परिवार को हौसला र साथ पाए जे पनि गर्न सकिन्छ । हाम्रो परिवेश मा छोरा ले केहि गर्न खोज्यो भने पहिलो उत्तर यो आउँछ - तँ जस्तो ले गर्ने भए के चाइन्थ्यो र ? अनि compare गर्न थालिन्छ फलानो को छोरो यस्तो उस्तो। कोहि ले भन्दैन कि तँ ठिक छस तँईले गर्न लागेको काम मा म पनि साथ दिन्छु । Success comes from experience, Experience comes from bad experience. हरेक मानिस मा एक न एक Talent हुन्छ, Life को हरेक Situation ले केहि न केहि सिकाईरहेको हुन्छ, अनि जे हुन्छ राम्रो को लागि हुन्छ । आज नहोला, भोलि नहोला एक न एक दिन अवश्य हुन्छ । पारिवारिक समस्या लगायत अरू संग को Compare गर्ने बानि ले नै यहाँ धेरै छोराहरू बिदेशिन बाध्य छन साथै पच्चिस बर्ष सम्म को पढाई पछि पनि भने जस्तो जागिर त परै जाओस सामान्य घरखर्च चल्ने मासिक आम्दानी छैन । भनौ पढाई को नेपाल मा कुनै Value छैन । उदाहरण देख्न सकिन्छ सामान्य Trainee को Post को लागि कयौ डिग्रि पास युवाहरू को जमात ।
छोरो ले केहि गरेन भनेर चिन्ता गर्नु भन्दा पनि राम्रो दिन र समय नआउँदा सम्म साथ र सहयोग गरिदिए एक न एक दिन अवश्य राम्रो हुनेछ । सामान्य पान पसल गर्ने ले महिनाको कम्तिमा सत्तरि असि हजार कमाउँछ भने सामान्य चिया चुरोट बेच्ने ले महिनाको चालिस पचास हजार कमाउन सक्छ भने हामी झै पढेको युवा ले केही नयाँ, नौलो र महङ्गो गर्न किन नसकौला र ??
कृपया बन्द गर्नुस - यत्रो भईसक्यो केहि गर्न सक्या होईन, नकमाए सम्म बुढि कसरी पाल्छस जस्ता शब्द, हौसला दिनुस कि राम्रो काम गर्नु पर्छ भनेर, ताकि कोहि शासक ले न्युनतम पारिश्रमिक मा काम मा लदाउन नपाओस, पढाई को कदर होस, जाबो पन्ध्र बिस हजार कमाएर के गर्ने होर भन्दै कोहि युवा बिदेश पस्नु नपरोस ।
पुनश्च : भन्नु होला सुरू मै हाकिम त कस्ले बनाईदिन्छ र? तर पनि पढाई को कदर हुने सम्म को पारिश्रमिक हुनु नितान्त जरूरी कुरा हो ।
तारिफ योग्य सोच .... अनि मिठो अभिव्यक्ति !!
ReplyDelete