Tuesday, 28 July 2015

बस यात्रा

आजको दिन चितवन जाने मेरो मेसो। 
झोलामा २ - ४ दिनलाइ पुग्ने कपडा हालेर गाडी चड्न हाइवे पुगें। 
पोखरा बिश्वबिद्यालय देखि करिब १० मिनेट हिडेर पावरहाउस पुगे। 
ना १ त ५५४८ न: को गाडीमा आजको साइत जुरेछ। बीच बाटोमा चढेकोले अन्तिम सिट तिर लगियो। सबै आफ्नो आफ्नो गंताब्य तिर आफ्नो आफ्नो सपना लिएर हिडिरहेका थिए। पछाडीको सिट खालि नै थियो। झोला सिट छेउ राख्दै गोजीको मोबाइल निकालेर गीत बजाए। CHRIS MEDINA"What Are Words" बज्दै थियो एक्कासी मेरो नजर झ्याल छेउ कि एक केटिमा पर्यो। हरियो कुर्ता हात मा मेहेन्दी र चुरा भरेकी उनको केशले आखाको परेली जिस्काउदैथ्यो। दायाँ हातले जब उनले मुहार देखि कपाल हटाइन मेरो कानमा गीत सुनिन छोड्यो। परेलाले काम गर्न छोडे र एकोहोरो टोलाउन थाले। फिजिएका कपाल , आखा माथि को गाजल , अनि गाला को कोठी ले मेरो ढुकढुकी एक्कासी बढायो। पुर्णिमा को दिन बादल छिचलेर चन्द्रमा निक्लनु र उनले कपाल मिलाई परेली झिम्काउनु उस्तै लाग्यो। मन मा एउटै कुरा थ्यो अब कसरि बोल्ने यो केटि संग। सोच्दै गए केहि बहाना निक्लेन। दमौलीमा गाडी रोकियो एक बोतल पानि किने, हतारिदै गाडी चढेर पानि खाने मात्र के सोध्न लागेको थिए। उनीले आफै पानिको बोतल निकालेर पिउन थालिन।
उफ !! यो प्लानले नि फेल खायो।
के गर्ने सिधै बोल्दिम कि क्या हो ?
आफैले आफै लाइ प्रश्न गरे।
भो हेर्दै रिसाउलि जस्ती छ , कुरो नबन्दै बिग्रेला जस्तो लाग्यो।
हिम्मत जुटाएर बोलि फुट्यो : तपाई को नाम के हो ?
उनले म तिर फर्केर : हजुर !! मात्र भनिन ?
हजुर को नाम सोधेको ।
सिर्जना !! उसले भनि।
कहाँ सम्म जादै हुनुहुन्छ ?
मुग्लिन सम्म ।
अब के सोध्ने ??
फेसबुक आइडी मागम कि ?
भो, के छुचो हुनु , पहिलो पटक देख्दैमा येति अगाडी नबढेको नै राम्रो।
हैन कुरा नै नगरी त अब कसरि हुन्छ फेरी भेट होला नहोला तेइ फोन नम्बर नै पायनी फेरी भेट हुन सक्छ।
डुम्रे आयो।
मन मा अनेकौ कुरा खेल्दै गए न बोल्न सकियो न उसको कल्पना हटाउन।
प्रेमिका बनाउने देखि श्रीमती सम्म का धेरै सपना एकै हेराइ मा बुनिसकेको थिए।
तर पनि बोल्ने साहस आएन।
गोजीबाट कागज र पेन निकाले।
आफ्नो फोन न: लेखेर म तपाई संग साथी बन्न चाहन्छु यो नम्बर मा फोन गर्नु है सम्म लेखे।
उनि झर्ने बेला झ्याल बाट उनि तिर फाल्छु पक्कै हेर्चिन मन लागे फोन गर्ने छिन्।
हात मा कागज ready थियो।
मुग्लिन पनि आयो गाडी रोकियो।
मान्छे ओर्लिने र चड्ने गर्दै थे।
एउटा केटा हातमा बच्चा लिएर पछाडी आयो अनि सिर्जना तिर इसारा गर्दै भन्यो - Vomit त भएन? नानि भोकाए जस्तो छ !!
भन्दै हात कि करिब ७- ८ महिना कि बच्ची उनको हातमा थमाइदियो। उनले बच्चा लिदै बसबाट झरिन। म हेरेको हेरेइ भए।
श्रावन को महिना हात को चुरा र मेहेन्दी याद भएछ सिउदो को सिन्दुर त ख्याल नै भएन।
साचिनै सुन्दर चिज ले सबैलाई पागल र लालायित बनाउछ।
कागज को टुक्रा लाइ देब्रे छाती को माथि सर्टको गोजीमा राखेर फेरी गीत सुन्दै, "चितवन लागियो" ।

No comments:

Post a Comment