Tuesday 25 August 2015

एक सन्दर्भ - नेपाल को

एक मदेश एक प्रदेश !!
हिमाल पहाड तराइ - कोहि छैन पराइ !!
२ तिर बाट २ नारा मा जुलुश आउदै थियो।
कोहि बन्दको समर्थन मा त कोहि बन्दको बिरोद मा
कृषि मुलश्च: जिवनम् !! सोच ले पक्लिहवा क्याम्पस मा ए.जी पड्ने म, भैरहवा जानु थियो।
१० दिन देखिको लगातार बन्दले गर्दा गोजामा पैसो सुको थिएन। १०० को हरियो पत्ती गोजामा हालेर म भैरहवा को लागि निस्किए।
कलेज गेट के पुगेको थिए, ए हान साले लाइ यही हो नेपालि लाइ कुट्ने अगि भन्दै १० - १५ जनाको समूह हातमा लट्ठी बोकेर ३ दारी पालेका केटा हरु लाइ लखेट्दै थिए। २ जना करिब २५ - ३० वर्षका देखिन्थे भने अर्को १७ १८।
एउटा ले हानेको लौरीले सानो देखिने केटा लड्यो जर्फरौदै उठ्यो अनि फेरी भाग्न खोज्यो यसैमा सम्पूर्ण समूह ३ जना माथि जाइलागे कोहि लाठी बर्साउन थाले त कोहि मुक्का भुइँ रगताम्ये भयो। प्रकृति रुपी हावा मा कतै बारुद को गन्द थियो कतै धुलो को। आकाश कालो देखिन्थ्यो अनि ओरिपरि का मान्छे क्रोधित।
रिक्सा चढे।
दाइ कति हो भाडा ? गोजा को १०० छाम्दै सोधे।
रिक्सा वाला ले जवाफ दियो - भाडा १०० लाग्छ मन छ त औनुस छैन त जानुस यसै त दंगा भैहालेछ जता ततै ज्यान को सुरक्षा छैन त के जानु बाहिर।
उसले भाबपूर्ण तरिका ले भन्यो।
हुन्छ जाउँ जहाँ सम्म दंगा छैन उहीं सम्म पुराइदेउ। मैले भने।
कलेज देखि भैरहवा पुग्न करिब २० मिनेट लाग्थ्यो।
रिक्सावाला कराउदै थियो- के का लागि लडेछ भाइ भाइ ? सबै शान्ति संग बसेको त् थियो बेकार मा लडाएछ।
मैले उसको कुरा सुनेर भनिहाले - तिमीहरुलाई त राम्रै छ त बन्द भएर ५० को भाडा १०० लिएर हिडेको छ।
उ झोक्किदै भन्यो - अरे खाग को फायेदा हजुर , महंगी देखिलियेछ प्याज आलो चावोल कित्ना महंगीयेछ हमारा नि जहान बच्चा छ हजुर कहिले काही यस्तै टायम मा कमाउछ।
(रिक्साको पछाडीको चक्का खाल्डोमा पर्छ)
अरे ए देख्नुस देश को बाटो को हालत कस्तो छ एता ध्यान कोहि को जादैन। यही कलेज छ यही हस्पिटल छ दिन को दिन दुनिया मानिस हिंडिरहन्छ कोहि कोसैलाई मतलप छैन।
( हुनपनि हो नेपाल कै टप कृषि कलेज यही छ यु.सी.एम.एस हस्पिटल पनि यही छ। हजारौ मानिसहरु आउ जाउ गर्ने गर्छन )
देब्रे तिर इसारा गर्दै उसले भन्यो - ल हेर्नुस यो हरियो घर नेता को हो। नेता को घर को बाटो छ एस्तो। त कसरि हुन्छ ? यही आफु ले भोट दिएर जितायेछ तर गर्यो कसको लागि खालि आफ्नै लागि। अझै पनि नेताको पछि लागेछ दंगा गरेको छ दिमाग छैन कोहि नेपाली को।
मैले भने - तिमि हरु आफै पहाडिया लाइ मधेश देखि लखेट्नु पर्छ भन्दै हिड्छ अनि दंगा नभए के हुन्छ ?
उ झोक्किदै भन्यो - अरे बुझ्नु भएछ ? तपाई कुरा गर्नु हुन्छ, कुन नेपाली-मधेसी गएको छ दंगा मा देखाउनुस मलाई। खालि त्यो नेता को खुट्टा चाट्ने गएछ २ - ४ जना। हामि लाई कौन पहाडी कौन मधेसी कोइ सरोकार छैन। हामी पहिले देखि मिलेर बसेको छ भोलि पनि मिलेर बस्छ।
मैले फेरी सोधे - नेपाली मधेसी दंगा मा गएको छैन भने यो सब कसले गर्दै छ ?
उसले भन्यो - बाहिर बाट आएछ हजुर चुतिया हरु , २ - ४ सय पैसा र मासु भात खायेछ दिनभर दंगा गरेको छ सबैले भन्छ नेपालि ले गरेको छ। कोहि नेपाली देश को हामी नेपाली मधेसी आन्दोलन मा देख्नु भएछ भने मेरो मु मा थुकिदिनुस।
बैंक रोड मा ओर्लिए। रिक्सा वाला लाइ धन्येबाद दिदै ए.टि.एम तिर लागे। अफसोच बन्द रहेछ।
भएको १०० नि यही पैसा निकाल्न आउने चक्कर मा सकियो। अब हिडेर जाने बाहेक केहि उपाए रहेन।
ओरिपरि को होटेल घर नियाल्दै थिए - सबै बन्द थिए कतै को सिसा फोरिएको थियो। छेउ नै नेर राखिएका मोटरसाइकल जलाइएको थियो। पसल को ढोका फोरियेका थिए। एम्बुलेन्स नि जलयेछन, आखिर ति बिरामी हुदा के मा चडी हस्पिटल पुग्दा हुन्। कोहि बन्द गर्नु पर्छ भन्दै जलाउदै थिए कोहि खोल्नु पर्छ भन्दै , तर जसले जे भनेर जलायेनी आखिर जलेको त मेरो देश नै छ। नेपाली जनता लाई पोलिरहेको छ त न्यानो कोहि अरु ताप्दै छ। नेपाल आमा को नाथ्री फुटेछ रगत बगेको स्पस्ट देखिन्थ्यो।
खुल्ला आखा ले देख्ने राजनीति होइन यो, हिन्दि फिलिम को याद आउच मलाई देखिन्छ एउटा भित्र अर्को राजनीति, बाहिरी देखिन्छ एउटा भित्र गर्छ अर्को, एक ले अर्को लाइ बिना आफ्नो स्वार्थ केहि गर्दैन गर्छ त बस आफ्नो लागि आफ्नो पावोर को लागि। आखिर यो नेपाल मा नि गर्यो कोस्ले प्रश्न चिन्न छ। सोजा जनता भेडा को भन्दा नि तलको औकात मा एक अर्का को ज्यान लिन तम्सेको देख्दा नेपाली भन्न नि लाज लागेर आउछ। कठपुतली झैँ नचाऊने नौटंकी बाज को पछि लागेर नै नेपाल र नेपाली को हित कैलेइ भएन। तालिबानि पनि खुशी भएहोलान, हामी भन्दापनी दयाहिन मानिस यो सँसारमा अरुनै रैछन भनेर।
अब चुप बस्ने दिन छैनन् , ए भैया आउ, ए भोटे आउ, ओए बाउन आउ, ज्यापू आउ, पोडे आउ, नेपाली आउ, हातमा हात समाउँ, सरकार लाइ घेरौं। बुझाउँ हामी टुटेको छैनौं। हामि कैलेइ फुट्ने छैनौ। जातिय खेल को तमासा बनाएर हेर्ने ति देश्ध्रोही लाई डाँडो कटाउँ।
अनेकौ मनोबाद बुन्दै कलेज पुगे। फेरी कलेज पछाडी बाट लास झिकियो रे।आन्दोलनकारी रे। आखिर मर्यो त को ? एक नेपाली।
प्रतेक घटना ले मलाई क्रोधित बनायो।
कुन जुनी को पाप को सजाए दिन मलाई नेपाल मा जन्मायेउ हे भगवान ?
अब
गोजा मा पैसा अभाब
क्यान्टिन मा खाजा अभाब
जनता मा बुद्धि अभाब
नेता मा नैतिकता अभाब
अभावै अभाब को देश ले हिजो मलाइ भोकै सुतायो।
धन्य छ मेरो देश।
पशुपति नाथ ले सबै को रक्षा गरुन।

No comments:

Post a Comment