Friday 31 July 2015

मेरो प्रेम अधुरो ..!!

आमा म सन्जिब सँगै बिहे गर्छु । मैले उसलाई एकदम माया गर्छु अनि मलाई उस्ले । हामी एकअर्कालाई एकदम माया गर्छौ।मैले रुँदै आमालाई सुनाएँ । 
९ महिना कोख मा राखेर हुर्काए बडाए आज यही सुन्न मैले ? थाहा छ ? तँ बिरामी हुँदा म नखाइ नखाइ कती रात भोकै बसे? के कमी थियो र हाम्रो माया मा आज हामी भन्दा त्यो भर्खर भेटेको केटा तेरो लागी सब थोक भयो ? आमा उत्तर दिन्थिन । 
बाबा तपाईं नै सम्झाउनु न आमा लाई आशु टिलपिल पार्दै बाबा को अगाडी पुग्दै भनेँ । 
ठिकै भन्दै छे बाबा को ठाडो जवाफ आयो । हामीले नि आफ्नो सन्तान को खुशी नै चाहेका छौ छोरी । हामिलाई थाह छ कुन कुरा ले आफ्नो सन्तान को भबिश्य राम्रो हुन्छ । 
हामिले खोजेको केटा एकदम राम्रो छ अनि पडेलेखेको पनि, 
राम्रो ठाँउ मा जागिर छ तँलाई खुशी रख्नेछ । 
हामिले आज सम्म कुनै कमी राखेनौ तेरो लागी अब चाहन्नौ कि हामीले बिदाइ गरेपछी तेरो जिबनमा हाम्रो कमी महसुस होस । 
हो बाबा तपाईंहरुले मेरो जिबनमा केहि कमी राख्नु भएन म खुशी छु । जन्माउनु भो हुर्काउनु भो आज यत्तिको सक्षम बनाउनु भयो । म निकै आभारि छु हजुरहरुको । आज सम्म मेरो इच्छ्या चाहना सबै पुरा गरिदिनु भो । आज पनि म हजुरहरु सँग अन्तिम केहि माग्दै छु कृपया मलाई सन्जिब सँग बिहे गर्न दिनुस । 
मैले रुदै भने । म कसरी नचिनेको मान्छे सँग आफ्नो पुरा जिन्दगी बिताउन सक्छु ? 
जसलाई अज सम्म देखेको छैन बोलेको छैन । 
आमा भान्छा बाट चिच्याइन - मैले नि तेरो बाउ लाई बिहे भाको दिन देखेको हो । खै आज म खुशी छु के नपुग्दो छ र सुखी छौ एक अर्का लाई बुझ्छौ । बिहे पछी सब थाहपाइन्छ । बिहे भएर आएको ४ दिन मा बल्ल मैले तेरो बाबा को मुख हेरेको थिए । 
मलाई बोल्ने ठाउँ थिएन । कसैले केहि मान्ने वाला थिएनन । लाग्यो कि माया गरेर ठुलो गल्ती गरे । आँखा चिम्लेर आफ्नो प्रेमी सम्झिदै भनेँ आमा त्यो बेला अर्कै थियो । आज अर्कै छ । जुन मान्छे लाई म चिन्दिन आज सम्म देखेको छैन उ सँग म कसरी जाउ ? कसरी बिश्वास गरु कि उस्ले मलाई खुशी राख्छ ? भोली दुख नदेला भन्नु बेवकुफिपन भएन र ? 
ए अब हामी नराम्रो भयौँ हैन के सम्झन्छन आजकल का केटीहरु हाम्लाई त सन्तानको माया नै छैन जस्तो । 
बाबा आमा दुबै मेरो कुरा सुन्ने अवस्थामा थिएनन । न मेरो कुरा ले केहि असार गर्थ्यो न मेरा आँखा का आँशु ले । उनिहरु आफ्नो जिध म अडिक थिए । 
पर्सी मलाई हेर्न केटा आउँदै थियो । पेशा ले मास्टर पि एच डि सकेको । मलाई एती मात्र थाह थियो उ अमेरिका बाट आएको अनि मलाई बिहे गरेर उतै जाने छ । 
म खुब रोए । मोबाइल निकाले अनि सन्जिब को फोटो हेरे झन रुन आयो । मोबाइल बन्द गरे अनि कोल्टे फेरे सोचे के भनु अब उस्लाई । कसरी भनु मेरो बिहे हुँदै छ । मोबाइल लिए । नम्बर डाइल गरे । बोल्न सक्छु जस्तो लागेन बारम बार प्रायास पछी बल्ल घन्टी जाने कल गर्न सके । उस्ले फोन उठायो । 
हेलो । 
उस्को बोली सुन्ना साथ खुब रुन आयो म बोल्न सक्ने अवस्था मा थिइन । उस्ले मायालु स्वर ले भन्यो सानु के भयो ? किन रोएकी ? 
बोल्न खोजे स्वर अड्कियो । उस्ले हर प्रायास गर्‍यो मलाई शान्त बनाउन अनि मेरो स्वर फुट्यो मलाई छोडिदेउ सन्जिब । 
उ रोकियो । 
के भयो कस्ले के भन्यो ? उ भन्दै थियो मैले सुनिन । 
अब म तिम्रो हुन सक्दिन । राम्रो यसैमा हुन्छ कि हामी एक अर्कालाई बिर्सिदिउँ । उस्ले राम्रो सँग भन्यो अज तिमी सुत भोली भेटेर कुरा गरौला । 
म भेट्न सक्दिन सन्जिब अब केहि हुन सक्दैन मलाई भुलिदेउ । मैले फोन राखिदिए । अनि बन्द गरे । मलाई थाहा थियो उस्ले मलाई फेरी कल गर्ने थियो र म अब केहि बोल्न सक्दिनथेँ । 
म खाना नखाइ सुते । भोली पल्ट Engagement को तयारी थियो सबै खुशी देखिन्थे सबै नातेदार को रमाइलो जमघट थियो । लाग्यो मेरो आँशु खस्दा कती धेरै खुशी छन मान्छे हरु । 
भित्र गए फेरी सन्जिब लाई फोन गरे । सारा कुरा सुनाए । उ रुन थल्यो । साथ मा म पनि । एस्तो सब किन गर्यौ उसले बारम बार प्रश्न गर्थ्यो मसँग कुनै उत्तर थिएन । मैले पनि सोचेको थिएन यो सब हुन्छ भन्ने न कैल्यै कल्पना नै गरेको थिए । मन पराएको मान्छे सँग छुटीनु पर्ला भन्ने । उसले भागेर बिहे गर्ने प्रस्ताब गर्‍यो । एक मन ले सोच्यो जान्छु अझै पनि केहि बिग्रेको छैन हामी एक हुन सक्छौ । फेरी सोचेँ हुन्न म जानु हुन्न ज जस्तो भएपनी म आफ्नो परिवार को ईज्जत् फाल्न सक्दिन म राम्रो संस्कार मा हुर्केकी केटी अनि समाज मा मेरो परिवार को मान सम्मान को कुरा । 
हुँदैन सन्जिब मेरो भावना कसैले सुनोस नसुनिस म आफ्नो परिवार को कुरा नकार्न सक्दिन । मलाई आफ्नो भन्दा मेरो परिवार को चिन्ता छ म आफ्नो जिबन सुख दुख जे जसरि नि काटुँला तर आफ्नो बाबु आमा को नाक काटेर हिंड्न सक्दिन । 
उ रिसायो !! के यही हो आज सम्म को तिम्रो माया? मेरो लागी ? ? म खुशी राख्छु तिमीलाई बिन्ती छ आउ मसँग । २ ४ दिन को त कुरा हो अनि त सबै सामान्य बनिहाल्छ नि । आफ्नो छोरी को माया कस्लाई हुँदैन र एक न एक्दिन हाम्रो मायाको अगाडी उहाँहरु हार्नु हुनेछ । आउ । 
उस्ले रुदै बिन्ती गर्‍यो । तर म लाचार थिए । सबै तिर बाट म नै दोशी देखिन्थे । कसैको लागि बाँच्न सकिन, न त कसैको लागी राम्रो बन्न नै । घाँटी मा पासो लगाएर मरिदिउ जस्तो लाग्यो । तर त्यती हिम्मत पनि थिएन । अब हाम्रो यही नै अन्तिम बोली होला अब म फोन गर्ने छैन, उ केहि भन्दै थियो मैले फोन राखिदिए । सिम निकालेर फलिदिए अनि आफ्नो भाग्य लाई कोस्दै रुन थाले । 
किनमेल सकि वरी भोली पाहुन को स्वागतमा सबै ब्यस्त देखिन्थे । मलाई न खान मन थियो न बोल्न । चुप चाप बस जिउदो लास झै लडिरहे । 
टिकाटालो को लागी निक्लेको गाडी भोली पल्ट बिहे कै लागी आएछ । बिदेश मा काम भएकाले बिहे छिट्टै गर्नु पर्ने भयो रे मेरो घर मा पहिलै कुरा भैसकेको रहेछ । मैले त्यही दिन मात्र थाहा पाए । 
छोरी भएर जन्मनु नै पश्चताप लाग्यो । किन आफु ले चहेको खुशी पाउन दुनिया सँग भिक माग्नु पर्ने ? किन सोचिदैन कि मेरो खुशी के थियो ? दशै मा काटि लागेको खसी र म बिच कुनै भिन्नता देख्दिन थिएँ आज मैले । घर कि एक्ली छोरी म आफ्नो खुशी लाई मेरो परिवार को लागि बली चाडाउदै थिएँ । मेरो सिउँदो मा सिन्दुर हालियो । सारा संन्सार कालो भयो । अब केहि बाकी थिएन आँखा बाट आँशु झर्यो । म रुँदा रुदै आँशु पुछ्ने सन्जिब लाई सम्झिए । तर अब त म यही याद को लागी पनि लायक थिइन । 
मारे पाप पाले पुन्ने !! गाडी मा चडाईयो । आमा को आँखा मा आँशु हेरे बाबा आमा दुबै रुदै थिए । गाडी बाट हाम्फाल्दै आमालाई अङ्गाले किन गर्यौ यो सब आमा मैले के नै गल्ती गरेको थिए र । आज मलाई सारा जिन्दगी रुन पठाएउ ? मन मनै प्रश्न गरे । 
कोही आइ मलाई गाडी मा बोकेर चाडायो । म बिबश बनी पराई को घर लाग्दै थिएँ । सारा संन्सार शुन्य लाग्यो । गाडी मा बजेका बाजा मेरा कान सम्म पुग्दै बिलाउँथे । बिहे घर मा सबै नयाँ दुलही को प्रतिक्षा मा थिए । 
मलाई भित्राइयो म सुरु सुरु अरु ले जे भन्छन मान्दै थिए । धेरै बेर को रम झम पछी सुन सान भयो । 
आमा ले त्यही कसैको फोन मा कल गर्नुभएछ । सानी फुच्चि भाउजु को फोन भन्दै ल्याउदै थि । म फेरी खुब रोए साथ मा आमा पनि । 
भोली पल्ट पनि बिहे कै रम झम थ्यो । २ दिन मा मेरो श्रीमान को अमेरिका को फ्लाईट रहेछ । उहाँ २ दिन पछी जानु भयो । घर मा सासु ससुरा अनि सानी नन्द थिईन । उहा सधै बाहिर को काम मा ब्यस्त हुनुहुन्थ्यो । म घर को काम गर्थे बाँकी दिन टोलाएरै जान्थ्यो । 
देखेर नपाईने रहेछ, लेखेर आउनु पर्ने रहेछ । 
बाबा आमा को निर्णय ले दुख भयो कि सुख, त्यो भन्नु छैन मलाई । सुनाउनु कसैलाई जरुरी पनि सोच्दिन अब । अरुले हुर्काए, अरुले बडाए, अरु ले नै घर गरेर खान पराईको जिम्मा लगाइदिए । 
गुनासो छैन कसैसँग । 
कहिले कही मेरो पहिलो माया को याद आउछ ।उसले गर्ने हरेक माया का पल ।
तर त्यो याद को नि अब केहि अर्थ रहेन । 
कहाँ होला के गर्दै होला सोच्ने गर्छु । 
जहाँ होस खुशी होस । 
मेरो लाखौ लाख कामना अनि माया उस्लाई !!

No comments:

Post a Comment