आमा म सन्जिब सँगै बिहे गर्छु । मैले उसलाई एकदम माया गर्छु अनि मलाई उस्ले । हामी एकअर्कालाई एकदम माया गर्छौ।मैले रुँदै आमालाई सुनाएँ ।
९ महिना कोख मा राखेर हुर्काए बडाए आज यही सुन्न मैले ? थाहा छ ? तँ बिरामी हुँदा म नखाइ नखाइ कती रात भोकै बसे? के कमी थियो र हाम्रो माया मा आज हामी भन्दा त्यो भर्खर भेटेको केटा तेरो लागी सब थोक भयो ? आमा उत्तर दिन्थिन ।
बाबा तपाईं नै सम्झाउनु न आमा लाई आशु टिलपिल पार्दै बाबा को अगाडी पुग्दै भनेँ ।
ठिकै भन्दै छे बाबा को ठाडो जवाफ आयो । हामीले नि आफ्नो सन्तान को खुशी नै चाहेका छौ छोरी । हामिलाई थाह छ कुन कुरा ले आफ्नो सन्तान को भबिश्य राम्रो हुन्छ ।
हामिले खोजेको केटा एकदम राम्रो छ अनि पडेलेखेको पनि,
राम्रो ठाँउ मा जागिर छ तँलाई खुशी रख्नेछ ।
हामिले आज सम्म कुनै कमी राखेनौ तेरो लागी अब चाहन्नौ कि हामीले बिदाइ गरेपछी तेरो जिबनमा हाम्रो कमी महसुस होस ।
हो बाबा तपाईंहरुले मेरो जिबनमा केहि कमी राख्नु भएन म खुशी छु । जन्माउनु भो हुर्काउनु भो आज यत्तिको सक्षम बनाउनु भयो । म निकै आभारि छु हजुरहरुको । आज सम्म मेरो इच्छ्या चाहना सबै पुरा गरिदिनु भो । आज पनि म हजुरहरु सँग अन्तिम केहि माग्दै छु कृपया मलाई सन्जिब सँग बिहे गर्न दिनुस ।
मैले रुदै भने । म कसरी नचिनेको मान्छे सँग आफ्नो पुरा जिन्दगी बिताउन सक्छु ?
जसलाई अज सम्म देखेको छैन बोलेको छैन ।
आमा भान्छा बाट चिच्याइन - मैले नि तेरो बाउ लाई बिहे भाको दिन देखेको हो । खै आज म खुशी छु के नपुग्दो छ र सुखी छौ एक अर्का लाई बुझ्छौ । बिहे पछी सब थाहपाइन्छ । बिहे भएर आएको ४ दिन मा बल्ल मैले तेरो बाबा को मुख हेरेको थिए ।
मलाई बोल्ने ठाउँ थिएन । कसैले केहि मान्ने वाला थिएनन । लाग्यो कि माया गरेर ठुलो गल्ती गरे । आँखा चिम्लेर आफ्नो प्रेमी सम्झिदै भनेँ आमा त्यो बेला अर्कै थियो । आज अर्कै छ । जुन मान्छे लाई म चिन्दिन आज सम्म देखेको छैन उ सँग म कसरी जाउ ? कसरी बिश्वास गरु कि उस्ले मलाई खुशी राख्छ ? भोली दुख नदेला भन्नु बेवकुफिपन भएन र ?
ए अब हामी नराम्रो भयौँ हैन के सम्झन्छन आजकल का केटीहरु हाम्लाई त सन्तानको माया नै छैन जस्तो ।
बाबा आमा दुबै मेरो कुरा सुन्ने अवस्थामा थिएनन । न मेरो कुरा ले केहि असार गर्थ्यो न मेरा आँखा का आँशु ले । उनिहरु आफ्नो जिध म अडिक थिए ।
पर्सी मलाई हेर्न केटा आउँदै थियो । पेशा ले मास्टर पि एच डि सकेको । मलाई एती मात्र थाह थियो उ अमेरिका बाट आएको अनि मलाई बिहे गरेर उतै जाने छ ।
म खुब रोए । मोबाइल निकाले अनि सन्जिब को फोटो हेरे झन रुन आयो । मोबाइल बन्द गरे अनि कोल्टे फेरे सोचे के भनु अब उस्लाई । कसरी भनु मेरो बिहे हुँदै छ । मोबाइल लिए । नम्बर डाइल गरे । बोल्न सक्छु जस्तो लागेन बारम बार प्रायास पछी बल्ल घन्टी जाने कल गर्न सके । उस्ले फोन उठायो ।
हेलो ।
उस्को बोली सुन्ना साथ खुब रुन आयो म बोल्न सक्ने अवस्था मा थिइन । उस्ले मायालु स्वर ले भन्यो सानु के भयो ? किन रोएकी ?
बोल्न खोजे स्वर अड्कियो । उस्ले हर प्रायास गर्यो मलाई शान्त बनाउन अनि मेरो स्वर फुट्यो मलाई छोडिदेउ सन्जिब ।
उ रोकियो ।
के भयो कस्ले के भन्यो ? उ भन्दै थियो मैले सुनिन ।
अब म तिम्रो हुन सक्दिन । राम्रो यसैमा हुन्छ कि हामी एक अर्कालाई बिर्सिदिउँ । उस्ले राम्रो सँग भन्यो अज तिमी सुत भोली भेटेर कुरा गरौला ।
म भेट्न सक्दिन सन्जिब अब केहि हुन सक्दैन मलाई भुलिदेउ । मैले फोन राखिदिए । अनि बन्द गरे । मलाई थाहा थियो उस्ले मलाई फेरी कल गर्ने थियो र म अब केहि बोल्न सक्दिनथेँ ।
म खाना नखाइ सुते । भोली पल्ट Engagement को तयारी थियो सबै खुशी देखिन्थे सबै नातेदार को रमाइलो जमघट थियो । लाग्यो मेरो आँशु खस्दा कती धेरै खुशी छन मान्छे हरु ।
भित्र गए फेरी सन्जिब लाई फोन गरे । सारा कुरा सुनाए । उ रुन थल्यो । साथ मा म पनि । एस्तो सब किन गर्यौ उसले बारम बार प्रश्न गर्थ्यो मसँग कुनै उत्तर थिएन । मैले पनि सोचेको थिएन यो सब हुन्छ भन्ने न कैल्यै कल्पना नै गरेको थिए । मन पराएको मान्छे सँग छुटीनु पर्ला भन्ने । उसले भागेर बिहे गर्ने प्रस्ताब गर्यो । एक मन ले सोच्यो जान्छु अझै पनि केहि बिग्रेको छैन हामी एक हुन सक्छौ । फेरी सोचेँ हुन्न म जानु हुन्न ज जस्तो भएपनी म आफ्नो परिवार को ईज्जत् फाल्न सक्दिन म राम्रो संस्कार मा हुर्केकी केटी अनि समाज मा मेरो परिवार को मान सम्मान को कुरा ।
हुँदैन सन्जिब मेरो भावना कसैले सुनोस नसुनिस म आफ्नो परिवार को कुरा नकार्न सक्दिन । मलाई आफ्नो भन्दा मेरो परिवार को चिन्ता छ म आफ्नो जिबन सुख दुख जे जसरि नि काटुँला तर आफ्नो बाबु आमा को नाक काटेर हिंड्न सक्दिन ।
उ रिसायो !! के यही हो आज सम्म को तिम्रो माया? मेरो लागी ? ? म खुशी राख्छु तिमीलाई बिन्ती छ आउ मसँग । २ ४ दिन को त कुरा हो अनि त सबै सामान्य बनिहाल्छ नि । आफ्नो छोरी को माया कस्लाई हुँदैन र एक न एक्दिन हाम्रो मायाको अगाडी उहाँहरु हार्नु हुनेछ । आउ ।
उस्ले रुदै बिन्ती गर्यो । तर म लाचार थिए । सबै तिर बाट म नै दोशी देखिन्थे । कसैको लागि बाँच्न सकिन, न त कसैको लागी राम्रो बन्न नै । घाँटी मा पासो लगाएर मरिदिउ जस्तो लाग्यो । तर त्यती हिम्मत पनि थिएन । अब हाम्रो यही नै अन्तिम बोली होला अब म फोन गर्ने छैन, उ केहि भन्दै थियो मैले फोन राखिदिए । सिम निकालेर फलिदिए अनि आफ्नो भाग्य लाई कोस्दै रुन थाले ।
किनमेल सकि वरी भोली पाहुन को स्वागतमा सबै ब्यस्त देखिन्थे । मलाई न खान मन थियो न बोल्न । चुप चाप बस जिउदो लास झै लडिरहे ।
टिकाटालो को लागी निक्लेको गाडी भोली पल्ट बिहे कै लागी आएछ । बिदेश मा काम भएकाले बिहे छिट्टै गर्नु पर्ने भयो रे मेरो घर मा पहिलै कुरा भैसकेको रहेछ । मैले त्यही दिन मात्र थाहा पाए ।
छोरी भएर जन्मनु नै पश्चताप लाग्यो । किन आफु ले चहेको खुशी पाउन दुनिया सँग भिक माग्नु पर्ने ? किन सोचिदैन कि मेरो खुशी के थियो ? दशै मा काटि लागेको खसी र म बिच कुनै भिन्नता देख्दिन थिएँ आज मैले । घर कि एक्ली छोरी म आफ्नो खुशी लाई मेरो परिवार को लागि बली चाडाउदै थिएँ । मेरो सिउँदो मा सिन्दुर हालियो । सारा संन्सार कालो भयो । अब केहि बाकी थिएन आँखा बाट आँशु झर्यो । म रुँदा रुदै आँशु पुछ्ने सन्जिब लाई सम्झिए । तर अब त म यही याद को लागी पनि लायक थिइन ।
मारे पाप पाले पुन्ने !! गाडी मा चडाईयो । आमा को आँखा मा आँशु हेरे बाबा आमा दुबै रुदै थिए । गाडी बाट हाम्फाल्दै आमालाई अङ्गाले किन गर्यौ यो सब आमा मैले के नै गल्ती गरेको थिए र । आज मलाई सारा जिन्दगी रुन पठाएउ ? मन मनै प्रश्न गरे ।
कोही आइ मलाई गाडी मा बोकेर चाडायो । म बिबश बनी पराई को घर लाग्दै थिएँ । सारा संन्सार शुन्य लाग्यो । गाडी मा बजेका बाजा मेरा कान सम्म पुग्दै बिलाउँथे । बिहे घर मा सबै नयाँ दुलही को प्रतिक्षा मा थिए ।
मलाई भित्राइयो म सुरु सुरु अरु ले जे भन्छन मान्दै थिए । धेरै बेर को रम झम पछी सुन सान भयो ।
आमा ले त्यही कसैको फोन मा कल गर्नुभएछ । सानी फुच्चि भाउजु को फोन भन्दै ल्याउदै थि । म फेरी खुब रोए साथ मा आमा पनि ।
भोली पल्ट पनि बिहे कै रम झम थ्यो । २ दिन मा मेरो श्रीमान को अमेरिका को फ्लाईट रहेछ । उहाँ २ दिन पछी जानु भयो । घर मा सासु ससुरा अनि सानी नन्द थिईन । उहा सधै बाहिर को काम मा ब्यस्त हुनुहुन्थ्यो । म घर को काम गर्थे बाँकी दिन टोलाएरै जान्थ्यो ।
देखेर नपाईने रहेछ, लेखेर आउनु पर्ने रहेछ ।
बाबा आमा को निर्णय ले दुख भयो कि सुख, त्यो भन्नु छैन मलाई । सुनाउनु कसैलाई जरुरी पनि सोच्दिन अब । अरुले हुर्काए, अरुले बडाए, अरु ले नै घर गरेर खान पराईको जिम्मा लगाइदिए ।
गुनासो छैन कसैसँग ।
कहिले कही मेरो पहिलो माया को याद आउछ ।उसले गर्ने हरेक माया का पल ।
तर त्यो याद को नि अब केहि अर्थ रहेन ।
कहाँ होला के गर्दै होला सोच्ने गर्छु ।
जहाँ होस खुशी होस ।
मेरो लाखौ लाख कामना अनि माया उस्लाई !!
यस ब्लग मा भएका सम्पूर्ण कथा तथा घटना हरु काल्पनिक हुन् कसैको जिबन संग मेल खान गए मा संयोग मात्र हुनेछ। पढेर प्रतिक्रिया दिन नभुल्नु होला।
Friday, 31 July 2015
Tuesday, 28 July 2015
बस यात्रा
आजको दिन चितवन जाने मेरो मेसो।
झोलामा २ - ४ दिनलाइ पुग्ने कपडा हालेर गाडी चड्न हाइवे पुगें।
पोखरा बिश्वबिद्यालय देखि करिब १० मिनेट हिडेर पावरहाउस पुगे।
ना १ त ५५४८ न: को गाडीमा आजको साइत जुरेछ। बीच बाटोमा चढेकोले अन्तिम सिट तिर लगियो। सबै आफ्नो आफ्नो गंताब्य तिर आफ्नो आफ्नो सपना लिएर हिडिरहेका थिए। पछाडीको सिट खालि नै थियो। झोला सिट छेउ राख्दै गोजीको मोबाइल निकालेर गीत बजाए। CHRIS MEDINA"What Are Words" बज्दै थियो एक्कासी मेरो नजर झ्याल छेउ कि एक केटिमा पर्यो। हरियो कुर्ता हात मा मेहेन्दी र चुरा भरेकी उनको केशले आखाको परेली जिस्काउदैथ्यो। दायाँ हातले जब उनले मुहार देखि कपाल हटाइन मेरो कानमा गीत सुनिन छोड्यो। परेलाले काम गर्न छोडे र एकोहोरो टोलाउन थाले। फिजिएका कपाल , आखा माथि को गाजल , अनि गाला को कोठी ले मेरो ढुकढुकी एक्कासी बढायो। पुर्णिमा को दिन बादल छिचलेर चन्द्रमा निक्लनु र उनले कपाल मिलाई परेली झिम्काउनु उस्तै लाग्यो। मन मा एउटै कुरा थ्यो अब कसरि बोल्ने यो केटि संग। सोच्दै गए केहि बहाना निक्लेन। दमौलीमा गाडी रोकियो एक बोतल पानि किने, हतारिदै गाडी चढेर पानि खाने मात्र के सोध्न लागेको थिए। उनीले आफै पानिको बोतल निकालेर पिउन थालिन।
उफ !! यो प्लानले नि फेल खायो।
के गर्ने सिधै बोल्दिम कि क्या हो ?
आफैले आफै लाइ प्रश्न गरे।
भो हेर्दै रिसाउलि जस्ती छ , कुरो नबन्दै बिग्रेला जस्तो लाग्यो।
हिम्मत जुटाएर बोलि फुट्यो : तपाई को नाम के हो ?
उनले म तिर फर्केर : हजुर !! मात्र भनिन ?
हजुर को नाम सोधेको ।
सिर्जना !! उसले भनि।
कहाँ सम्म जादै हुनुहुन्छ ?
मुग्लिन सम्म ।
अब के सोध्ने ??
फेसबुक आइडी मागम कि ?
भो, के छुचो हुनु , पहिलो पटक देख्दैमा येति अगाडी नबढेको नै राम्रो।
हैन कुरा नै नगरी त अब कसरि हुन्छ फेरी भेट होला नहोला तेइ फोन नम्बर नै पायनी फेरी भेट हुन सक्छ।
डुम्रे आयो।
मन मा अनेकौ कुरा खेल्दै गए न बोल्न सकियो न उसको कल्पना हटाउन।
प्रेमिका बनाउने देखि श्रीमती सम्म का धेरै सपना एकै हेराइ मा बुनिसकेको थिए।
तर पनि बोल्ने साहस आएन।
गोजीबाट कागज र पेन निकाले।
आफ्नो फोन न: लेखेर म तपाई संग साथी बन्न चाहन्छु यो नम्बर मा फोन गर्नु है सम्म लेखे।
उनि झर्ने बेला झ्याल बाट उनि तिर फाल्छु पक्कै हेर्चिन मन लागे फोन गर्ने छिन्।
हात मा कागज ready थियो।
मुग्लिन पनि आयो गाडी रोकियो।
मान्छे ओर्लिने र चड्ने गर्दै थे।
एउटा केटा हातमा बच्चा लिएर पछाडी आयो अनि सिर्जना तिर इसारा गर्दै भन्यो - Vomit त भएन? नानि भोकाए जस्तो छ !!
भन्दै हात कि करिब ७- ८ महिना कि बच्ची उनको हातमा थमाइदियो। उनले बच्चा लिदै बसबाट झरिन। म हेरेको हेरेइ भए।
श्रावन को महिना हात को चुरा र मेहेन्दी याद भएछ सिउदो को सिन्दुर त ख्याल नै भएन।
साचिनै सुन्दर चिज ले सबैलाई पागल र लालायित बनाउछ।
कागज को टुक्रा लाइ देब्रे छाती को माथि सर्टको गोजीमा राखेर फेरी गीत सुन्दै, "चितवन लागियो" ।

माया खै कस्ले बुझ्यो !!
सन्दिप हेर त मतङ्ग कती धेलै पैता छ । सर्लक्क परेका पिपलका एक मुठी पात समाउदै तोते बोली सँगई उस्ले भनि । ५ वटा पात छुट्टाउदै यो पैता ले ठुलो घर बनाउछु अनि ३ वटा पात छुट्टाउदै, यो पैता ले चाही कार किन्तु । खुब रमाउँथि धेरै पैसा कमाउने गाडी, घर, अनि राम्रो कपडा किन्ने, खुशी साथ बस्ने उस्को सपना ।
पुरा पनि हुन्थ्यो होला उस्को बाबा-आमा दुबै सरकारी जागिरे ।
म दौडिदै घर पुगे । आमा बारीमा तरकारी टिप्दै थिन । आमा मलाई धेरै पैसा दिनुन । आमा तरकारी टिप्नै ब्यस्त हुनुहुन्थ्यो ।
आमा मलाई धेरै पैसा दिनुन, स्मृती लाई कार किन्न मन छ रे, अनि ठुलो घर बनाउन, हामी बिहे गर्ने , म उस्लाई गाडीमा राखेर घुमाउछु ।
आमा केई नभनि भान्छा छिर्नुभो । भुइँमा तपतप पानी चुहिइदै थियो । खरको छानो चुहिएछ ।
उम्रीन नपाई तीन पात कसरी ओत लाग्ने र २ छाक टार्न गाह्रो छ हजुर महासय लाई बुढि घुमाउने रहर अहिल्यै देखी ? - आमाको जवाफ ।
हुन पनि हो कसरी किन्ने गाडी हामीलाई त २ पर खानु नै ठुलो थ्यो ।
म घर छेउ सरकारी स्कुल जान्थे । बाटोमा उनि सेतो सर्ट, अनि कालो स्कर्ट , रातो रिबनमा २ चुल्ठी बाटेर बोर्डिङ्ग को बस कुर्दै हुन्थी । स्मृती बेलुका चौतारीमा भेट्ने ल । म स्कुल दौडिन्थे । उ बस चाढ्थी । टाडैबाट म हात हल्लाई बिदाइ गर्थे अनि उनि झ्याल बाट हेरेर मुस्कुराउथि । म चार बजे नै चौतारी पुगिसक्थे । उ अबेर गरी आउँथि । सन्दिप आइज भाडाकुती खेल्ने त मेलो बुरा म तेलो बुरी । उस्को त्यही सपना दिनहु दोहोरिन्थे धेरै पैसा, गाडी, घर राम्रा कपडा !!
हेल त मेलो बुरा को त चप्पल नि दुइ वटा रङ को । मेरो खुट्टा हेर्दै उस्ले भनि । बाबाले तुना हालेर बनाइदिएको कालो र निलो चप्पल हेर्दै भने- स्मृती म ठुलो भएपछी धेरै पैसा कमाउछु अनि तलाई घर गाडी कपडा सब किन्दिन्छु । उ मख्ख पर्दै पिपलका पात बटुल्थी ।
यस्तै दिनहुको भेट सँगै SLC पनि पास भैयो । उ आफ्नो परिवार सँग उच्च शिक्षाको लागी शहर जाने भइ । बाबाहरु अब शहर जाने रे अनि म पनि उतै पढने । उस्ले भनि ।मेरा आँखामा आँशु टिलपिल गर्न थाले ।
रुन्चे स्वोर निकाल्दै भने - स्मृती मलाई नबिर्सी ल ।
धत तलाई बिर्सिन्छु र तँ त मेरो सानै देखीको साथी भाँडाकुटी खेल्ने मेरो प्यारो बुडा । हेरत रोएको, म शहर बाट आउँदा तँलाई चप्पल ल्याइदिन्छु ।
म दौडिदै घर गए माटोको खुत्रुके बोके अनि स्मृती सामु पुगे - ला यो मेरो पैसा राख्ने खुत्रुके अलिअली पैसा छ । यसमा तँ पैसा जम्मा गर अनि यही पैसाले गाडी किन्ने, घर बनाउने सपना पुरा गर अनि मलाई चै नबिर्सी नि । खुत्रुके हात मा लिदै उस्ले हुन्छ भनि ।
भोली उ जाँदै थि म खाना नि नखाइ सुते खुब रोएँ । बिहानै मुख नधोइ उस्लाई बिदाई गर्न पुगे, टाडै बाट हेरे अगाडि आँशु झार्न जान पनि सकिन।
उ सपरिवार बसमा शहर लागी ।
म आँशु पुछदै फर्किए ।
दिन बिते, महिना, अनि बर्ष !!
म दिनहु उसँग बिताएका पल सम्झन्थे । उस्लाई बिहे गर्ने ठुलो घरमा राख्ने गाडी चढाउने । उसँगका हरेक पल, चौतारीमा बसेर भाँडाकुटी खेलेको उस्ले ल्याएको खाजा खाएको, कपडाको पुतली लाई छोरा छोरी बनाएको । मेरो मन भित्रको उस्को तस्बिर ओल्टाइ पल्टाइ हेर्थे । बिहान बेलुका हरेक पल ।
आठ बर्ष बित्यो कुनै कुरा नभै उसँग । न फोन थ्यो न ईन्टरनेट, बोल्थे पनि कसरी ? ? गाउँ को रुप फेरियो । मेरो ज्यान हर्लक्क बड्यो । खाइलाग्दो जिउ, अनि झपक्क दारी आए , तर स्मृती कैलेइ फर्की आइने ।

बारीमा धान काट्ने मेसो थियो । मंसिर भर्खर सुरु थ्यो । अधिँया बारी कमाउने हामी, म धान काट्न बेस्त थिए ।
सन्जिब !!!!!!!!!!! टाढाबाट केटीको आवाज आयो । एक टक हेरिरहे उनि स्मृती थिइन ।
मेरो माया चोखो रहेछ । मेरा उस्लाई बुडी बनाउने सपना पुरा गर्छु । सोच्दै उ तिर दौडिए । बाटोमा पुगे सर्लक्क जिउ परेकी चिटिक्कको लुगा, सानी कि भन्दा धेरै राम्री ।
म एकोहोरो टोलाई रहेँ । उ बोल्दै गई म हेर्दै गएँ- उस्को ओठको चाल अनि मन्द मुस्कान ।
एक्कासी म छाँगा बाट खसेँ जब उस्ले मलाई आफ्नो बिहे को कुरा सुनाइ । हात मा भएको ठुलो मोबाइल मा फोटो देखाउदै - इ यो क्षितिज Bachelor सँगै पडेको । उहिँ काठमाडौं बस्छ । हामी यही मङ्सिर मा बिहे गर्दै छौँ । अनि अर्को महिना अमेरिका जाने ।
म सुनिरहे ।
अरे के भो ? त खुशी छैनस ? झन यती खुशी को कुरा छ - उस्ले भनि । म खस्न लागेका आँशु रोक्दै देखावोटी हाँसो ले भने- म कसरी खुशी हुनु मेरी सानी स्मृती, मेरो भाँडाकुटी खेल्ने बुडी लाई अरु कसैले लग्दै छ ।
उस्ले बुझिने । अझ झन हाँस्दै भनि भोली जाँदै छु । आज फुपु कोमा बस्छु ।20गते बिहे छ ।आउनु पर्छ नि। उ गाउँ कि फुपुको मा लागि म गह भरि आँशु लिदै बारी तिर लागेँ ।
भोली पल्ट उ फुपु लाई लिएर काठमाडौं लागी ।

साँचै उस्को सपना पुरा भए । शहर मा ठुलो घर अनि गाडी अब झन अमेरिका जाने । खुब खुशी हुन्छे ।उस्ले खोजे जस्तै ।
म बिहेमा जान पनि सकिन जानु पनि कसरी ? ?
बल्ल तल्ल मोबाइल किनेछु ।
कैले काँही फेसबुक मा सोध्छे - ओए मेरो सानो को बुडा सन्चै छस ?
अनी म ठीक छु भन्दै smile को emoticon पठाउँछु ।
कोल्टे फेर्छु, अनि भिजेको सिरानीमा हात राख्दै भन्छु- वाह सन्जिब !! तेरो माया !!!

+२ सकेर इन्जिनियरिङ्ग पड्ने सोच लिई म भारतको बैङ्लोर लागे । पहिलो पटक घर छोडेर बहिर जाँदा साह्रै पिडा हुने रहेछ ।लाग्यो कसैले मेरो शरीरमा २० किलो को ढुङ्गा हालिदिएछ । साथी भाई सँग को त्यो रमाइलो, आमाको आँखाको टिलपिल आँशु, भाई र बाबा को देखावटी हासो भित्र को पिडालाई आत्मसाथ गर्दै पड्ने ठुलो मान्छे बन्ने सपना बोकेर बैङ्लोर ।
रमाइलो शहरमा म कलेज Admission लाई पुगेँ । नयाँ ठाउँ, नयाँ समाज, हजारौ मान्छेहरु आफ्नो आफ्नो सपना बोकेर आएका थिए ।
कलेज भर्ना भएँ । कलेज नजिकै कोठा पनि लिए, बाबा नेपाल फर्कनु भो । अब दिनभर केहि काम थिएन पडाई सुरु पनि भाको थिएन, अब बस काम एउटै थियो फेसबुक । फेसबुक मा Timeline Refresh गर्दै बस्दै थिए, एक्कासी मेरो नजर People you may know मा पर्यो । नाम थियो- नैना शर्मा । चन्चले ठिटो केहि नसोची Add Botton क्लिक गरे । एकैछिन मा Accept पनि भयो । अनि सुरु भयो Flirting। Hi,Hello के छ ? एस्तै एस्तै । उनि दार्जेलिङ मा पढ्दै रैछिन १२ मा । बिस्तारि फोटो Search, like , comment गर्न थाले । तिमी त कती राम्रो गुडिया जस्तै मन लाग्छ सजाएर राखु । उ हाँस्थी गफाडी भन्दै । म जिस्किन्थे । उस्को जिस्काइ ले झन मलाई चन्चल गराउँथ्यो । बलेको आगोमा घिउ थपेको जस्तो । मेरो मन झन रन्किन्थ्यो अनि भन्थे म तिमीलाई माया गर्छु, बिहे गर्छु । आपोइ !!! यो केटा त बोल्न पाको छैन माया गर्छु बिहे गर्छु पो भन्छ हौ । मेरो त Boyfriend छ । लाईन नहान । म जिस्किदै थिए सोचे उ पनि जिस्किदै छ ।
दिनहुँ काम नै उसँग जिस्किने हुन्थ्यो लाग्थ्यो कि हामी एक अर्कालाई धेरै पहिले देखी चिन्थेम । म उस्को नामको अगाडी हरियो बत्ती कैले बल्छ भन्दै कुर्दै हुन्थे जब उ अन्लाईन आउँथी म कुरा गरिहाल्थे । हरेक साना कुरा देखी आफ्ना Personel कुरा सम्म Share हुन्थ्यो । उसँग नबोली त अब के नपुगे के जस्तो लाग्ने । नुन नहाल्या तरकारी अथवा भनौ सितन बिनाको रक्सी ।
म उस्को कुरामा लठ्ठ पर्थे । उ पनि राम्रो बोल्थी । लाग्यो म उसलाई मन पराउन थलिसकेको छु ।
नैना एउटा कुरा सोध्छु साचो भन ल । मैले भने ।
उस्ले हुन्छ जवाफ फर्काइ । के तिम्रो सचिकै बोयफ्रेन्ड छ ? उस्ले लिन्क पठाइ एउटा केटा को । अनि भनि लु आफै हेर यही हो मेरो बोयफ्रेन्ड पत्यार नलागे उसैलाई सोध ।
अब मैले उस्लाई के सोधु , धेरै सोचे कता कता मेरा सपना लडेको जस्तो लाग्यो । अनि केटालाई मेसेज गरे - तिम्रो गर्ल्फ्रेन्ड एकदम राम्री छ । साँचिकै तिमी एकदम Lucky छौ । जस्ले नैना लाई पायौ । उता बाट रिप्लाई आयो । तेसो भए इम्प्रेस गर अनि आफै लभ गर । म केहि बोलिन । उस्ले आफैले ब्लक गर्यो । सायद उस्लाई थाहा थियो म नैना सँग बोल्छु भनेर । मन पर्दैनथ्यो होला उस्लाई ।
म दिनहु जसो नैना सँग बोल्थे । आज एकदम मन दुख्दै थियो । खाना सम्म खाने जाँगर चलेको थिएन ।
भौगोलिक दुरी निकै टाडा थियो । उस्लाई भेट्ने सम्म हिम्मत थिएन मेरो । तर पनी फेसबुक बाट यती सम्म को माया बस्छ थाहाथिएन । उस्को हरेक कुरा याद हुन्थ्यो मलाई । उ भन्दा उस्को याद प्यारो लाग्न थाल्यो अब त, किनकी उ साथ हुन्छे हुँदिन थाहा थिएन तर उस्का याद सधै मेरो मन मस्तिस्क मा रहिरहन्थे । Virtual World मै सही मुस्कान रुपी घुस लिएर म उस्को हरेक ईच्क्षा चाहना पुरा गरिदिन्थे । रुँदा हसाउने दुख पर्दा समस्या को बाटो देखाउने ।
केहि दिनमा उ अन्लाईन आइ अनि रुदै भनी- अश्मित मलाई तिम्रो हरेक कुरा राम्रो लाग्छ । तिम्रो बोली मा जादु छ । तिमी सँग नबोल्दा मलाई एक रात काट्न मुस्किल पर्छ । जुन केटा को लिन्क मैले तिमिलाई पठाको थेँ i broke up with him. रुदै उस्ले सुनाइ मलाई झन नरमाइलो लाग्यो । म के भनु ? न सँगै बसी उस्को हात समाउन सक्छु न उस्को आँशु पुछ्न सक्छु म । हामी बिच फेसबुक को Chat box बाहेक अरु केहि संसार थिएन, कुनै संसार बसाउने सम्भावना पनि थिएन । मैले नै गर्दा उस्को हासी खुशी को जिन्दगी उजाड भाको जस्तो लाग्न थाल्यो । उस्को सम्पूर्ण दोशी म आँफु लाग्न थाल्यो । न म उसँग बोल्थे न जिस्किन्थे , न उस्ले आफ्नो बोयफ्रेन भन्दा नजिक मलाई सोच्थी , न उनिहरु बिच झगडा हुन्थ्यो ।
म उसँग बोल्न छोडे , जस्लाई पाउन सकिन्न , जस्को साथ हुन मुस्किल छ , उस्लाई भुल्न पनि निकै गाह्रो हुने रहेछ । अब त लाग्यो ;
बन्नु छैन मलाई उस्को माया को दोशी !!
हुनु छैन मलाई खुशी अरुको माया खोसी !!
बिर्सने यो कोसिस तिमीलाई सधै रहिरहन्छ !!
नबोले नि यो मनले तिमीलाई माया गरिरहन्छ !!
बस !! अब बोल्न छोडिदिन्छु । न हामी नजिक हुन सक्छौ, न भेट्न नै , हामी बिचको भौगोलिक दुरी यती छ कि सधै साथ हुन नि मुस्किल छ ।
कस्तो दोधार !! म उसलाई छोड्न पनि सक्दिन, मन अन्तै मोड्न पनि सक्दिन ।
अझै पनि अन्योल मा छु । उस्लाई साथ दिउँ या यतिकै छोडु ।
हरेक पल उसको नाम यो मुटुमा धडकिरहन्छ ।
हरेक क्षड उसको माया यि आँखामा छल्किरहन्छ ।
हरेक सासले उस्को नाम सुस्काइ रहन्छ -
नैना .. नैना .. नैना ..!!

अस्ति अलिकति ढिलो भो सधैं ६ बजे हिड्ने म अफिस सकेर, ८ बजिसकेको थियो। अफिस देखि कोठा अलि टाढा पर्छ। अनि बीचमा जंगल पनि। एक्लो ज्यान अधेरो बाटोमा मोटरसाइकलको बत्तिमा जादै थिए। बाटोमा एउटी केटि हिड्दै गरेको टाढैबाट देखे। येति राति यो जंगलमा एक्लै हिड्ने को रहेछ पक्का केहि दुख पाएको हुनुपर्छ कि बाटोमा बस छुटेको हुनुपर्छ सोच्दै केटि नजिक पुगेर मोटरसाइकल रोके।
म: बहिनि के भयो ? येति राति कता जना लागेको ? आउ बस म पुराइदिञ्छु।
उनि केहि नबोली मोटरसाइकल चढिन।
म: तिम्रो नाम के हो ?
म: पहिला कैलेई यता तिर देखेको थिन घर कता हो नि ?
सामान्य प्रश्न गर्दै थिए उनको केहि जवाफ थिएन।
करिब १० मिनेट पछि उनि बोलिन
उनि: सबै मान्छे कहाँ तपाई जस्तो राम्रा हुन्छन र यहा मान्छे ले आफ्नो स्वार्थ को लागि अरुको जिबन संग खेलबाड गर्छन।
मैले उसको कुरा बुझिन
म: हजुर, के भनेउ मैले त केहि नि बुझिन नि, कसले को संग खेलबाड गर्यो ?
उनि: मान्छेहरु सबै अरुको इज्जत गर्देनन कोहि इज्जत लुट्न कै लागि जन्मेका हुन्छन। अनि अरु दुनिया स्वार्थी बनिदिञ्छ येहा को रोयो कोस्कों मन दुख्यो अनि को मर्यो।
उनि एकाएक रोएको आवाज आयो। मैले मोटरसाइकलको दायाँ ऐना घुमाएर हेर्ये।
अचानक मेरो मुटु कामना थाल्यो। पछाडी कोहि केटि थिएन। मात्र रोएको आवाज आएको थियो। म के गरौ केहि सोच्न सकिन। झ्याप्प मोटरसाइकल रोके अनि धेरै साहस जुटाएर पछाडी हेर्ये न केटि थि न कुनै आवाज।
म बेहोसी मै कोठा सम्म पुगे अनि ओछ्यान मा सुते न खाना खाए न साथी हरु संग गफ गरे।
भोलि पल्ट नि अफिस आउन मन लागेन अनि आज बल्ल आए। बाटोमा एउटा भलाद्मी संग कुरा भयो।
धेरै पैला एउटी केटिको येही बाटो मा हत्या भाको थियो रे, को केटि कहाँ कि कसैलाई थाहा भयेनछ। गाउले सबै चुप बसे न प्रहरी न सरकार कसैलाई अत्तो पत्तो छैन। २ दिन मा तेही बाटो छेउ उनको लास गाढियेछ।
फेरी उनि संग भेट नहोस भन्ने कामना सहित आज अफिस आइएको छ।

संबिधान बारे सुझाब लिदै छन् रे। महिला अधिकार, हत्या, हिंसा र दुर्ब्येवहार बारे पनि केहि लेखियोस सरकार।
फोन मा !!
म: हेलो
उनि: हेलो
म: के छ ?
उनि: ठिक छ। अनि हजुर को ?
म: ठिक छ। खाना खाएउ ?
उनि: अं, खाए अनि हजुर ले खानु भो ?
म: खाए, के गर्दै बसेको ?
उनि: एतिकै अनि हजुर?
म: एतिकै।
(दुवै चुपचाप __ )
एकछिनमा फेरी
म: के भो ?
उनि: केहि भाको छैन।
म: बोलनत
उनि: बोलिराको छु।
म: ए
(दुवै चुपचाप __ )
उनि: के भो ?
म: केहि भाको छैन।
उनि: बोल्नु न।
म: बोल्दै छु।
(दुवै चुपचाप ) .. .. .. .. .. .. .. .. !! !!! !!!!

.
.
तपाइको ब्यालेन्स रकम कम भैसकेको छ कृपया रिचार्ज गर्नु होला।
हवस्त नमस्कार !!

Subscribe to:
Posts (Atom)