Sunday, 30 August 2015

गाइजात्रा !! "भैसी मनोबाद" !!

!! गाईजात्रा बिशेष !!
!! भैसी मनोबाद !!
उफ यो झिंगा पनि कति छिर्छ नाक को प्वाल मा, असार श्रावन को महिना चारै तिर कहिले टन्टलापुर घाम कहिले भने पखाला लागे जस्तो झरी हाल्छ ।
आ.. यो दात मात्रै नि कति चपाउनु गिदी हल्ली सक्यो। घर कि साहुनी नि कता गैछे आज बुहारी नि देख्दिन। गइ होला गाम चाहार्न मेरी बुहारी यस्ती मेरी बुहारी उस्ती भन्दै। कस्ता घरमा पारेउ नि हे प्रभु। न बुहारी ले हेर्छे मलाई न सासु ले, ससुरो भनौदो बिहान देखि तास खेल्न गाको होला। २ बजी सक्यो ऐले सम्म पानि दिने सम्म कोहि छैनन् घर मा। न बस्ने ठाउँ नै सफा गरेका छन्, आफै गएर पानि खाउँ यत्रो दाम्लो ले बानेर राख्या छन्। बिहान हाल्देको एक मुठो पराल ले सास धान्नु पर्ने। त्यो गनगने बुडी आफुले खाने बेला थाल भरि भात हालेर खान्छे अनि अलिकति दिमाग नि छैन यत्रो ठुलो ज्यान भाको भैसी लाइ अलि धेरै घाँस पात हाल्नु पर्छ भन्ने नि। बारी भरि घाँस छन् गएर काटेनि हुन्छ नि। एउटा काम को नाम मा त्यही घाँस काट्ने छ त्यही पनि सासु बुहारी फलाक्दै बस्छन। एउटी ले भन्छे जा - जा घास काटेर ल्याइज, अर्की ले भन्छे म तिम्रो घर को नोकर्नी होइन बुहारी हो, आफै जाउ।
खान नदिने अनि बेलका दुध दुहुन आउने मालिक लाइ बाल्टी भरि दुध दिने म नि बेबकुफ हुँ। यो त सरासर नेपाली जनता ले नेता लाइ भोट दिएर सत्ता मा पुराए जस्तो भयो। सोजा निमुखा जनता लाइ खान नदिने दुख दिने भोकै राख्ने अनि आफु मोज मस्ती गरेर भुडी भरेको जस्तो। आज को दिन देखि दुध दिन बन्द गर्दिन्छु अनि कसरि गर्ने रैछन मस्ती हेर्छु म पनि। मेरै दुध बेचेर बिहान बेलुका को छाक टार्ने हौ तिमि शोषक हरु ले। तर नदिउँ पनि कसरि भोलि त खान टाइम मा देलान भन्छु आज दुध दिन्छु त्यस्तै , पर्सि त देलान भन्छु पर्सि नि त्यस्तै। आखिर यही गोठ मै बस्नु छ मलाइ नि नदिउँ पनि कसरि। भोलि त संबिधान आउला भोलि त विकास को काम होला भनेर Tax तिर्ने र भोट हाल्ने नेपाली र मेरो पिडा एउटै लाग्छ !
आज त आन्दोलन गर्नै पर्यो आखिर म पनि नेपाल कै भैसी हो मेरो नि आफ्नो हक अधिकार को लागि लड्न पाउने अधिकार छ। ऐले आउलिस बुडी पख तलाई कसरि लात हानेर मल खात मा पुराउन पर्छ भन्ने मेरो दाइने दिमाग ले सोची सकेको छ।
आइ.. आइ.. बुहारी त आइ घर मा !!
अब त दिन्छे एस्ले पानि।
त्यति दिमाग त होला नि गोठ मा बस्तु भोकै होलान भोकाएका होलान भन्ने त सोच्छे होलानी।
त्यही नि एक पटक कराइदिन पर्यो (आईई......),
ल हेर येत्रो कराए त्यही नि वास्ता छैन यो नक्कली लाइ बित्ते जामा लगार कता जान लागिछे फेरी, आज भोलि का मोडर्न बुहारी रे, यस्ता आधा ज्यान देखिने गरेर कपडा लगाउदै मा मोडर्न हुने भए त मै भैसी नि कति राम्री र मोडर्न छु पुरै नाङ्गै।
तीज पनि आजै देखि लागेछ आज कल का केटि हरु लाइ। घर को बस्तु सम्हाल्न नसक्ने ले के फुर्ति गरि हिड्नु ? ४ बजी सक्यो अझै सम्म एउटा मान्छे को अत्तो पत्तो छैन घर मा। यी घर मा बस्ने मान्छे को भन्दा मेरो इज्जत ठुलो छ बरु बिहान बेलुका दुध दिएर एउटा परिवार को खर्च त जेनतेन टारेको छु। यी दिनभर तास खेल्ने लोग्ने र दिनभर कुरा काट्दै हिड्ने स्वास्नी को भन्दा त मेरो देन ठुलो छ।
अब त सारै भो नेपाल मा बन्ने संबिधान मा पशु पन्छी सम्बन्धि माग र सुझाब उठोस्, प्रत्येक घर मा पशु को नियमित जांच होस्। अल्छि दिन भरि अर्काको कुरा काट्दै गाउँ डुल्ने र दिन भरि तास खेल्ने र बेल्का भएसी रौसि धोकेर आउने खाल को घरमुली भाको घरमा पशु किनबेच मा रोक लगाइयोस।
यदी नहुने हो भने हामि बस्तु दुध दिन बन्द गर्न र दाम्लो चुडाएर भाग्न बाध्य हुनेछौं। उस्तै परे सिङ्ग ले भुडी छेडेर अपाङ्ग पार्न नि सकिन्छ होइन भने दुध दुहुने बेला व्यक किक दिएर मल खात मा टाउको गाड्न नि सकिन्छ, समय सापेक्ष हाम्रो आन्दोलन ले उग्र रुप लिन सक्छ।

Tuesday, 25 August 2015

एक सन्दर्भ - नेपाल को

एक मदेश एक प्रदेश !!
हिमाल पहाड तराइ - कोहि छैन पराइ !!
२ तिर बाट २ नारा मा जुलुश आउदै थियो।
कोहि बन्दको समर्थन मा त कोहि बन्दको बिरोद मा
कृषि मुलश्च: जिवनम् !! सोच ले पक्लिहवा क्याम्पस मा ए.जी पड्ने म, भैरहवा जानु थियो।
१० दिन देखिको लगातार बन्दले गर्दा गोजामा पैसो सुको थिएन। १०० को हरियो पत्ती गोजामा हालेर म भैरहवा को लागि निस्किए।
कलेज गेट के पुगेको थिए, ए हान साले लाइ यही हो नेपालि लाइ कुट्ने अगि भन्दै १० - १५ जनाको समूह हातमा लट्ठी बोकेर ३ दारी पालेका केटा हरु लाइ लखेट्दै थिए। २ जना करिब २५ - ३० वर्षका देखिन्थे भने अर्को १७ १८।
एउटा ले हानेको लौरीले सानो देखिने केटा लड्यो जर्फरौदै उठ्यो अनि फेरी भाग्न खोज्यो यसैमा सम्पूर्ण समूह ३ जना माथि जाइलागे कोहि लाठी बर्साउन थाले त कोहि मुक्का भुइँ रगताम्ये भयो। प्रकृति रुपी हावा मा कतै बारुद को गन्द थियो कतै धुलो को। आकाश कालो देखिन्थ्यो अनि ओरिपरि का मान्छे क्रोधित।
रिक्सा चढे।
दाइ कति हो भाडा ? गोजा को १०० छाम्दै सोधे।
रिक्सा वाला ले जवाफ दियो - भाडा १०० लाग्छ मन छ त औनुस छैन त जानुस यसै त दंगा भैहालेछ जता ततै ज्यान को सुरक्षा छैन त के जानु बाहिर।
उसले भाबपूर्ण तरिका ले भन्यो।
हुन्छ जाउँ जहाँ सम्म दंगा छैन उहीं सम्म पुराइदेउ। मैले भने।
कलेज देखि भैरहवा पुग्न करिब २० मिनेट लाग्थ्यो।
रिक्सावाला कराउदै थियो- के का लागि लडेछ भाइ भाइ ? सबै शान्ति संग बसेको त् थियो बेकार मा लडाएछ।
मैले उसको कुरा सुनेर भनिहाले - तिमीहरुलाई त राम्रै छ त बन्द भएर ५० को भाडा १०० लिएर हिडेको छ।
उ झोक्किदै भन्यो - अरे खाग को फायेदा हजुर , महंगी देखिलियेछ प्याज आलो चावोल कित्ना महंगीयेछ हमारा नि जहान बच्चा छ हजुर कहिले काही यस्तै टायम मा कमाउछ।
(रिक्साको पछाडीको चक्का खाल्डोमा पर्छ)
अरे ए देख्नुस देश को बाटो को हालत कस्तो छ एता ध्यान कोहि को जादैन। यही कलेज छ यही हस्पिटल छ दिन को दिन दुनिया मानिस हिंडिरहन्छ कोहि कोसैलाई मतलप छैन।
( हुनपनि हो नेपाल कै टप कृषि कलेज यही छ यु.सी.एम.एस हस्पिटल पनि यही छ। हजारौ मानिसहरु आउ जाउ गर्ने गर्छन )
देब्रे तिर इसारा गर्दै उसले भन्यो - ल हेर्नुस यो हरियो घर नेता को हो। नेता को घर को बाटो छ एस्तो। त कसरि हुन्छ ? यही आफु ले भोट दिएर जितायेछ तर गर्यो कसको लागि खालि आफ्नै लागि। अझै पनि नेताको पछि लागेछ दंगा गरेको छ दिमाग छैन कोहि नेपाली को।
मैले भने - तिमि हरु आफै पहाडिया लाइ मधेश देखि लखेट्नु पर्छ भन्दै हिड्छ अनि दंगा नभए के हुन्छ ?
उ झोक्किदै भन्यो - अरे बुझ्नु भएछ ? तपाई कुरा गर्नु हुन्छ, कुन नेपाली-मधेसी गएको छ दंगा मा देखाउनुस मलाई। खालि त्यो नेता को खुट्टा चाट्ने गएछ २ - ४ जना। हामि लाई कौन पहाडी कौन मधेसी कोइ सरोकार छैन। हामी पहिले देखि मिलेर बसेको छ भोलि पनि मिलेर बस्छ।
मैले फेरी सोधे - नेपाली मधेसी दंगा मा गएको छैन भने यो सब कसले गर्दै छ ?
उसले भन्यो - बाहिर बाट आएछ हजुर चुतिया हरु , २ - ४ सय पैसा र मासु भात खायेछ दिनभर दंगा गरेको छ सबैले भन्छ नेपालि ले गरेको छ। कोहि नेपाली देश को हामी नेपाली मधेसी आन्दोलन मा देख्नु भएछ भने मेरो मु मा थुकिदिनुस।
बैंक रोड मा ओर्लिए। रिक्सा वाला लाइ धन्येबाद दिदै ए.टि.एम तिर लागे। अफसोच बन्द रहेछ।
भएको १०० नि यही पैसा निकाल्न आउने चक्कर मा सकियो। अब हिडेर जाने बाहेक केहि उपाए रहेन।
ओरिपरि को होटेल घर नियाल्दै थिए - सबै बन्द थिए कतै को सिसा फोरिएको थियो। छेउ नै नेर राखिएका मोटरसाइकल जलाइएको थियो। पसल को ढोका फोरियेका थिए। एम्बुलेन्स नि जलयेछन, आखिर ति बिरामी हुदा के मा चडी हस्पिटल पुग्दा हुन्। कोहि बन्द गर्नु पर्छ भन्दै जलाउदै थिए कोहि खोल्नु पर्छ भन्दै , तर जसले जे भनेर जलायेनी आखिर जलेको त मेरो देश नै छ। नेपाली जनता लाई पोलिरहेको छ त न्यानो कोहि अरु ताप्दै छ। नेपाल आमा को नाथ्री फुटेछ रगत बगेको स्पस्ट देखिन्थ्यो।
खुल्ला आखा ले देख्ने राजनीति होइन यो, हिन्दि फिलिम को याद आउच मलाई देखिन्छ एउटा भित्र अर्को राजनीति, बाहिरी देखिन्छ एउटा भित्र गर्छ अर्को, एक ले अर्को लाइ बिना आफ्नो स्वार्थ केहि गर्दैन गर्छ त बस आफ्नो लागि आफ्नो पावोर को लागि। आखिर यो नेपाल मा नि गर्यो कोस्ले प्रश्न चिन्न छ। सोजा जनता भेडा को भन्दा नि तलको औकात मा एक अर्का को ज्यान लिन तम्सेको देख्दा नेपाली भन्न नि लाज लागेर आउछ। कठपुतली झैँ नचाऊने नौटंकी बाज को पछि लागेर नै नेपाल र नेपाली को हित कैलेइ भएन। तालिबानि पनि खुशी भएहोलान, हामी भन्दापनी दयाहिन मानिस यो सँसारमा अरुनै रैछन भनेर।
अब चुप बस्ने दिन छैनन् , ए भैया आउ, ए भोटे आउ, ओए बाउन आउ, ज्यापू आउ, पोडे आउ, नेपाली आउ, हातमा हात समाउँ, सरकार लाइ घेरौं। बुझाउँ हामी टुटेको छैनौं। हामि कैलेइ फुट्ने छैनौ। जातिय खेल को तमासा बनाएर हेर्ने ति देश्ध्रोही लाई डाँडो कटाउँ।
अनेकौ मनोबाद बुन्दै कलेज पुगे। फेरी कलेज पछाडी बाट लास झिकियो रे।आन्दोलनकारी रे। आखिर मर्यो त को ? एक नेपाली।
प्रतेक घटना ले मलाई क्रोधित बनायो।
कुन जुनी को पाप को सजाए दिन मलाई नेपाल मा जन्मायेउ हे भगवान ?
अब
गोजा मा पैसा अभाब
क्यान्टिन मा खाजा अभाब
जनता मा बुद्धि अभाब
नेता मा नैतिकता अभाब
अभावै अभाब को देश ले हिजो मलाइ भोकै सुतायो।
धन्य छ मेरो देश।
पशुपति नाथ ले सबै को रक्षा गरुन।

Friday, 7 August 2015

आश्विनी - नैना

नैना !! नैना !! नैना !!

नैना संग बोल्न छोडे पनि उसको याद अझै आइ नै राख्थ्यो।  तर पनि म उसलाई अप्नाउन सक्दिन भन्ने पक्का थियो।  सुतिरहेको खाट बाट उठेर भित्ता मा झुण्डाइएको ऐना हेरे।  मुस्कुराई रहेको एक केटा देखियो। बस ऐना त थियो बाहिरी आवरण मा जे देखिन्छ तेसैको प्रतिबिम्ब देखायो। नियालेर आँखा मा हेरे पिडा का ज्वाला मुखी फ़ुटिरहेको महसुस गरे। म चाहन्न थिए फेरी त्यही पुरानो ब्यथा दोहोरियोस।
उ संग को breakup पछि  पनि  उसको  माया  लाग्थियो अनि care पनि  गर्थे  एक  दुइ  दिन  सम्म  राम्रो संग बोले उ रुन्थी म फ़काउथे उसलाई म हुनु को आभास सधै  दिलाउथिए तर उ उसको  bf नभाको आभाष ब्यक्त गर्थी म पनि उसंग रुन्थे  उसलाई  फ़काउथे उ भन्थी म एक्लो भए अश्मित  मलाइ  बाँच्नु छैन। मलाइ पनि भन्नु मन लाग्थियो म छु नि मेरो लागि बाँच तर कहिल्यै सकिन  किन-किन एस्तो message गर्न आँट नै आउदैन मलाई कसरि भनु एस्तो कुरा, लाग्थियो she will think मेरो  break up होस् अनि म संग नजिक हुन पाउछु भनेर बसेको रहेछ भन्ने सोच्ने हो कि खै  कहिल्यै हिम्मत गरिन भन्नलाइ।  
सम्हाल आफुलाइ  break up - patch up is a part of life  मैले भने।
उ भन्थी तिमि बुज्दैनौ । पहिला कसैलाइ माया गर थाहा पाउछौ।
खै एक्कासी  म उसलाई बिर्सिएर अतित मा गए,  उसलाई  के  थाहा म  कति  माया गर्थे कसैलाई  भनेर ।
केहि बोलिन।
एकछिनमा  message आयो के भयो बले?  (मेरो  nickname कमेन्ट हेर्दा था पाइछे)
भन्न सजिलो हुन्छ तर जब आफु त्यो ठाउमा हुन्छौ तब थापाउछौ।  मलाइ  भन्छौ  मायाको  बारेमा  मायामा पाउने पिडाको बारेमा तिमिलाई केहि  थाहाछैन नैना।  मैले कुरा रोके।  
के था छैन  मलाई ? भन  न  please- उसको  यो  message ले  मलाई  झन्  भाभुक बनायो।  कसैलाइ  ऐले सम्म भनेको थिएन उसंग खोल्नु मन लाग्यो अनि भने - तिम्रो माया त के होर देख्यो बोल्यो मन पर्यो love relationship यति हैन म अझै पनि त्यस्लाई  माया गर्छु जसले मलाई यति पिडा दिएको छ सम्झिदा छाति पोल्छ  मेरो  म  त्यस्लाई माया गर्थे जसले  मसंग कहिल्यै राम्ररि बोलेन।
को?  उसको उत्सुकता का साथ सोधी।
मेरो  ex आश्विनी।
हँ? Ex ? कैले सुनेन नि नाम तिम्लाई भेट्नु भन्दा पैला को हो तिमीलाई भन्नु  कुनै  त्यस्तो परिस्थिति नै आएन आज भन्दै छु।  
किन  break up भाको ? उसले फेरी सोधी।  
थाहछैन may be म  अतिनै  possessive छु त्यसैले होला उसैले देको break up not from my side मैले भने।
अझै माया  गर्छौ त्यस्लाई?
माया खै थाहछैन care अति  गर्छु  त्यो एकदम  innocent छ यार जो पनि फाइदा लिन खोज्छ त्यस्को  and she don't even know मैले केहि भने कति irritate गरेको भन्छ, she don't know how much I love her
"कुनै केटा ले माया गर्छु भन्ने भेटेर मक्ख नपर,  त्यो बुझ कि माया के का लागि गर्दै छ।" यही कुरा
बुझाउन चाहन्थे तर उसले मेरो यो कुरा कहिल्यै बुझेन र बुझ्ने कोसिस पनि गरेन।
त्यो  दिन  त्यतिकै गयो अरु केहि chat नै भएन हामी बीच। नैना र म आजकल कम नै बोल्थ्यौ,  बोल्नु को अर्थ पनि थिएन सायद, मन्दिरमा फूल चढाएर आउँदा महसुस भएको जस्तो - ढुङगालाई
मनाउन खोज्दा फूलको हत्या गरे मैले, गएको थिए आफु ले गरेका गल्तीहरूको माफि माग्न तर त्यहाँ अर्को पाप गरेर आएको हुन्थे।
अनि एकदिन उसले रुन्चे मुख लाउदै भनि मलाई बिर्सेको अश्मित ? उसको  message ले मलाइ कस्तो नरमाइलो लाग्यो यति बोल्ने  मान्छे एक्कासी chat बन्द गर्दिदा  उसले के सोची के बोलु अनि एकछिन मा  message reply गरे- कहाँ  बिर्सिनु यार तिमीलाई,  अँ  सुनाउ तिम्रो नया नौलो के  छ?
के  हुनु  यार  त्यस्तै  छ जिन्दगि उदास छ तिमि सन्चै छौ ? उसले भनि।
अँ तिमीलाई सन्चो भए भैहाल्यो नि म त्यसै सन्चै नि। मेरो message पढेर उ  खुलेर हासी।
 हाहा गफाडी खुब जानेछु  flirt गर्न। मलाइ पनि उसंग च्याट गर्न  मन  नलाग्ने  कहाँ  होर  उ  मात्र  थि फेसबुकमा मिल्ने साथी अरु कोइ संग बोल्थिन तर लाग्थियो  मेरो गल्तीले उसको  माया  छुट्यो  उसको जीवन उदास भयो so टाडिए उसको जीवन खुसि ले भर्न आफ्नु खुसिको घांटी रेटे मैले उसलाई  के पोख्नु  दुखेसो,  रुनु  मन  लागेको  थियो  उसको अँगालोमा।
आज  के  नभएको  के  बिर्सेको  जस्तो  अनुभूति  गरिरा  को  थिए  एक्कासी  आज   को  date मा  आँखा  पुग्यो  10july केहि  थियो  आज Something special .एकछिन टोल्लाए  के  बिर्सिए मेरो  dairy पल्टाए - अँ  थाहा भयो  भोलि  आश्विनी को  birthday पो  रहेछ।
नैनालाइ  on देखे  सब  कुरा  share गर्थे  उसलाई  भने  ओए  नैना  भोलि  अश्विनी  को   birthday रहेछ यार  for past two years I have been 1 to wish her midnight उ  तेती  wish पाउदा  एकदम   खुसि  हुन्थी।
अनि  उसले  भनि  आज  नि  गर्छौ  त??
 किन  न  गर्नु,  गर्छु  नि यार  मैले  भने।
 एक  छिन्  दुइ  जना  चुप भयौ। भन्न  त  भने  wish गर्छु  तर  न  बोलेको  5 months भाको  रहेछ  अश्विनी  संग  feb 14 को last message फेसबुक मा देखे lets make some distance in fb too के गरु  केहि आएन फेरी सोचे एकदम।  नैना online नै रहेछ  त्यस्लाई सोधे  ओए  I haven't text her since 5 month के  message गर्नु  गर्दिन।
मेरो  message पढे  पछि  उसको  reply आउछ किन गर्नु पर्यो  नि  अन्त  सुकिसकेको घाउलाइ  किन  बल्झाउन नगर मेसेज - उसले सुझाब दि।
अँ  मलाई  उसको  एस्तो  message को  अपेक्षा  थिएन नरमाइलो लाग्यो  हामी  11:30 सम्म  chat गर्यौ  मलाई  wish गर्नु  थियो  india को  time 15min ढिलो  हुदो  हो  message type गरेर  ठिक्क  पारे  अनि  अश्म्विनी  लाइ  text गरे  तर  अपसोच  न  आश्विनी on नै  थि  न  मेरो  message seen भो  न  reply नै  आयो।
पहिला सधै  म  12 बजे  wish गर्थे  अनि  उ  12 :05 सम्म  reply गर्थी  but आज  आएन  नरमाइलो  लागेको  थियो  मन  को  ब्यथा  सुनाउन लाइ  नैना on नै  रहेछ  message गरे  अश्विनी  लाइ  finally . But reply आएन।  
उसले  reply गरि भनेको  हैन  message नगर  भनेर  किन  गरेको  आफु  ले  इज्जत  न  पाउने  ठाउमा के  घुस्रीराको उसको यो कठोर बचन सुनेर म केहि बोल्नु सकिन bye good night भनेर  सुते। चाँदनि छुपेको पल रातको निस्तब्धतासँगै एकनास उत्खनन हुन्छन यि दिलका भाबनाहरु अनबरत, बाकी रात सम्झना मै बित्यो मन मा अनेकौ कुरा बुन्दै।  
अर्को  दिन  बिहानै  उठे  अश्विनीको रिप्लाई आयो  कि   भनेर  हेरे  आको  रैनछ नत seen नै  सायद  फेसबुक चलाउदो  रैनछ क्या हो।  
बिहान 10 बजेको  थियो  नैना  को  message आयो oh  Mr. आयो  त  हजुर  को  miss को  reply??
उसको यो मेसेज ले मलाई एकाएक सनक चड्यो मा किन झोक्किए, मेरा दिमाग तात्न थाले र भने हेर नैना I don't know why are u reacting like this to me she is my ex and nothing more birthday रहेछ  wish गरे  thats it and reply आको छैन।
उसले  फेरी  रुन्चे  मुख  लाउदै  भनि  sorry यार  म  उसंग यति लाचार  हुन्छु  कि धेरै  बेर  रिसाउन  पनि  सक्दिन  कुरा  तेतिकै  सिद्धियो।
राति 5 बजे अश्विनी को message आयो  thank u Ashmit never expected ur wish अझै मेरो  याद आउदो रहेछ अनि म फेसबुक चलाउदिन त्यति आजकल so reply यति  ढिलो भो  message पड्ना साथ  मन हलुका भयो र आश्विनीलाइ  reply गर्नु  अघि  नैना  लाइ  message गरे  she replied me थाछ she is happy for my wish.
यो असन्तुष्ट र महत्वकाक्षी मन एक चाहनाको पुणता पछि दोश्रोको निम्ति पुन "अभिलाषी" बन्दछ। म एकाएक नैना लाई बेवास्ता गर्दै थिए।  अनि  आश्विनी  संग chat गर्न  लागे  तिमि  लाइ  कसरि  नसम्झनु।  
याद  कहिलै  आएन? उसले सोधी।
याद  त  त्यस्को  आउछ  जसलाई  भुलिञ्छ। तिमि  मेरो  मन  मस्तिस्कमा अझै छौ।
एकछिनमा  नैना  को  message आयो  good for u.
मैले  नैना  लाइ  केहि  message नै  गरिन  आश्विनी  संग  बोलिराको  थिए,  आश्विनी  अझै  पनि  मलाई  माया  गर्दो  रहेछ  तर  समय  र  ego problem ले  गर्दा  कहिलै  बोलिन उ  मसंग। म  नैना   लाइ   completely neglect गर्न  लागे  आश्विनी  संग  नै  रमाउथे  नैना  ले  message गर्दा  नि  आश्विनी  को  नै  कुरा  गर्थे  सायद  उ  jealous हुन्थी  उ  सधै   भन्थी  मेरो  माया  टुट्यो  तिम्रो  जोडिन  थाल्यो, आफु लाइ त भाग्य सँग लड्न खुब मजा लाग्छ, भाग्यले अघि बढ्न दिँदैन, राेकिने मेराे स्वभाव छैन उसले भाबुक हुदै भनि।   फेरी  मलाई  त्यही   कुरा  को  आभास  गराई  मैले  गर्दा  उसको  माया  छुटेको  जस्तो  म  केहि  बोलिन  बोल्नु  पनि  के  बोलु  म।  एउटा  लाइ  माया गरेको  आभास  दिलाई  अनि  अर्को  संग  माया गर्छु म।
 
म एक दुबिधामा  छु कोस्लाइ रोझुं , नैनाले मलाइ  माया गर्थी, अनि आश्विनी फेरी मेरो जिबनमा फर्किएकी थि।  जाममा परेको गाडी जस्तो भो जिन्दगि, न छिटो अगाडी जान सके, न पछाडी फर्किन सके !!
जिन्दगि  ले  जब  लान्छ  सबै  लैदिञ्छ र  जब  दिन्छ  येसरी  दिन्छ  कि  केहि  सोच्ने  सक्दैनौ।

Tuesday, 4 August 2015

माया

मेरो लेफ्ट साइडबाट हिडन, उस्ले भनि।  मैले सोधे किन नि ? माया गर्ने मान्छे सधैं लेफ्ट साइडमा हुनुपर्छ रे के जस्तो तिमि मेरो मुटुमा छौ।  म केहि नभनी उसको बाया पट्टिबाट हिड्न थाले।  बेलुकी को समय नारायणी को छेउमा दिन भरिको थकान मेट्ने मानिसहरु धेरै देखिन्थे।  हामि एकअर्काको हात समाउदै हिड्दै थियौ।  उ मलाई एकदम राम्री लाग्थी थि, उ मभन्दा करिब ४ वर्ष ले कान्छी थि,   अनि एकदम शुशिल, सरल, अनि सुन्दरताले भरिपूर्ण थि । मध्यम परिवार कि उ खासै राम्रा कपडा र सौन्दर्यका  सामान प्रयोग गर्दिनथी।  उसको बाबु उ ८ वर्षको हुदा नै बित्नु भएको आमाले जेनतेन गरि स्टाफ नर्स पढाएकी थिइन्।  लजालु स्वभाब कि उनि खासै धेरै बोल्ने गर्दिनथीइन ।
आउ बसौ।  मैले छेउ  को डिल तिर इसारा गर्दै भने उनि बसिन म पनि उनकै छेउमा बसेर उनलाई हेर्न थाले।  रेसमी बाक्लो केश, हरिण नैनि आँखा, फुल जस्तो निर्दोष पन, गुलाबी ऒठ अनि जब उनि मुस्कुराउथिन, घाम को किरणले टल्केका हिमाल जस्ता दांत, म हेर्दै पागल हुन्थे उनको चन्द्रमा रुपी मुहार अनि सुन्दै लठ्ठ पर्थे उनको त्यो कोइलि को झैँ  बोलि।  उनि बोल्नुस न भन्दै घच्घचाउथिन म झसङ्ग बिउझिन्थे।
केहि खाउँ न।  उनले सुनेनसुने गर्थिन।  उनीसंग धेरै पैसा हुन्थेन र खर्च गर्न रुचाउथिनन। पोलेको मकै किनेर दुवै खादै गफ गर्दै थियौ।  पारि पुलमा गाडीहरु को लामो लाम देखिन्थ्यो।  घाम क्षितिज मा बिदाई माग्दै थियो।  केहि क्षणको बसाइ पछि उनि बोलिन अब जानु पर्छ।
प्रिया !! हामी फेरी कैहिले भेट्ने ? मैले सोधे।  उसले छिट्टै मात्र भनि।  संगै उसलाई पुल्चोकमा गाडी चडाएर म बिदाई को हात हल्लाउदै थिए।
उनि संग धेरै भेट हुन्थेन , खासै बाहिर डुल्ने फोनमा घन्टौं कुरा हुने बिरलै  हुन्थ्यो।  उनि धेरै पड्न रुचाउथिन मैले पनि उसको पडाइलाइ सपोर्ट गर्थे।
म नारायणगढको कम्पुटर पसलमा काम गर्थे। हार्डवयर सफ्टवयरमा डिप्लोमा गरेर त्यही सानो तिनो जागिर गरेर पेट पाल्दै थिएँ।  आफु नि मध्यम परिवारको हुनाले खासै ठुलो उपलब्धि थिएन।  दिउसो अफिस अनि बिहान बेलुका घरमै समय बित्ने गर्थ्यो।  फुर्सदमा मुभी, इन्टरनेट त्यसैमा बित्ने गर्थ्यो दिन।  म दिनहु फेसबुकमा अनलाइन हुन्थे। प्रिया संग बोल्ने  खुब रहर हुन्थ्यो तर उनि अनलाइन आउँदिनथिन।
अनलाइनमा म धरै जसो एन्जिला संग नै समय बिताउथे।  एन्जिला कहिले काँही आँउथि उ मेरो मिल्ने साथी थि।  उसलाई मेरो बारेमा सबै थाहा हुन्थ्यो अनि मलाई उसको।  धनि बाउ कि एक्ली छोरि केहि नपुग थिएन उसलाई।  हाई क्लास का लुगा अनि मुभी, डान्स पार्टी र घुमघाममा बडी हिड्न रुचाउने।  हामि कहिले काँही भेट्थ्यौ। प्रियाको अनुपस्थितिमा एन्जिला संग को मित्रता ले मलाई एक्लोपन देखि  टाडा राख्न मद्धत गर्थ्यो।  हल्का काली भएपनि खुब राम्री थि उ ।  मिलेका  शरीर मा राम्रो ढंग को कपडा परेपछि छुट्टै सुन्दरता देखिन्थ्यो उसको।  म संगै कि उमेर कि उ खुब जिस्किन्थी। हामी दुबैलाइ बियर राम्रो लाग्थ्यो तर फरक यो थ्यो कि, उस्लाइ teady बियर, मलाइ strong बियर। गफै गफ मा उ मलाई बिहे गर्छस भन्दथी म जिस्किदै हुन्छ भन्दिन्थे।
भोलि भेटम न उसले भनि।  सोमबार मेरो नि अफिस बिदा थियो हुन्छ भने।  सौराहा जाने म स्कुटी ल्याउछु।  उसले भनि।
भरतपुर सम्म म गाडी मा जानु पर्ने भयो अनि उसको स्कुटीमा।  भोलि पल्ट म उसलाई फोन गरेर भरतपुर को गाडी चढे।  एक छिन् मा उ आइ अनि हामी सौराहा तिर लाग्यौ।  खाजा खायौ उसले वाइन खाने प्रस्ताब गरि।  वाइन जस्तो कुरो केटिले नै खाऊ भनेपछि म पछि हट्ने कुरा पनि आएन।  सिर सिर हावा ले उसको कपाल उडाउदै थियो।  उ नसा मा खुब बोल्दै थि। कहिले डान्स पार्टी अनि कहिले कता घुम्न गएको।  बोल्दा बोल्दै उ उठी अनि दुइ हात हावामा उडाउदै एक फन्को मार्दै " मलाई यो संसार भरि मा  तिमि संग बस्दा जति आनन्द अरु कहिँ आउदैन " उ लड्न थाली म जुरुक्क उठेर उसलाई समाए।  उ खिस्स हासी अनि भनि - तिमि कति स्वीट छौ।  अनि बेतोड पागल झैँ हास्न थाली।  एकाएक म तिर फर्की अनि भाबुक बनि अनि भनि म तिमीलाई माया गर्छु।  मैले केहि बोल्न नपाउदै उसको ओठ ले मेरा ओठ छुन पुगिसकेका थिए।  मैले केहि प्रतिक्रिया दिन सकिन।  प्रियालाइ सम्झिए, लाग्यो म गलत गर्दै छु।  एन्जिला जाउँ अब घर।  ढिलो भयो।  उसलाई घर छोडेर म राति ८ बजे घर तिर लम्किए। गाडी ७ बजे नै बन्द भैसकेको थियो।  बाटोमा आउने केहि मोटर साइकल रोक्दै केहि पर लगिदिन अनुरोद गर्दै बेलुकी को ११ बजे घर पुगे।
रातभर निन्द्रा लागेन प्रिया को याद अनि एन्जिला को त्यो स्वभाब।
पिरतीको त्यो जात बैमानी, धरो धर्म मायालुको त्यो हात बैमानी, सबै भन्छन् तिम्रो त्यो मैले मात्रै हैन, जवानिको नशा लाग्ने मात बैमानी। साचिकै एन्जिला ले मात को सुर मै आफ्नो माया को त्यो अनुरोध मलाई पेश गरिकी थि। नभनोस पनि कसरि धेरै टाइम उ उसंगै बोलेर बिताउथे दिन।  साना देखि ठुला हरेक कुरा शेयर गर्ने गर्थे।  प्रिया लाइ भन्नु मन थियो तर सकिन यो सबै।  प्रिया संग करिब २ ३ दिन मा बल्ल कुरा हुन्थ्यो।  उसले घर पुगेपछि मलाई चटक्क भुल्थी।  अनि म उसलाई फोन गर्न पनि सक्थिन , उ भन्थी मलाई आमा को अगाडी बोल्न गारो लाग्छ। सायद गरिबी ले नि होला एउटा मोबाइल बोक्न नसकेकी।  सोच्दा सोच्दै कुन बेला निदाएछु पत्तो पाइन्।
मेरा बा जस्ता बुद्धिमान मान्छे कमै होलान। जति सुतेपनि उठ भन्दैनन्  बस .. बिहान पाँच बजे देखि फुल भोलुममा रेडियो थर्काउछन।  बिहानै रेडियो को आवाज ले निन्द्रा खुल्यो।  मोबाइल मा एन्जिला को मेसेज आएको रहेछ।  "हिजो को लागि सरि तर जे बोले त्यो सहि थियो तिमि लाइ मा एकदम माया गर्छु।  धेरै दिन देखि भन्ने कोसिस गरेको थिए तर सकिन हिजो नसा मा भनेछु चित्त दुखाएको छु भने माफ गरिदेउ।" मैले इट्स ओके मात्र रेप्ली दिएँ।
दिन भर अफिस सकेर म बेलुका छिटो निक्लिए प्रिया को कलेज ४ बजे छुट्थ्यो म उसको कलेज गेट अगि नै पुगेको थिए उसलाई लिएर म फेरी त्यही नारायणी छेउ पुगे।
प्रिया मलाई कति माया गर्छौ ? उसको मुखमा हेर्दै भने उ एकछिन अक्मकाइ कहिल्यै त्यसरी नसोध्ने उसको प्रेमी उसलाई प्रश्न गर्दै थियो।  उसले भनि हेर्नु म हजुरलाई एकदम माया गर्छु तर हामी गरिब छौ।  आमा घरमा एक्लै हुनुहुन्छ मलाई जेनतेन पढाउने उहाको धोको छ अब को एक वर्ष मा मेरो पडाइ नि सकिन्छ अनि मेरो बिहे हुन्छ।  सायद बैसाख मा।  म टुहुरी छोरि मेरा केहि रहर छैनन्।  मेरी आमा भन्नु हुन्छ म राम्रो पढु अनि उहाको रहर अनुसार कुनै एक असल युबक संग बिहे गरु जसले मेरो अनि मेरो आमाको ख्याल राखोस।  आमाको इच्छा छ कि मेरो श्रीमान मलाई  र मेरी आमालाइ खुसि  राख्न सकोस।  मैले हजुरलाई माया नगरेकी हैन तर मा मेरो आमा को इच्छा बिपरित बिहे गर्न सक्दिन।  जब म ८ वर्ष को थिए।  उहाले मलाइ मेरो बाबा र आमा दुवै को कमि हुन दिनु भएन, भोको पेट खाइ नखाई हुर्काउनु भयो।  अब हजुर आफै भन्नुस मा के गरु ? हजुर मेरो भाग्य मा हुनुहुन्न जस्तो लाग्छ मलाई।
प्रिया भाग्य भगवान ले लेख्छ तिमीले हैन। मैले त्यति मात्र भने।  
मेरा आँखा का डिल बाट आँशु का भेल बग्न थालिसकेका थिए।  म केहि बोल्न सकेको थिइन्।  सदा झैँ म उसलाई गाडी चडाएर घर फर्किए।
म पड्न छोडेर सानो जागिर गर्ने मान्छे।  महिना को १०००० कमाउछु।  प्रिया को खुसि अनुसार उसको आमा र उनि लाइ सायद यति पैसा काफी छैन।  बिहे गरेपछि नि बुडी को फरिया किन्न बाउ संग पैसा माग्न जुन सुकै छोरो लाइ आत्मग्लानी हुनेगर्दछ।
कफी र तिम्रो याद उस्तै लाग्छ मलाई, लत बसिहाल्यो ! दुबैले निदाउन दिदैन।
प्रियालाइ सम्झेरै रात बित्यो।  एन्जिला घरि घरि फोन गर्थी।  मैले जानीजानी रिसिभ गर्थिन।  उ धेरै म्यासेज गर्थी - "सधै हसाउन सक्दिन होला तर कहिले रुवाउने छैन सधै साथ दिन सक्दिन होला तर एक्लै छोड्ने पनि छैन " येस्तै येस्तै।  एक मन ले भन्थ्यो कि प्रिया लाइ वास्ता गर्न छोडिदिम अनि एन्जिला संग माया गासु।  फेरी मन मान्देन थियो।  पिडा त तब हुने रहेछ जब आफुले चाँहेको मान्छे पाँउन सकिदैन। मेहेन्दि गाढा बनाउन चिनि,कागति,चियापति र पानि नपारि राख्नुपर्छ।भोलिपल्ट पनि केयर गरेर उक्काए गाढा बस्छ। संम्बन्ध पनि त्यसरिनै केयर गर्नु पर्ने रहेछ।  प्रिया संग यदि म धेरै बोल्ने गर्थे र उसको हरेक कुरामा मेरो संलग्नता हुन्थ्यो भने सायद आज प्रियाको मुखबाट छुटिने कुरा आउने थिएन होला। रुदा रुदै रात बित्यो, धन्न ! आँशुको कुनै रंग हुँदैन । नभए भिजेको सिरानीले मेरो सप्पै पोल खोलिदिन्थ्यो होला ।"केही प्राप्त गर्न केही गुमाउनु पर्छ रे" तर मैले त स्वयम प्रिया लाइ नै गुमाए जस्तो लाग्न थाल्यो उसलाई पाउने आशा मा।
प्रिया संग बोल्न कि उसको घर पुग्नु पर्थ्यो कि उसको कलेज।  म सधैं भेट्न जान  नि सक्थिन।  अनि उ मलाई कल, म्यासेज गर्न नि सक्दिनथें।  मलाई एक्लो महसुस हुन्थ्यो।  एन्जिला संग फेरी उही पुरानै कुराहरु सुरु हुन थाल्यो।
एन्जिला ले  मलाई माया गर्थी।  मैले प्रिया लाइ,  अनि प्रिया ले आमा को इच्छा  पुरा गर्न मलाई छोड्ने निधो गरेकी थि।
एकदिन एस्तो आयो कि एन्जिला ले मेरो र प्रिया को कुरा सबै थाहा पाइ।  उसले फोन गरेर भनि - म तिमीलाई धेरै माया गर्छु।  मलाइ प्रियाको मायाको दोषी बन्नु छैन मलाई उसको माया खोसेर आफु खुसि हुनु छैन।  तिमि पनि प्रिया लाइ माया गर्छौ  भने मलाई तिमिहरु को बीच आउने कुनै अधिकार छैन।
उसले एक्कासी यो सब भन्दा मलाई नरमाइलो लाग्यो।  उसलाई भेटेर कुरा गर्न बल्ल तल्ल मनाए।  एन्जिला मैले यो सब पहिले नै  भन्छु भन्ने सोचेको थिए तर तिम्रो मन दुख्ने डर ले भन्न सकिन मलाई नि तिम्रो माया लाग्छ, राम्री लाग्छ तर म प्रिया लाइ पाउन चाहन्छु।  मैले उसलाई पाउने छु या पाउदिन थाहा छैन तर पनि म उसको माया मार्न सक्दिन।
थाहा छ मलाइ साँचो माया कस्तो हुन्छ। मैले नि तिमीलाई माया गर्छु अनि यदि कोहिलाइ साँचो माया गरेर नि पाइदैन भन्ने थाहा हुन्छ नि? दिल टुटेर आउछ।  तिमि आफ्नो मायामा अडिक रहनु अबश्य तिमि सफल हुनेछौ।  म सधैं तिम्रो साथ हुनेछु।  हरदम हर पल।  जहिले तिमि आफुलाई एक्लो महसुस गर्नेछौ तब मलाइ बोलाउनु म सधैं तिम्रो लागि बचिरहेकी हुनेछु। - उसले रुदै भनि।
उ केहि नबोली फर्की अनि गइ मैले बोलाउन सकिन न उसले नै फर्केर हेरी।
तिर्खा लागेको जस्तो घांटी  भित्रैबाट पोलेर आयो। आँखा रसाए संग संगै जिउ काम्न थाल्यो।
प्रिया को मन फर्कियोस प्राथना गर्दै थिए तर आशा थिएन।  दिनमै धनि हुने अनि प्रियाको आमालाइ खुसि राख्ने सपना बुन्न थाले।  बिचारी एन्जिलाको नि मेरो जति नै दुखाइ होला।  उ पनि रात दिन रुंदी हो।  तर म बिबश थिए न उस्का हात थाम्न सक्थे न प्रिया कै हात समाएर अगि बड्न।
न त कसैले सोध्यो, न त कसैलाई सुनाइयो, न त हेर्दा देखियो, न त हेर्नेले देखे।
केवल आफैले महसुस गरेँ म भित्रका ती तिम्रा अदृश्य अनि मौन दुखाइहरु !!


धर्म

एउटा गिद्धको बच्चाले भन्यो - "बुवाआज मलाई मान्छेको मासु खान मन लागेको छ ।" गिद्धले भन्यो - "हुन्छ बाबू ! म बेलुका लिएर आउँछु ।" यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको
मासु लिएर आयो । बच्चाले भन्यो - "यो त सुँगुरको मासु हो, मलाई त मान्छेको मासु खान मन लागेको छ।" गिद्धले भन्यो - "पर्खि ! म बेलुका सम्ममा बन्दोबस्त गर्छु ।" फेरि यति भनेर ऊ उड्यो र बेलुकी मरेको गाईको मासु लिएर आयो । बच्चाले रिसाउँदै भन्यो - "यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।" गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकिदियो । केही समयपछि त्यहाँ मान्छेका लाशहरू बग्रेल्ती भेटिए र गिद्धका बाउछोरा मिलेर अघाउँजी मान्छेको मासु खाए । गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र बाउलाई सोध्यो - "यो सब चमत्कार तपाईंले
कसरी गर्नुभयो, यति धेरै मान्छेको मासु ?" गिद्धले भन्यो - "छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थका लागि 'धर्म' नामको भाइरस फैलाएका छन् । अनि यही धर्मको नाममा मर्न र मार्न तयार हुन्छन् । धन्य नानी ! हाम्रो कुनै धर्म छैन, त्यसैले तँ मज्जाले मासु खा !!
सायद यसैले महान समाजशास्त्री कार्ल मार्क्सले धर्मलाई अफिम भनेका होलान

Friday, 31 July 2015

मेरो प्रेम अधुरो ..!!

आमा म सन्जिब सँगै बिहे गर्छु । मैले उसलाई एकदम माया गर्छु अनि मलाई उस्ले । हामी एकअर्कालाई एकदम माया गर्छौ।मैले रुँदै आमालाई सुनाएँ । 
९ महिना कोख मा राखेर हुर्काए बडाए आज यही सुन्न मैले ? थाहा छ ? तँ बिरामी हुँदा म नखाइ नखाइ कती रात भोकै बसे? के कमी थियो र हाम्रो माया मा आज हामी भन्दा त्यो भर्खर भेटेको केटा तेरो लागी सब थोक भयो ? आमा उत्तर दिन्थिन । 
बाबा तपाईं नै सम्झाउनु न आमा लाई आशु टिलपिल पार्दै बाबा को अगाडी पुग्दै भनेँ । 
ठिकै भन्दै छे बाबा को ठाडो जवाफ आयो । हामीले नि आफ्नो सन्तान को खुशी नै चाहेका छौ छोरी । हामिलाई थाह छ कुन कुरा ले आफ्नो सन्तान को भबिश्य राम्रो हुन्छ । 
हामिले खोजेको केटा एकदम राम्रो छ अनि पडेलेखेको पनि, 
राम्रो ठाँउ मा जागिर छ तँलाई खुशी रख्नेछ । 
हामिले आज सम्म कुनै कमी राखेनौ तेरो लागी अब चाहन्नौ कि हामीले बिदाइ गरेपछी तेरो जिबनमा हाम्रो कमी महसुस होस । 
हो बाबा तपाईंहरुले मेरो जिबनमा केहि कमी राख्नु भएन म खुशी छु । जन्माउनु भो हुर्काउनु भो आज यत्तिको सक्षम बनाउनु भयो । म निकै आभारि छु हजुरहरुको । आज सम्म मेरो इच्छ्या चाहना सबै पुरा गरिदिनु भो । आज पनि म हजुरहरु सँग अन्तिम केहि माग्दै छु कृपया मलाई सन्जिब सँग बिहे गर्न दिनुस । 
मैले रुदै भने । म कसरी नचिनेको मान्छे सँग आफ्नो पुरा जिन्दगी बिताउन सक्छु ? 
जसलाई अज सम्म देखेको छैन बोलेको छैन । 
आमा भान्छा बाट चिच्याइन - मैले नि तेरो बाउ लाई बिहे भाको दिन देखेको हो । खै आज म खुशी छु के नपुग्दो छ र सुखी छौ एक अर्का लाई बुझ्छौ । बिहे पछी सब थाहपाइन्छ । बिहे भएर आएको ४ दिन मा बल्ल मैले तेरो बाबा को मुख हेरेको थिए । 
मलाई बोल्ने ठाउँ थिएन । कसैले केहि मान्ने वाला थिएनन । लाग्यो कि माया गरेर ठुलो गल्ती गरे । आँखा चिम्लेर आफ्नो प्रेमी सम्झिदै भनेँ आमा त्यो बेला अर्कै थियो । आज अर्कै छ । जुन मान्छे लाई म चिन्दिन आज सम्म देखेको छैन उ सँग म कसरी जाउ ? कसरी बिश्वास गरु कि उस्ले मलाई खुशी राख्छ ? भोली दुख नदेला भन्नु बेवकुफिपन भएन र ? 
ए अब हामी नराम्रो भयौँ हैन के सम्झन्छन आजकल का केटीहरु हाम्लाई त सन्तानको माया नै छैन जस्तो । 
बाबा आमा दुबै मेरो कुरा सुन्ने अवस्थामा थिएनन । न मेरो कुरा ले केहि असार गर्थ्यो न मेरा आँखा का आँशु ले । उनिहरु आफ्नो जिध म अडिक थिए । 
पर्सी मलाई हेर्न केटा आउँदै थियो । पेशा ले मास्टर पि एच डि सकेको । मलाई एती मात्र थाह थियो उ अमेरिका बाट आएको अनि मलाई बिहे गरेर उतै जाने छ । 
म खुब रोए । मोबाइल निकाले अनि सन्जिब को फोटो हेरे झन रुन आयो । मोबाइल बन्द गरे अनि कोल्टे फेरे सोचे के भनु अब उस्लाई । कसरी भनु मेरो बिहे हुँदै छ । मोबाइल लिए । नम्बर डाइल गरे । बोल्न सक्छु जस्तो लागेन बारम बार प्रायास पछी बल्ल घन्टी जाने कल गर्न सके । उस्ले फोन उठायो । 
हेलो । 
उस्को बोली सुन्ना साथ खुब रुन आयो म बोल्न सक्ने अवस्था मा थिइन । उस्ले मायालु स्वर ले भन्यो सानु के भयो ? किन रोएकी ? 
बोल्न खोजे स्वर अड्कियो । उस्ले हर प्रायास गर्‍यो मलाई शान्त बनाउन अनि मेरो स्वर फुट्यो मलाई छोडिदेउ सन्जिब । 
उ रोकियो । 
के भयो कस्ले के भन्यो ? उ भन्दै थियो मैले सुनिन । 
अब म तिम्रो हुन सक्दिन । राम्रो यसैमा हुन्छ कि हामी एक अर्कालाई बिर्सिदिउँ । उस्ले राम्रो सँग भन्यो अज तिमी सुत भोली भेटेर कुरा गरौला । 
म भेट्न सक्दिन सन्जिब अब केहि हुन सक्दैन मलाई भुलिदेउ । मैले फोन राखिदिए । अनि बन्द गरे । मलाई थाहा थियो उस्ले मलाई फेरी कल गर्ने थियो र म अब केहि बोल्न सक्दिनथेँ । 
म खाना नखाइ सुते । भोली पल्ट Engagement को तयारी थियो सबै खुशी देखिन्थे सबै नातेदार को रमाइलो जमघट थियो । लाग्यो मेरो आँशु खस्दा कती धेरै खुशी छन मान्छे हरु । 
भित्र गए फेरी सन्जिब लाई फोन गरे । सारा कुरा सुनाए । उ रुन थल्यो । साथ मा म पनि । एस्तो सब किन गर्यौ उसले बारम बार प्रश्न गर्थ्यो मसँग कुनै उत्तर थिएन । मैले पनि सोचेको थिएन यो सब हुन्छ भन्ने न कैल्यै कल्पना नै गरेको थिए । मन पराएको मान्छे सँग छुटीनु पर्ला भन्ने । उसले भागेर बिहे गर्ने प्रस्ताब गर्‍यो । एक मन ले सोच्यो जान्छु अझै पनि केहि बिग्रेको छैन हामी एक हुन सक्छौ । फेरी सोचेँ हुन्न म जानु हुन्न ज जस्तो भएपनी म आफ्नो परिवार को ईज्जत् फाल्न सक्दिन म राम्रो संस्कार मा हुर्केकी केटी अनि समाज मा मेरो परिवार को मान सम्मान को कुरा । 
हुँदैन सन्जिब मेरो भावना कसैले सुनोस नसुनिस म आफ्नो परिवार को कुरा नकार्न सक्दिन । मलाई आफ्नो भन्दा मेरो परिवार को चिन्ता छ म आफ्नो जिबन सुख दुख जे जसरि नि काटुँला तर आफ्नो बाबु आमा को नाक काटेर हिंड्न सक्दिन । 
उ रिसायो !! के यही हो आज सम्म को तिम्रो माया? मेरो लागी ? ? म खुशी राख्छु तिमीलाई बिन्ती छ आउ मसँग । २ ४ दिन को त कुरा हो अनि त सबै सामान्य बनिहाल्छ नि । आफ्नो छोरी को माया कस्लाई हुँदैन र एक न एक्दिन हाम्रो मायाको अगाडी उहाँहरु हार्नु हुनेछ । आउ । 
उस्ले रुदै बिन्ती गर्‍यो । तर म लाचार थिए । सबै तिर बाट म नै दोशी देखिन्थे । कसैको लागि बाँच्न सकिन, न त कसैको लागी राम्रो बन्न नै । घाँटी मा पासो लगाएर मरिदिउ जस्तो लाग्यो । तर त्यती हिम्मत पनि थिएन । अब हाम्रो यही नै अन्तिम बोली होला अब म फोन गर्ने छैन, उ केहि भन्दै थियो मैले फोन राखिदिए । सिम निकालेर फलिदिए अनि आफ्नो भाग्य लाई कोस्दै रुन थाले । 
किनमेल सकि वरी भोली पाहुन को स्वागतमा सबै ब्यस्त देखिन्थे । मलाई न खान मन थियो न बोल्न । चुप चाप बस जिउदो लास झै लडिरहे । 
टिकाटालो को लागी निक्लेको गाडी भोली पल्ट बिहे कै लागी आएछ । बिदेश मा काम भएकाले बिहे छिट्टै गर्नु पर्ने भयो रे मेरो घर मा पहिलै कुरा भैसकेको रहेछ । मैले त्यही दिन मात्र थाहा पाए । 
छोरी भएर जन्मनु नै पश्चताप लाग्यो । किन आफु ले चहेको खुशी पाउन दुनिया सँग भिक माग्नु पर्ने ? किन सोचिदैन कि मेरो खुशी के थियो ? दशै मा काटि लागेको खसी र म बिच कुनै भिन्नता देख्दिन थिएँ आज मैले । घर कि एक्ली छोरी म आफ्नो खुशी लाई मेरो परिवार को लागि बली चाडाउदै थिएँ । मेरो सिउँदो मा सिन्दुर हालियो । सारा संन्सार कालो भयो । अब केहि बाकी थिएन आँखा बाट आँशु झर्यो । म रुँदा रुदै आँशु पुछ्ने सन्जिब लाई सम्झिए । तर अब त म यही याद को लागी पनि लायक थिइन । 
मारे पाप पाले पुन्ने !! गाडी मा चडाईयो । आमा को आँखा मा आँशु हेरे बाबा आमा दुबै रुदै थिए । गाडी बाट हाम्फाल्दै आमालाई अङ्गाले किन गर्यौ यो सब आमा मैले के नै गल्ती गरेको थिए र । आज मलाई सारा जिन्दगी रुन पठाएउ ? मन मनै प्रश्न गरे । 
कोही आइ मलाई गाडी मा बोकेर चाडायो । म बिबश बनी पराई को घर लाग्दै थिएँ । सारा संन्सार शुन्य लाग्यो । गाडी मा बजेका बाजा मेरा कान सम्म पुग्दै बिलाउँथे । बिहे घर मा सबै नयाँ दुलही को प्रतिक्षा मा थिए । 
मलाई भित्राइयो म सुरु सुरु अरु ले जे भन्छन मान्दै थिए । धेरै बेर को रम झम पछी सुन सान भयो । 
आमा ले त्यही कसैको फोन मा कल गर्नुभएछ । सानी फुच्चि भाउजु को फोन भन्दै ल्याउदै थि । म फेरी खुब रोए साथ मा आमा पनि । 
भोली पल्ट पनि बिहे कै रम झम थ्यो । २ दिन मा मेरो श्रीमान को अमेरिका को फ्लाईट रहेछ । उहाँ २ दिन पछी जानु भयो । घर मा सासु ससुरा अनि सानी नन्द थिईन । उहा सधै बाहिर को काम मा ब्यस्त हुनुहुन्थ्यो । म घर को काम गर्थे बाँकी दिन टोलाएरै जान्थ्यो । 
देखेर नपाईने रहेछ, लेखेर आउनु पर्ने रहेछ । 
बाबा आमा को निर्णय ले दुख भयो कि सुख, त्यो भन्नु छैन मलाई । सुनाउनु कसैलाई जरुरी पनि सोच्दिन अब । अरुले हुर्काए, अरुले बडाए, अरु ले नै घर गरेर खान पराईको जिम्मा लगाइदिए । 
गुनासो छैन कसैसँग । 
कहिले कही मेरो पहिलो माया को याद आउछ ।उसले गर्ने हरेक माया का पल ।
तर त्यो याद को नि अब केहि अर्थ रहेन । 
कहाँ होला के गर्दै होला सोच्ने गर्छु । 
जहाँ होस खुशी होस । 
मेरो लाखौ लाख कामना अनि माया उस्लाई !!

Tuesday, 28 July 2015

बस यात्रा

आजको दिन चितवन जाने मेरो मेसो। 
झोलामा २ - ४ दिनलाइ पुग्ने कपडा हालेर गाडी चड्न हाइवे पुगें। 
पोखरा बिश्वबिद्यालय देखि करिब १० मिनेट हिडेर पावरहाउस पुगे। 
ना १ त ५५४८ न: को गाडीमा आजको साइत जुरेछ। बीच बाटोमा चढेकोले अन्तिम सिट तिर लगियो। सबै आफ्नो आफ्नो गंताब्य तिर आफ्नो आफ्नो सपना लिएर हिडिरहेका थिए। पछाडीको सिट खालि नै थियो। झोला सिट छेउ राख्दै गोजीको मोबाइल निकालेर गीत बजाए। CHRIS MEDINA"What Are Words" बज्दै थियो एक्कासी मेरो नजर झ्याल छेउ कि एक केटिमा पर्यो। हरियो कुर्ता हात मा मेहेन्दी र चुरा भरेकी उनको केशले आखाको परेली जिस्काउदैथ्यो। दायाँ हातले जब उनले मुहार देखि कपाल हटाइन मेरो कानमा गीत सुनिन छोड्यो। परेलाले काम गर्न छोडे र एकोहोरो टोलाउन थाले। फिजिएका कपाल , आखा माथि को गाजल , अनि गाला को कोठी ले मेरो ढुकढुकी एक्कासी बढायो। पुर्णिमा को दिन बादल छिचलेर चन्द्रमा निक्लनु र उनले कपाल मिलाई परेली झिम्काउनु उस्तै लाग्यो। मन मा एउटै कुरा थ्यो अब कसरि बोल्ने यो केटि संग। सोच्दै गए केहि बहाना निक्लेन। दमौलीमा गाडी रोकियो एक बोतल पानि किने, हतारिदै गाडी चढेर पानि खाने मात्र के सोध्न लागेको थिए। उनीले आफै पानिको बोतल निकालेर पिउन थालिन।
उफ !! यो प्लानले नि फेल खायो।
के गर्ने सिधै बोल्दिम कि क्या हो ?
आफैले आफै लाइ प्रश्न गरे।
भो हेर्दै रिसाउलि जस्ती छ , कुरो नबन्दै बिग्रेला जस्तो लाग्यो।
हिम्मत जुटाएर बोलि फुट्यो : तपाई को नाम के हो ?
उनले म तिर फर्केर : हजुर !! मात्र भनिन ?
हजुर को नाम सोधेको ।
सिर्जना !! उसले भनि।
कहाँ सम्म जादै हुनुहुन्छ ?
मुग्लिन सम्म ।
अब के सोध्ने ??
फेसबुक आइडी मागम कि ?
भो, के छुचो हुनु , पहिलो पटक देख्दैमा येति अगाडी नबढेको नै राम्रो।
हैन कुरा नै नगरी त अब कसरि हुन्छ फेरी भेट होला नहोला तेइ फोन नम्बर नै पायनी फेरी भेट हुन सक्छ।
डुम्रे आयो।
मन मा अनेकौ कुरा खेल्दै गए न बोल्न सकियो न उसको कल्पना हटाउन।
प्रेमिका बनाउने देखि श्रीमती सम्म का धेरै सपना एकै हेराइ मा बुनिसकेको थिए।
तर पनि बोल्ने साहस आएन।
गोजीबाट कागज र पेन निकाले।
आफ्नो फोन न: लेखेर म तपाई संग साथी बन्न चाहन्छु यो नम्बर मा फोन गर्नु है सम्म लेखे।
उनि झर्ने बेला झ्याल बाट उनि तिर फाल्छु पक्कै हेर्चिन मन लागे फोन गर्ने छिन्।
हात मा कागज ready थियो।
मुग्लिन पनि आयो गाडी रोकियो।
मान्छे ओर्लिने र चड्ने गर्दै थे।
एउटा केटा हातमा बच्चा लिएर पछाडी आयो अनि सिर्जना तिर इसारा गर्दै भन्यो - Vomit त भएन? नानि भोकाए जस्तो छ !!
भन्दै हात कि करिब ७- ८ महिना कि बच्ची उनको हातमा थमाइदियो। उनले बच्चा लिदै बसबाट झरिन। म हेरेको हेरेइ भए।
श्रावन को महिना हात को चुरा र मेहेन्दी याद भएछ सिउदो को सिन्दुर त ख्याल नै भएन।
साचिनै सुन्दर चिज ले सबैलाई पागल र लालायित बनाउछ।
कागज को टुक्रा लाइ देब्रे छाती को माथि सर्टको गोजीमा राखेर फेरी गीत सुन्दै, "चितवन लागियो" ।

माया खै कस्ले बुझ्यो !!

सन्दिप हेर त मतङ्ग कती धेलै पैता छ । सर्लक्क परेका पिपलका एक मुठी पात समाउदै तोते बोली सँगई उस्ले भनि । ५ वटा पात छुट्टाउदै यो पैता ले ठुलो घर बनाउछु अनि ३ वटा पात छुट्टाउदै, यो पैता ले चाही कार किन्तु । खुब रमाउँथि धेरै पैसा कमाउने गाडी, घर, अनि राम्रो कपडा किन्ने, खुशी साथ बस्ने उस्को सपना ।
पुरा पनि हुन्थ्यो होला उस्को बाबा-आमा दुबै सरकारी जागिरे ।
म दौडिदै घर पुगे । आमा बारीमा तरकारी टिप्दै थिन । आमा मलाई धेरै पैसा दिनुन । आमा तरकारी टिप्नै ब्यस्त हुनुहुन्थ्यो ।
आमा मलाई धेरै पैसा दिनुन, स्मृती लाई कार किन्न मन छ रे, अनि ठुलो घर बनाउन, हामी बिहे गर्ने , म उस्लाई गाडीमा राखेर घुमाउछु ।
आमा केई नभनि भान्छा छिर्नुभो । भुइँमा तपतप पानी चुहिइदै थियो । खरको छानो चुहिएछ ।
उम्रीन नपाई तीन पात कसरी ओत लाग्ने र २ छाक टार्न गाह्रो छ हजुर महासय लाई बुढि घुमाउने रहर अहिल्यै देखी ? - आमाको जवाफ ।
हुन पनि हो कसरी किन्ने गाडी हामीलाई त २ पर खानु नै ठुलो थ्यो ।
म घर छेउ सरकारी स्कुल जान्थे । बाटोमा उनि सेतो सर्ट, अनि कालो स्कर्ट , रातो रिबनमा २ चुल्ठी बाटेर बोर्डिङ्ग को बस कुर्दै हुन्थी । स्मृती बेलुका चौतारीमा भेट्ने ल । म स्कुल दौडिन्थे । उ बस चाढ्थी । टाडैबाट म हात हल्लाई बिदाइ गर्थे अनि उनि झ्याल बाट हेरेर मुस्कुराउथि । म चार बजे नै चौतारी पुगिसक्थे । उ अबेर गरी आउँथि । सन्दिप आइज भाडाकुती खेल्ने त मेलो बुरा म तेलो बुरी । उस्को त्यही सपना दिनहु दोहोरिन्थे धेरै पैसा, गाडी, घर राम्रा कपडा !!
हेल त मेलो बुरा को त चप्पल नि दुइ वटा रङ को । मेरो खुट्टा हेर्दै उस्ले भनि । बाबाले तुना हालेर बनाइदिएको कालो र निलो चप्पल हेर्दै भने- स्मृती म ठुलो भएपछी धेरै पैसा कमाउछु अनि तलाई घर गाडी कपडा सब किन्दिन्छु । उ मख्ख पर्दै पिपलका पात बटुल्थी ।
यस्तै दिनहुको भेट सँगै SLC पनि पास भैयो । उ आफ्नो परिवार सँग उच्च शिक्षाको लागी शहर जाने भइ । बाबाहरु अब शहर जाने रे अनि म पनि उतै पढने । उस्ले भनि ।मेरा आँखामा आँशु टिलपिल गर्न थाले ।
रुन्चे स्वोर निकाल्दै भने - स्मृती मलाई नबिर्सी ल ।
धत तलाई बिर्सिन्छु र तँ त मेरो सानै देखीको साथी भाँडाकुटी खेल्ने मेरो प्यारो बुडा । हेरत रोएको, म शहर बाट आउँदा तँलाई चप्पल ल्याइदिन्छु ।
म दौडिदै घर गए माटोको खुत्रुके बोके अनि स्मृती सामु पुगे - ला यो मेरो पैसा राख्ने खुत्रुके अलिअली पैसा छ । यसमा तँ पैसा जम्मा गर अनि यही पैसाले गाडी किन्ने, घर बनाउने सपना पुरा गर अनि मलाई चै नबिर्सी नि । खुत्रुके हात मा लिदै उस्ले हुन्छ भनि ।
भोली उ जाँदै थि म खाना नि नखाइ सुते खुब रोएँ । बिहानै मुख नधोइ उस्लाई बिदाई गर्न पुगे, टाडै बाट हेरे अगाडि आँशु झार्न जान पनि सकिन।
उ सपरिवार बसमा शहर लागी ।
म आँशु पुछदै फर्किए ।
दिन बिते, महिना, अनि बर्ष !!
म दिनहु उसँग बिताएका पल सम्झन्थे । उस्लाई बिहे गर्ने ठुलो घरमा राख्ने गाडी चढाउने । उसँगका हरेक पल, चौतारीमा बसेर भाँडाकुटी खेलेको उस्ले ल्याएको खाजा खाएको, कपडाको पुतली लाई छोरा छोरी बनाएको । मेरो मन भित्रको उस्को तस्बिर ओल्टाइ पल्टाइ हेर्थे । बिहान बेलुका हरेक पल ।
आठ बर्ष बित्यो कुनै कुरा नभै उसँग । न फोन थ्यो न ईन्टरनेट, बोल्थे पनि कसरी ? ? गाउँ को रुप फेरियो । मेरो ज्यान हर्लक्क बड्यो । खाइलाग्दो जिउ, अनि झपक्क दारी आए , तर स्मृती कैलेइ फर्की आइने ।
बारीमा धान काट्ने मेसो थियो । मंसिर भर्खर सुरु थ्यो । अधिँया बारी कमाउने हामी, म धान काट्न बेस्त थिए ।
सन्जिब !!!!!!!!!!! टाढाबाट केटीको आवाज आयो । एक टक हेरिरहे उनि स्मृती थिइन ।
मेरो माया चोखो रहेछ । मेरा उस्लाई बुडी बनाउने सपना पुरा गर्छु । सोच्दै उ तिर दौडिए । बाटोमा पुगे सर्लक्क जिउ परेकी चिटिक्कको लुगा, सानी कि भन्दा धेरै राम्री ।
म एकोहोरो टोलाई रहेँ । उ बोल्दै गई म हेर्दै गएँ- उस्को ओठको चाल अनि मन्द मुस्कान ।
एक्कासी म छाँगा बाट खसेँ जब उस्ले मलाई आफ्नो बिहे को कुरा सुनाइ । हात मा भएको ठुलो मोबाइल मा फोटो देखाउदै - इ यो क्षितिज Bachelor सँगै पडेको । उहिँ काठमाडौं बस्छ । हामी यही मङ्सिर मा बिहे गर्दै छौँ । अनि अर्को महिना अमेरिका जाने ।
म सुनिरहे ।
अरे के भो ? त खुशी छैनस ? झन यती खुशी को कुरा छ - उस्ले भनि । म खस्न लागेका आँशु रोक्दै देखावोटी हाँसो ले भने- म कसरी खुशी हुनु मेरी सानी स्मृती, मेरो भाँडाकुटी खेल्ने बुडी लाई अरु कसैले लग्दै छ ।
उस्ले बुझिने । अझ झन हाँस्दै भनि भोली जाँदै छु । आज फुपु कोमा बस्छु ।20गते बिहे छ ।आउनु पर्छ नि। उ गाउँ कि फुपुको मा लागि म गह भरि आँशु लिदै बारी तिर लागेँ ।
भोली पल्ट उ फुपु लाई लिएर काठमाडौं लागी ।
साँचै उस्को सपना पुरा भए । शहर मा ठुलो घर अनि गाडी अब झन अमेरिका जाने । खुब खुशी हुन्छे ।उस्ले खोजे जस्तै ।
म बिहेमा जान पनि सकिन जानु पनि कसरी ? ?
बल्ल तल्ल मोबाइल किनेछु ।
कैले काँही फेसबुक मा सोध्छे - ओए मेरो सानो को बुडा सन्चै छस ?
अनी म ठीक छु भन्दै smile को emoticon पठाउँछु ।
कोल्टे फेर्छु, अनि भिजेको सिरानीमा हात राख्दै भन्छु- वाह सन्जिब !! तेरो माया !!!
+२ सकेर इन्जिनियरिङ्ग पड्ने सोच लिई म भारतको बैङ्लोर लागे । पहिलो पटक घर छोडेर बहिर जाँदा साह्रै पिडा हुने रहेछ ।लाग्यो कसैले मेरो शरीरमा २० किलो को ढुङ्गा हालिदिएछ । साथी भाई सँग को त्यो रमाइलो, आमाको आँखाको टिलपिल आँशु, भाई र बाबा को देखावटी हासो भित्र को पिडालाई आत्मसाथ गर्दै पड्ने ठुलो मान्छे बन्ने सपना बोकेर बैङ्लोर । 
रमाइलो शहरमा म कलेज Admission लाई पुगेँ । नयाँ ठाउँ, नयाँ समाज, हजारौ मान्छेहरु आफ्नो आफ्नो सपना बोकेर आएका थिए । 
कलेज भर्ना भएँ । कलेज नजिकै कोठा पनि लिए, बाबा नेपाल फर्कनु भो । अब दिनभर केहि काम थिएन पडाई सुरु पनि भाको थिएन, अब बस काम एउटै थियो फेसबुक । फेसबुक मा Timeline Refresh गर्दै बस्दै थिए, एक्कासी मेरो नजर People you may know मा पर्‍यो । नाम थियो- नैना शर्मा । चन्चले ठिटो केहि नसोची Add Botton क्लिक गरे । एकैछिन मा Accept पनि भयो । अनि सुरु भयो Flirting। Hi,Hello के छ ? एस्तै एस्तै । उनि दार्जेलिङ मा पढ्दै रैछिन १२ मा । बिस्तारि फोटो Search, like , comment गर्न थाले । तिमी त कती राम्रो गुडिया जस्तै मन लाग्छ सजाएर राखु । उ हाँस्थी गफाडी भन्दै । म जिस्किन्थे । उस्को जिस्काइ ले झन मलाई चन्चल गराउँथ्यो । बलेको आगोमा घिउ थपेको जस्तो । मेरो मन झन रन्किन्थ्यो अनि भन्थे म तिमीलाई माया गर्छु, बिहे गर्छु । आपोइ !!! यो केटा त बोल्न पाको छैन माया गर्छु बिहे गर्छु पो भन्छ हौ । मेरो त Boyfriend छ । लाईन नहान । म जिस्किदै थिए सोचे उ पनि जिस्किदै छ । 
दिनहुँ काम नै उसँग जिस्किने हुन्थ्यो लाग्थ्यो कि हामी एक अर्कालाई धेरै पहिले देखी चिन्थेम । म उस्को नामको अगाडी हरियो बत्ती कैले बल्छ भन्दै कुर्दै हुन्थे जब उ अन्लाईन आउँथी म कुरा गरिहाल्थे । हरेक साना कुरा देखी आफ्ना Personel कुरा सम्म Share हुन्थ्यो । उसँग नबोली त अब के नपुगे के जस्तो लाग्ने । नुन नहाल्या तरकारी अथवा भनौ सितन बिनाको रक्सी । 
म उस्को कुरामा लठ्ठ पर्थे । उ पनि राम्रो बोल्थी । लाग्यो म उसलाई मन पराउन थलिसकेको छु । 
नैना एउटा कुरा सोध्छु साचो भन ल । मैले भने । 
उस्ले हुन्छ जवाफ फर्काइ । के तिम्रो सचिकै बोयफ्रेन्ड छ ? उस्ले लिन्क पठाइ एउटा केटा को । अनि भनि लु आफै हेर यही हो मेरो बोयफ्रेन्ड पत्यार नलागे उसैलाई सोध । 
अब मैले उस्लाई के सोधु , धेरै सोचे कता कता मेरा सपना लडेको जस्तो लाग्यो । अनि केटालाई मेसेज गरे - तिम्रो गर्ल्फ्रेन्ड एकदम राम्री छ । साँचिकै तिमी एकदम Lucky छौ । जस्ले नैना लाई पायौ । उता बाट रिप्लाई आयो । तेसो भए इम्प्रेस गर अनि आफै लभ गर । म केहि बोलिन । उस्ले आफैले ब्लक गर्‍यो । सायद उस्लाई थाहा थियो म नैना सँग बोल्छु भनेर । मन पर्दैनथ्यो होला उस्लाई । 
म दिनहु जसो नैना सँग बोल्थे । आज एकदम मन दुख्दै थियो । खाना सम्म खाने जाँगर चलेको थिएन । 
भौगोलिक दुरी निकै टाडा थियो । उस्लाई भेट्ने सम्म हिम्मत थिएन मेरो । तर पनी फेसबुक बाट यती सम्म को माया बस्छ थाहाथिएन । उस्को हरेक कुरा याद हुन्थ्यो मलाई । उ भन्दा उस्को याद प्यारो लाग्न थाल्यो अब त, किनकी उ साथ हुन्छे हुँदिन थाहा थिएन तर उस्का याद सधै मेरो मन मस्तिस्क मा रहिरहन्थे । Virtual World मै सही मुस्कान रुपी घुस लिएर म उस्को हरेक ईच्क्षा चाहना पुरा गरिदिन्थे । रुँदा हसाउने दुख पर्दा समस्या को बाटो देखाउने । 
केहि दिनमा उ अन्लाईन आइ अनि रुदै भनी- अश्मित मलाई तिम्रो हरेक कुरा राम्रो लाग्छ । तिम्रो बोली मा जादु छ । तिमी सँग नबोल्दा मलाई एक रात काट्न मुस्किल पर्छ । जुन केटा को लिन्क मैले तिमिलाई पठाको थेँ i broke up with him. रुदै उस्ले सुनाइ मलाई झन नरमाइलो लाग्यो । म के भनु ? न सँगै बसी उस्को हात समाउन सक्छु न उस्को आँशु पुछ्न सक्छु म । हामी बिच फेसबुक को Chat box बाहेक अरु केहि संसार थिएन, कुनै संसार बसाउने सम्भावना पनि थिएन । मैले नै गर्दा उस्को हासी खुशी को जिन्दगी उजाड भाको जस्तो लाग्न थाल्यो । उस्को सम्पूर्ण दोशी म आँफु लाग्न थाल्यो । न म उसँग बोल्थे न जिस्किन्थे , न उस्ले आफ्नो बोयफ्रेन भन्दा नजिक मलाई सोच्थी , न उनिहरु बिच झगडा हुन्थ्यो ।
म उसँग बोल्न छोडे , जस्लाई पाउन सकिन्न , जस्को साथ हुन मुस्किल छ , उस्लाई भुल्न पनि निकै गाह्रो हुने रहेछ । अब त लाग्यो ; 
बन्नु छैन मलाई उस्को माया को दोशी !!
हुनु छैन मलाई खुशी अरुको माया खोसी !!
बिर्सने यो कोसिस तिमीलाई सधै रहिरहन्छ !!
नबोले नि यो मनले तिमीलाई माया गरिरहन्छ !!
बस !! अब बोल्न छोडिदिन्छु । न हामी नजिक हुन सक्छौ, न भेट्न नै , हामी बिचको भौगोलिक दुरी यती छ कि सधै साथ हुन नि मुस्किल छ । 
कस्तो दोधार !! म उसलाई छोड्न पनि सक्दिन, मन अन्तै मोड्न पनि सक्दिन । 
अझै पनि अन्योल मा छु । उस्लाई साथ दिउँ या यतिकै छोडु । 
हरेक पल उसको नाम यो मुटुमा धडकिरहन्छ । 
हरेक क्षड उसको माया यि आँखामा छल्किरहन्छ । 
हरेक सासले उस्को नाम सुस्काइ रहन्छ - 
नैना .. नैना .. नैना ..!!
अस्ति अलिकति ढिलो भो सधैं ६ बजे हिड्ने म अफिस सकेर, ८ बजिसकेको थियो। अफिस देखि कोठा अलि टाढा पर्छ। अनि बीचमा जंगल पनि। एक्लो ज्यान अधेरो बाटोमा मोटरसाइकलको बत्तिमा जादै थिए। बाटोमा एउटी केटि हिड्दै गरेको टाढैबाट देखे। येति राति यो जंगलमा एक्लै हिड्ने को रहेछ पक्का केहि दुख पाएको हुनुपर्छ कि बाटोमा बस छुटेको हुनुपर्छ सोच्दै केटि नजिक पुगेर मोटरसाइकल रोके।
म: बहिनि के भयो ? येति राति कता जना लागेको ? आउ बस म पुराइदिञ्छु।
उनि केहि नबोली मोटरसाइकल चढिन।
म: तिम्रो नाम के हो ?
म: पहिला कैलेई यता तिर देखेको थिन घर कता हो नि ?
सामान्य प्रश्न गर्दै थिए उनको केहि जवाफ थिएन।
करिब १० मिनेट पछि उनि बोलिन
उनि: सबै मान्छे कहाँ तपाई जस्तो राम्रा हुन्छन र यहा मान्छे ले आफ्नो स्वार्थ को लागि अरुको जिबन संग खेलबाड गर्छन।
मैले उसको कुरा बुझिन
म: हजुर, के भनेउ मैले त केहि नि बुझिन नि, कसले को संग खेलबाड गर्यो ?
उनि: मान्छेहरु सबै अरुको इज्जत गर्देनन कोहि इज्जत लुट्न कै लागि जन्मेका हुन्छन। अनि अरु दुनिया स्वार्थी बनिदिञ्छ येहा को रोयो कोस्कों मन दुख्यो अनि को मर्यो।
उनि एकाएक रोएको आवाज आयो। मैले मोटरसाइकलको दायाँ ऐना घुमाएर हेर्ये।
अचानक मेरो मुटु कामना थाल्यो। पछाडी कोहि केटि थिएन। मात्र रोएको आवाज आएको थियो। म के गरौ केहि सोच्न सकिन। झ्याप्प मोटरसाइकल रोके अनि धेरै साहस जुटाएर पछाडी हेर्ये न केटि थि न कुनै आवाज।
म बेहोसी मै कोठा सम्म पुगे अनि ओछ्यान मा सुते न खाना खाए न साथी हरु संग गफ गरे।
भोलि पल्ट नि अफिस आउन मन लागेन अनि आज बल्ल आए। बाटोमा एउटा भलाद्मी संग कुरा भयो।
धेरै पैला एउटी केटिको येही बाटो मा हत्या भाको थियो रे, को केटि कहाँ कि कसैलाई थाहा भयेनछ। गाउले सबै चुप बसे न प्रहरी न सरकार कसैलाई अत्तो पत्तो छैन। २ दिन मा तेही बाटो छेउ उनको लास गाढियेछ।
फेरी उनि संग भेट नहोस भन्ने कामना सहित आज अफिस आइएको छ।
संबिधान बारे सुझाब लिदै छन् रे। महिला अधिकार, हत्या, हिंसा र दुर्ब्येवहार बारे पनि केहि लेखियोस सरकार।
फोन मा !!
म: हेलो
उनि: हेलो
म: के छ ?
उनि: ठिक छ। अनि हजुर को ? 
म: ठिक छ। खाना खाएउ ?
उनि: अं, खाए अनि हजुर ले खानु भो ?
म: खाए, के गर्दै बसेको ?
उनि: एतिकै अनि हजुर?
म: एतिकै।
(दुवै चुपचाप __ )
एकछिनमा फेरी
म: के भो ?
उनि: केहि भाको छैन।
म: बोलनत
उनि: बोलिराको छु।
म: ए
(दुवै चुपचाप __ )
उनि: के भो ?
म: केहि भाको छैन।
उनि: बोल्नु न।
म: बोल्दै छु।
(दुवै चुपचाप ) .. .. .. .. .. .. .. .. !! !!! !!!!
.
.
तपाइको ब्यालेन्स रकम कम भैसकेको छ कृपया रिचार्ज गर्नु होला।
हवस्त नमस्कार !!
जुन चिज भाग्यमा छ !!
त्यो चिज भागेर भएनी आउँछ !!!
जुन चिज भाग्यमा छैन !!
त्यो चिज आए पनि भागेर जान्छ !!!

बालकै हुँदा स्कूलमा हरेक मास्टरले सोध्थे,
"ठूलो भएपछि के हुने इच्छा छ?" 
जवाफ त अहिले पो दिन मन छ, 
"बालकै हुन मन छ"