Tuesday 28 July 2015

अस्ति अलिकति ढिलो भो सधैं ६ बजे हिड्ने म अफिस सकेर, ८ बजिसकेको थियो। अफिस देखि कोठा अलि टाढा पर्छ। अनि बीचमा जंगल पनि। एक्लो ज्यान अधेरो बाटोमा मोटरसाइकलको बत्तिमा जादै थिए। बाटोमा एउटी केटि हिड्दै गरेको टाढैबाट देखे। येति राति यो जंगलमा एक्लै हिड्ने को रहेछ पक्का केहि दुख पाएको हुनुपर्छ कि बाटोमा बस छुटेको हुनुपर्छ सोच्दै केटि नजिक पुगेर मोटरसाइकल रोके।
म: बहिनि के भयो ? येति राति कता जना लागेको ? आउ बस म पुराइदिञ्छु।
उनि केहि नबोली मोटरसाइकल चढिन।
म: तिम्रो नाम के हो ?
म: पहिला कैलेई यता तिर देखेको थिन घर कता हो नि ?
सामान्य प्रश्न गर्दै थिए उनको केहि जवाफ थिएन।
करिब १० मिनेट पछि उनि बोलिन
उनि: सबै मान्छे कहाँ तपाई जस्तो राम्रा हुन्छन र यहा मान्छे ले आफ्नो स्वार्थ को लागि अरुको जिबन संग खेलबाड गर्छन।
मैले उसको कुरा बुझिन
म: हजुर, के भनेउ मैले त केहि नि बुझिन नि, कसले को संग खेलबाड गर्यो ?
उनि: मान्छेहरु सबै अरुको इज्जत गर्देनन कोहि इज्जत लुट्न कै लागि जन्मेका हुन्छन। अनि अरु दुनिया स्वार्थी बनिदिञ्छ येहा को रोयो कोस्कों मन दुख्यो अनि को मर्यो।
उनि एकाएक रोएको आवाज आयो। मैले मोटरसाइकलको दायाँ ऐना घुमाएर हेर्ये।
अचानक मेरो मुटु कामना थाल्यो। पछाडी कोहि केटि थिएन। मात्र रोएको आवाज आएको थियो। म के गरौ केहि सोच्न सकिन। झ्याप्प मोटरसाइकल रोके अनि धेरै साहस जुटाएर पछाडी हेर्ये न केटि थि न कुनै आवाज।
म बेहोसी मै कोठा सम्म पुगे अनि ओछ्यान मा सुते न खाना खाए न साथी हरु संग गफ गरे।
भोलि पल्ट नि अफिस आउन मन लागेन अनि आज बल्ल आए। बाटोमा एउटा भलाद्मी संग कुरा भयो।
धेरै पैला एउटी केटिको येही बाटो मा हत्या भाको थियो रे, को केटि कहाँ कि कसैलाई थाहा भयेनछ। गाउले सबै चुप बसे न प्रहरी न सरकार कसैलाई अत्तो पत्तो छैन। २ दिन मा तेही बाटो छेउ उनको लास गाढियेछ।
फेरी उनि संग भेट नहोस भन्ने कामना सहित आज अफिस आइएको छ।
संबिधान बारे सुझाब लिदै छन् रे। महिला अधिकार, हत्या, हिंसा र दुर्ब्येवहार बारे पनि केहि लेखियोस सरकार।

No comments:

Post a Comment