म हेर्छ अनि सोध्छ - हरायो कि चोरी भो ?
सुजन - चोरी भो ।
पुलिस्- ब्याग मा के थियो ?
सुजन - एउटा लेडिज जुत्ता ।
पुलिस आँखा तन्काउदै हेर्छ अनि सोध्छ ।खै तपाइ एक्लै हुनुहुन्छ ।लेडिज कहाँ छ तपाइ सँग ?
सुजन - हैन सर मेरो साथी को जुत्ता हो म उसँग काठमाडौं सँगै पड्छु । घर आएको बेला लग्दिन लागेको मात्र थिएँ यही बस पार्क मै हरायो ।
पुलिस ले अहिले नसक्ने पछी भेटियो भने खबर गर्ने कुरा सुनायो र सुजन को फोन न: राख्यो ।
एकछिन मा गाडी आयो । सुजन पुलिस को झिनो आस्वासन लिदै गाडी चडयो ।
केहि बेर मै अनु को फोन आयो ।
सुजन तिमी हिडेको ? मेरो ब्याग ल्यायौ नि ?
सुजन अन्कनाउँदै- अँ भन्छ । अनि एक सुस्केरा छोड्डै भन्छ - अनु मेरी माया । तिमी मलाई कती माया गर्छौ ?
अनु लाई यो प्रश्न केहि नौलो लागेपनी सुजन लाई भन्छे - म तिमी लाई त्यो मेरो इम्पोर्टेड जुत्ता भन्दा बडी माया गर्छु ।
सुजन - अनु मलाई जुत्ता सँग कम्पियर नगर न । ( केहि माया ले मस्किदै ) अनु तिमीलाई म अनि तिम्रो जुत्ता मध्य कुनै एक रोज्न परे के रोज्छौ ?
अनु- सुजन को फाल्टु गफ ले रिसाउदै - मलाई थाहा छैन । म कलन्की मा हुन्छु । बस बाट झरेपछी मलाई मेरो ब्याग दिनु ।
सुजन - अनु भनन मलाई अनि जुत्ता मा कुनै एक रोज्नु परे कुन रोज्छौ ?
अनु हार खाएर भन्छे - सुजन के कुरा गर्छौ तिमी जुत्ता आफ्नो ठाउँ मा छ तिमी आफ्नो ठाउँ मा ।
सुजन - लामो सास लिदै भन्छ कि - अनु म त आफ्नो ठाउँ मा छु तर जुत्ता ? जुत्ता आफ्नो ठाउँ मा छैन ।
अनु - हँ ?
सुजन - अनु जुत्ता बस पार्क मा हरायो ।
सुजन को बोली सकिन नपाउदै अनु ले सुजन लाई यती गाली दिइ कि सुजन ले आज सम्म यती भनाई कसैको मुख बाट सुनेको थिएन ।
अनु - तँ उल्लु , गधा , चोर , जाबो एउटा जुत्ता ठीक सँग सम्हाल्न नसक्ने मान्छे ले के माया गर्छु भन्छस मलाई ? अनु तिम्रो जिबन सम्हाल्ने मै हो भन्थिस तैले त मेरो एउटा जाबो जुत्ता पनि सम्हाल्न सकिनस । थाहा छ तँलाई कि त्यो कती महँगो जुत्ता थियो ? मलाई मेरो बाबा ले लन्डन बाट ल्याइदेको । मेरो जुत्ता पक्कै तैले चोरेको होलास । जुत्ता बेचेर नयाँ मोबाइल किनिस होलास ? कि तेरो अर्को गर्ल्फ्रेन छ ? त्यस्लाई मेरो जुत्ता ठिक भो अनि त्यसैलाई गिफ्ट दिस होला ? यस्तै यस्तै गाली सुन्दै सुजन काठमाडौं पुग्छ ।
सुजन ले अनु को गाली लाई माया नै सम्झन्थ्यो । सानो सानो कुरा मा रिसाइ राख्ने अनु को बानी सुजन लाई राम्रो सँग थाहा थियो ।
कलन्की मा बसबाट ओर्लिदै गर्दा सुजन ले अनुलाई देख्छ ।
मलाई थाहा थियो कि यो रिस होईन । अनु ले मलाई माया गर्छे । जुत्ता हराए पनि मलाई लिन यहाँ आइ ।
सोच्दै ; सुजन मुख भरि मुस्कान लिदै अनु को अगाडी पुग्छ ।
अनु एक्कासि भन्छे - साला चोर । मेरो अर्को ब्याग दे । फेरी यही पनि बेचेर खालास भनेर लिन आएकी ।
सुजन को मुख बाट बोली निस्कन सकेन । ४ बर्ष को माया आज एक ब्याग ले सकियो ? ?
मान्छे हरु माया गर्छु भन्दा धेरै को जुत्ता खान्थे । तर सुजन सायद पहिलो केटा होला जस्को माया जुत्ता ले खाएको थियो ।
एक कलेज मा पड्ने भए पनि सुजन को अनु सँग त्यस दिन देखी कुनै बोलचाल भएन ।
सुजन आफ्नो आँखा अगाडी आफ्नि प्रेमिका केबल एक जुत्ता को कारण रिसाएको धेरै दिन सहन सकेन । करीब एक महिना मा सुजन ले कलेज छोड्यो । त्यस्को कारीब ६ महिना मा अस्ट्रेलिया गयो ।
आज सम्म पनि सुजन अनु लाई उत्तिकै माया गर्छ । तर अनु ले उस्लाई आज सम्म पनि कुनै फोन, मेसेज, र च्याट को रिप्लाई दिएकी छैन ।
कहाँ होला त्यो ब्याग जसमा एक अमुल्य जुत्ता लुकेको थियो । जुन जुत्ता एक साचो माया भन्दा नि महँगो थियो ।
कहिले काँही त्यही बस पार्क को छेउ छाउ पुग्दा नजर डुलाउने गर्छु कतै यो सन्सार कै महँगो जुत्ता देखी पो हाल्छु कि ?
अँह । त्यो सौभाग्य आज सम्म पाएको छैन ।
आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है
उनकै नजिक जाउ उनि सँगै माया लाउँ
मन मा एक पुरानो नेपाली फिलिम को गीत गुन्जिरहेको थियो ।
म क्लास मा छु ।
थर्ड बेन्च मा । 
ज्यान मा एक अनौठो तरङ्ग थियो । मन मा एक अनौठो आभास अनि चनचल आँखा उसैलाई खोज्दै थिए ।
सेतो सर्ट , कालो पाइन्ट , सर्लक्क को ज्यान , अनि आँखा मा चस्मा , एक अलग अन्दाज मा जुत्ता को टक टक मा उस्ले अगि पछी गर्दा , उस्को पाइला र मेरो धड्कन को बेग एकै हुन्थ्यो ।
उ अरु कोही नभएर मेरो कलेज मा पढाउने टिचर थियो । २ महिना देखी अलपत्र रहेको कोर्स लाई लगाम दिन भर्खर मात्र दरबन्दी भएको ।
नयाँ टिचर ले कलेज सङसँगै मेरो मन मा पनि पसिसकेको थियो ।
उस्को बोलिमा म पागल थिए । उस्ले मेरो नाम लिँदा एक छुट्टै आनन्द को अनुभुती आउथ्यो ।
रोल न: वान ; टु ..
म कहिल्यै आफ्नो पालोमा बोल्ने गर्दिन । उस्ले दुइ पटक मेरो रोल न: भन्थ्यो अनि २ पटक मेरो नाम लिन्थ्यो - "Deepa - Deepa " ।
अनि म न थाहापाएको जसो गरी एस सर भन्थे ।
उ रिसाउथ्यो । मलाई उस्को त्यही रिस प्यारो लाग्थ्यो ।
क्लास मा हल्ला गर्नु मेरो स्वभाब थियो । म जाना जानी ध्यान नदिए झै गर्थे ।
उ मसँग रिसाउथ्यो । मलाई त्यही रिस प्यारो लाग्थ्यो ।
साँझ को चिसो हावा सँगै म उस्को याद मा टोलाउँथे । हात मा फोन फिरफिरे झै घुमाउथे ।
फोन गरु नगरु मन मा दुबिधा चाउथ्यो ।
दिनहु को हल्ला को बहाना ले उस्लाई सताउने अनि एकोहोरो बस उसैलाई हेरिरहने मेरो बानी भैसकेको थियो ।
दिनहुँ Questions सोध्ने बाहाना ले म उस्लाई फोन गर्थे । उस्ले नि राम्रो कुरा गर्थ्यो । बिस्तारि बिस्तारि पढाई बाहेक अरु कुरा अगि बढ्न थाल्यो । ५ मिनेट को सामान्य कुरा बाट कुरा घन्टौ कुरा हुन थाल्यो । म उस्को माया मा दिन दिनै डुब्दै जादै थिए ।
आज ट्राइमेस्टर सकियो उस्को मुहार देख्न मुस्किल पर्न थाल्यो ।
साथीले कुरा काट्न थाले , जब नारी मायामा अगि बड्छे यहाँ खाल्टो खन्ने समाज को कमी हुँदैन । कलेज मा नराम्रो हल्ला गुन्जिन थाल्यो । आफ्नो प्रोफेसन मा दाग लागने कारण उस्ले मलाई त्यती कियर गर्न छोड्यो ।
सायद मेरो जती माया रहेन उस्लाई मेरो । भन्छन माया मा २ जना मध्य कोही एक आफ्नो मायालाई बढी माया गर्छ रे सायद हाम्रो माया मा मेरो तराजु धेरै नुघेको थियो । या सायद उस्लाई मेरो माया नै थिएन । म बुझ्दिन थिए कि यो मेरो अवस्था किन भैरहेको छ ।
न आफु उस्लाई सुम्पिन सक्थे ।
न उस्ले मलाई नै माया को भाउ दिन सक्थ्यो ।
न यो समाज ले नै हामीलाई अगि बढ्न दिन्थ्यो ।
पढाई मा मन जान छोड्यो ।
कलेज जान छोडेँ ।
तर उस्को याद ?
अँह यो मन बाट अझै सम्म जान छोडेको छैन ।
म सधै कारीब ७ बजे अफिस बाट फर्किन्थे । साँझ को मौसम कफी सँगै सुमधुर मौसम को हावा को बेग महसुस गर्नु बेग्लै आनन्द थियो । म करीब आधा घण्टा कफी र कुनै किताब को साथ मा बिताउथेँ । स्पोन क्याफे थियो । दिनहु आवात जावत ले सबै चिर परिचित थिए । 
करीब ६ महिना अघी को कुरा हो । म सधै झै क्याफे मा बसेर आफ्नो कफी को आनन्द लिदै थिए । अकस्मात मेरो अगाडी एक सुदर युबती आइन । उनले बिनम्रता ले सोधिन - Ex-Cuse me, के म यहाँ बस्न सक्छु ? साँझ को रोम्यान्टिक मौसम अनि एक आकर्षक युबती को चाहना म कसरी लत्त्याउन सक्छु ? Ofcourse, मैले मुस्कुराउदै भने । हामी चुप चाप आम्ने साम्ने बस्दै थियौ । म चुपचाप आफ्नो कफी र किताब मा ध्यान दिदै थिए । म जवान्, उनि उन्माद्, म रोकिईरहन सकिन । धेरै बेर को मौन लाई तोड्दै मैले बोलिछाडेँ - हाइ, म सन्जिब । नाम भन्दै मा मैले आफ्नो हात अगि बढाईसकेको थिए । उनि एक टक ले मलाई हेरी मात्र रहिन । मेरा हात हावा मा अडेका मात्र थिए । उनले भनिन, हेलो, म अलिशा । एक वाक्य मा आफ्नो परिचय सक्काइन । मैले हात तल झर्दै भने - सरी म मात्र परिचय गर्न चाहन्थे । मैले अलि जिस्किदै भनिदिए - हजुर यती सुन्दर हुनुहुन्छ कि म आफुलाई रोक्न सकिन । उनि आस्चर्य भई मेरा कुरा सुन्दै थिइन । आँखी भौ उचाल्दै बडो टक ले मेरो कुरो सुन्दै थिइन । मैले फेरी थपिदिए - आज सम्म मैले तपाईं लाई यहाँ देखेको थिईन । के तपाइ यो ठाउँ मा नयाँ हो ? उन्ले भनिन म बिगत ५ बर्ष देखी यही क्याफे मा आउने जाने गर्छु । उनले बहिर को टेबल देखाउदै भनिन । बस !! कसैले याद गर्दैन । मैले उस्को कुरा मा हाँसो रोक्न सकिन , हाँस्दै भने - हजुर यती राम्री अनि कसैले याद नगर्ने ? यो हुनै सक्दैन । उन्ले भनिन - सायद हजुरको आँखा ले राम्रो देख्यो । मैले फेरी दोहोराए - सुन्दर चिज सबैलाई राम्रो नै लाग्छन । 
समान्य चिन जान सहित म आफ्नो बाटो लाग्ने कोसिस मा थिए । उन्ले भनिन - यतिका बर्ष म आज तपाईंले मलाई कसैको याद दिलाउनु भयो । के हामी भोली पुन मिल्न सक्छौ ? म भित्रै देखी खुशी ले मुहार मा हाँसो प्रकट गर्दै भने हुन्छ, स्योर । 
मेरो दिनहुँ को कफी टाइम अनि अलिशा को भेट , रोम्यान्टिक साँझ मा झन रङ थपिन्थ्यो । हामी एक अर्का सँग दिन प्रतिदिन नजिकिदै जाँदै थियौ । उनि एक्लै बस्न रुचाउने , धेरै सँग बोल्न मन नपर्ने र बहिरी खाना खान त्यती मन नपराउने स्वभाब कि थिइन । कती पटक ल्याएको चिया/कफी कप मा यसै रहिरहन्थ्यो । उनि जवाफ मा भन्थिन हजुर सँग कुरा गर्न थालेपछी म खान पनि भुल्छु । 
करीब को ६ महिना को लगातार भेट मा म उसलाई मन पराउन थालेको थिए । दिन को करीब २० मिनेट कुरा हुन्थ्यो । म कैले काँही क्याफे बाट उनिसँगै कोठा फर्किन्थे । हरेक दिन साँझ पर्ने प्रतिक्षा मा बर्षौ लाग्थ्यो । 
मध्यम परिवार कि केटी अलिशा साधरण अनि सिम्पल थिइन उनको मुहार को चमक मा एक अदभुद जादु थियो । कपाल हावा मा पालुवा झै फर्फराउँथे । उनको घर मेरो कोठा देखी करीब १५ मिनेट हिँडाइ को दुरिमा थियो । कहिले काही म उन्लाई छाड्न उस्को घर अगाडी सम्म पनि पुगेको थिए ।
म झन झन नजिकिदै गएकोले उस्लाई आफ्नो मन को भावना पोख्न निस्चित भैसकेको थिए । 
एकदिन सिम सिम पानी को ।साथ मा आकाश गर्जिदै थियो । म सधै झै आफ्नो कफी को साथ मा अलिशा को पर्खाइ मा थिए । उनि केहि बेर मा आइपुगिन । आज म निस्चित थिए कि जसरिपनी आज उसलाई मन को कुरा भन्छु । आखिर ६ - ७ महिना भयो दिनदिनै भेट हुन लागेको । उसले पनि त मन पराउँदी हो । नत्र हरेक दिन किन आउँछे भेट्न मलाई । किन गर्छे उस्ले आफ्नो हरेक कुरा Share केहि नहुदो हो त आखिर यतिका दिन सम्बन्ध नि टिक्दैन थ्यो । आखिर म मा पनि के खराबी छ र , हेन्ड्सम छु , Job छ , स्मार्ट छु । म निस्चित छु कि आज भन्छु । सोच्दै मा उनि आएर मेरो टेबल अगाडी बसिन । 
म गोजी बाट उस्को लागी ल्याएको रिङ्ग निकाल्ने कोसिस मा थिए । अलिशा तिमीलाई केहि कुरा भन्नु थियो । 
मेरो कुरा सकिन नपाउदै उसको रिस ले आकाश चुम्यो - आखिर केटा नै त पर्यौ । तिमीलाई म आफ्नो साथी मात्र सोच्थे , फेरी आएर एस्तो निच सोच राखेर मलाई Propose गर्न खोज्दै छौ ? मलाई तिमी बाट यो आशा थिएन । तिमी केटा हरु यो भन्दा बढि के नै गर्न सक्छौ र ? पहिला माया को खेल रच्छौ अनि फसाउँछौ । अनि जब आफ्नो स्वार्थ पुरा गर्छौ अनि गायब हुन्छौ हावा सरि । तिमीहरुले यो एउटा रिङ्ग मा फसाउने कोसिस किन गर्छौ सधै केटिलाई । उस्ले त्यही रिङ्ग म तिर फालेर बाहिर गइ । जाँदा जाँदै अब देखी कहिल्यै नभेट्ने कुरा सुनाइ । आखिर जुन रिङ्ग मैले अलिशा लाई दिन खोज्दै थिए त्यही रिङ्ग अलिशा ले म तिर फालेर गई आखिर कसरी ? फेरी कसरी पाइ मैले नदिदै उस्ले रिङ्ग ? म आस्चर्य भए । 
त्यस दिन देखी अलिशा क्याफे मा आउन छाडिन । म दिन्, २ दिन गरी करीब एक महिना कुरे तर पनि उनि कहिल्यै फर्केर आइनन । म बाध्य भएर उस्को घर मा जाने निधो गरे घर को बेल बजाए । एक बुडी आमा ले ढोका खोलिन । हजुर यो अलिशा को घर हो ? आमाले हजुर बाबु हो ।किन बाबु के काम थियो भनेर सोध्नु भयो ।मैले आफु र अलिशा राम्रो साथी भएको र आफु उसँग बिहे गर्न चाहेको सबै भने ।
बुडी आमाले अलिशा को मृत्यु भएको ५ बर्ष भएको बताउनु भयो ।र यो सब कुरा बिर्सिन भनिन ।मलाई उहाँको कुराम बिश्वास लागेन ।उनले पुन भित्ताको अलिशा को फोटो मा माला देखाउँदै भनिन - मेरी छोरी अब कहिल्यै न आउने गरी गईसकिन भनेर ढोका बन्द गरिन । म ढोका बाहिर बाटै आफ्नो बाटो लागे । बाटो मा पुगी फर्की हेर्दा न त्यहाँ कुनै घर थियो , न कुनै बुडी मान्छे , न त म कुनै सपना नै देख्दै थिए ।