Sunday, 30 August 2015

गाइजात्रा !! "भैसी मनोबाद" !!

!! गाईजात्रा बिशेष !!
!! भैसी मनोबाद !!
उफ यो झिंगा पनि कति छिर्छ नाक को प्वाल मा, असार श्रावन को महिना चारै तिर कहिले टन्टलापुर घाम कहिले भने पखाला लागे जस्तो झरी हाल्छ ।
आ.. यो दात मात्रै नि कति चपाउनु गिदी हल्ली सक्यो। घर कि साहुनी नि कता गैछे आज बुहारी नि देख्दिन। गइ होला गाम चाहार्न मेरी बुहारी यस्ती मेरी बुहारी उस्ती भन्दै। कस्ता घरमा पारेउ नि हे प्रभु। न बुहारी ले हेर्छे मलाई न सासु ले, ससुरो भनौदो बिहान देखि तास खेल्न गाको होला। २ बजी सक्यो ऐले सम्म पानि दिने सम्म कोहि छैनन् घर मा। न बस्ने ठाउँ नै सफा गरेका छन्, आफै गएर पानि खाउँ यत्रो दाम्लो ले बानेर राख्या छन्। बिहान हाल्देको एक मुठो पराल ले सास धान्नु पर्ने। त्यो गनगने बुडी आफुले खाने बेला थाल भरि भात हालेर खान्छे अनि अलिकति दिमाग नि छैन यत्रो ठुलो ज्यान भाको भैसी लाइ अलि धेरै घाँस पात हाल्नु पर्छ भन्ने नि। बारी भरि घाँस छन् गएर काटेनि हुन्छ नि। एउटा काम को नाम मा त्यही घाँस काट्ने छ त्यही पनि सासु बुहारी फलाक्दै बस्छन। एउटी ले भन्छे जा - जा घास काटेर ल्याइज, अर्की ले भन्छे म तिम्रो घर को नोकर्नी होइन बुहारी हो, आफै जाउ।
खान नदिने अनि बेलका दुध दुहुन आउने मालिक लाइ बाल्टी भरि दुध दिने म नि बेबकुफ हुँ। यो त सरासर नेपाली जनता ले नेता लाइ भोट दिएर सत्ता मा पुराए जस्तो भयो। सोजा निमुखा जनता लाइ खान नदिने दुख दिने भोकै राख्ने अनि आफु मोज मस्ती गरेर भुडी भरेको जस्तो। आज को दिन देखि दुध दिन बन्द गर्दिन्छु अनि कसरि गर्ने रैछन मस्ती हेर्छु म पनि। मेरै दुध बेचेर बिहान बेलुका को छाक टार्ने हौ तिमि शोषक हरु ले। तर नदिउँ पनि कसरि भोलि त खान टाइम मा देलान भन्छु आज दुध दिन्छु त्यस्तै , पर्सि त देलान भन्छु पर्सि नि त्यस्तै। आखिर यही गोठ मै बस्नु छ मलाइ नि नदिउँ पनि कसरि। भोलि त संबिधान आउला भोलि त विकास को काम होला भनेर Tax तिर्ने र भोट हाल्ने नेपाली र मेरो पिडा एउटै लाग्छ !
आज त आन्दोलन गर्नै पर्यो आखिर म पनि नेपाल कै भैसी हो मेरो नि आफ्नो हक अधिकार को लागि लड्न पाउने अधिकार छ। ऐले आउलिस बुडी पख तलाई कसरि लात हानेर मल खात मा पुराउन पर्छ भन्ने मेरो दाइने दिमाग ले सोची सकेको छ।
आइ.. आइ.. बुहारी त आइ घर मा !!
अब त दिन्छे एस्ले पानि।
त्यति दिमाग त होला नि गोठ मा बस्तु भोकै होलान भोकाएका होलान भन्ने त सोच्छे होलानी।
त्यही नि एक पटक कराइदिन पर्यो (आईई......),
ल हेर येत्रो कराए त्यही नि वास्ता छैन यो नक्कली लाइ बित्ते जामा लगार कता जान लागिछे फेरी, आज भोलि का मोडर्न बुहारी रे, यस्ता आधा ज्यान देखिने गरेर कपडा लगाउदै मा मोडर्न हुने भए त मै भैसी नि कति राम्री र मोडर्न छु पुरै नाङ्गै।
तीज पनि आजै देखि लागेछ आज कल का केटि हरु लाइ। घर को बस्तु सम्हाल्न नसक्ने ले के फुर्ति गरि हिड्नु ? ४ बजी सक्यो अझै सम्म एउटा मान्छे को अत्तो पत्तो छैन घर मा। यी घर मा बस्ने मान्छे को भन्दा मेरो इज्जत ठुलो छ बरु बिहान बेलुका दुध दिएर एउटा परिवार को खर्च त जेनतेन टारेको छु। यी दिनभर तास खेल्ने लोग्ने र दिनभर कुरा काट्दै हिड्ने स्वास्नी को भन्दा त मेरो देन ठुलो छ।
अब त सारै भो नेपाल मा बन्ने संबिधान मा पशु पन्छी सम्बन्धि माग र सुझाब उठोस्, प्रत्येक घर मा पशु को नियमित जांच होस्। अल्छि दिन भरि अर्काको कुरा काट्दै गाउँ डुल्ने र दिन भरि तास खेल्ने र बेल्का भएसी रौसि धोकेर आउने खाल को घरमुली भाको घरमा पशु किनबेच मा रोक लगाइयोस।
यदी नहुने हो भने हामि बस्तु दुध दिन बन्द गर्न र दाम्लो चुडाएर भाग्न बाध्य हुनेछौं। उस्तै परे सिङ्ग ले भुडी छेडेर अपाङ्ग पार्न नि सकिन्छ होइन भने दुध दुहुने बेला व्यक किक दिएर मल खात मा टाउको गाड्न नि सकिन्छ, समय सापेक्ष हाम्रो आन्दोलन ले उग्र रुप लिन सक्छ।

Tuesday, 25 August 2015

एक सन्दर्भ - नेपाल को

एक मदेश एक प्रदेश !!
हिमाल पहाड तराइ - कोहि छैन पराइ !!
२ तिर बाट २ नारा मा जुलुश आउदै थियो।
कोहि बन्दको समर्थन मा त कोहि बन्दको बिरोद मा
कृषि मुलश्च: जिवनम् !! सोच ले पक्लिहवा क्याम्पस मा ए.जी पड्ने म, भैरहवा जानु थियो।
१० दिन देखिको लगातार बन्दले गर्दा गोजामा पैसो सुको थिएन। १०० को हरियो पत्ती गोजामा हालेर म भैरहवा को लागि निस्किए।
कलेज गेट के पुगेको थिए, ए हान साले लाइ यही हो नेपालि लाइ कुट्ने अगि भन्दै १० - १५ जनाको समूह हातमा लट्ठी बोकेर ३ दारी पालेका केटा हरु लाइ लखेट्दै थिए। २ जना करिब २५ - ३० वर्षका देखिन्थे भने अर्को १७ १८।
एउटा ले हानेको लौरीले सानो देखिने केटा लड्यो जर्फरौदै उठ्यो अनि फेरी भाग्न खोज्यो यसैमा सम्पूर्ण समूह ३ जना माथि जाइलागे कोहि लाठी बर्साउन थाले त कोहि मुक्का भुइँ रगताम्ये भयो। प्रकृति रुपी हावा मा कतै बारुद को गन्द थियो कतै धुलो को। आकाश कालो देखिन्थ्यो अनि ओरिपरि का मान्छे क्रोधित।
रिक्सा चढे।
दाइ कति हो भाडा ? गोजा को १०० छाम्दै सोधे।
रिक्सा वाला ले जवाफ दियो - भाडा १०० लाग्छ मन छ त औनुस छैन त जानुस यसै त दंगा भैहालेछ जता ततै ज्यान को सुरक्षा छैन त के जानु बाहिर।
उसले भाबपूर्ण तरिका ले भन्यो।
हुन्छ जाउँ जहाँ सम्म दंगा छैन उहीं सम्म पुराइदेउ। मैले भने।
कलेज देखि भैरहवा पुग्न करिब २० मिनेट लाग्थ्यो।
रिक्सावाला कराउदै थियो- के का लागि लडेछ भाइ भाइ ? सबै शान्ति संग बसेको त् थियो बेकार मा लडाएछ।
मैले उसको कुरा सुनेर भनिहाले - तिमीहरुलाई त राम्रै छ त बन्द भएर ५० को भाडा १०० लिएर हिडेको छ।
उ झोक्किदै भन्यो - अरे खाग को फायेदा हजुर , महंगी देखिलियेछ प्याज आलो चावोल कित्ना महंगीयेछ हमारा नि जहान बच्चा छ हजुर कहिले काही यस्तै टायम मा कमाउछ।
(रिक्साको पछाडीको चक्का खाल्डोमा पर्छ)
अरे ए देख्नुस देश को बाटो को हालत कस्तो छ एता ध्यान कोहि को जादैन। यही कलेज छ यही हस्पिटल छ दिन को दिन दुनिया मानिस हिंडिरहन्छ कोहि कोसैलाई मतलप छैन।
( हुनपनि हो नेपाल कै टप कृषि कलेज यही छ यु.सी.एम.एस हस्पिटल पनि यही छ। हजारौ मानिसहरु आउ जाउ गर्ने गर्छन )
देब्रे तिर इसारा गर्दै उसले भन्यो - ल हेर्नुस यो हरियो घर नेता को हो। नेता को घर को बाटो छ एस्तो। त कसरि हुन्छ ? यही आफु ले भोट दिएर जितायेछ तर गर्यो कसको लागि खालि आफ्नै लागि। अझै पनि नेताको पछि लागेछ दंगा गरेको छ दिमाग छैन कोहि नेपाली को।
मैले भने - तिमि हरु आफै पहाडिया लाइ मधेश देखि लखेट्नु पर्छ भन्दै हिड्छ अनि दंगा नभए के हुन्छ ?
उ झोक्किदै भन्यो - अरे बुझ्नु भएछ ? तपाई कुरा गर्नु हुन्छ, कुन नेपाली-मधेसी गएको छ दंगा मा देखाउनुस मलाई। खालि त्यो नेता को खुट्टा चाट्ने गएछ २ - ४ जना। हामि लाई कौन पहाडी कौन मधेसी कोइ सरोकार छैन। हामी पहिले देखि मिलेर बसेको छ भोलि पनि मिलेर बस्छ।
मैले फेरी सोधे - नेपाली मधेसी दंगा मा गएको छैन भने यो सब कसले गर्दै छ ?
उसले भन्यो - बाहिर बाट आएछ हजुर चुतिया हरु , २ - ४ सय पैसा र मासु भात खायेछ दिनभर दंगा गरेको छ सबैले भन्छ नेपालि ले गरेको छ। कोहि नेपाली देश को हामी नेपाली मधेसी आन्दोलन मा देख्नु भएछ भने मेरो मु मा थुकिदिनुस।
बैंक रोड मा ओर्लिए। रिक्सा वाला लाइ धन्येबाद दिदै ए.टि.एम तिर लागे। अफसोच बन्द रहेछ।
भएको १०० नि यही पैसा निकाल्न आउने चक्कर मा सकियो। अब हिडेर जाने बाहेक केहि उपाए रहेन।
ओरिपरि को होटेल घर नियाल्दै थिए - सबै बन्द थिए कतै को सिसा फोरिएको थियो। छेउ नै नेर राखिएका मोटरसाइकल जलाइएको थियो। पसल को ढोका फोरियेका थिए। एम्बुलेन्स नि जलयेछन, आखिर ति बिरामी हुदा के मा चडी हस्पिटल पुग्दा हुन्। कोहि बन्द गर्नु पर्छ भन्दै जलाउदै थिए कोहि खोल्नु पर्छ भन्दै , तर जसले जे भनेर जलायेनी आखिर जलेको त मेरो देश नै छ। नेपाली जनता लाई पोलिरहेको छ त न्यानो कोहि अरु ताप्दै छ। नेपाल आमा को नाथ्री फुटेछ रगत बगेको स्पस्ट देखिन्थ्यो।
खुल्ला आखा ले देख्ने राजनीति होइन यो, हिन्दि फिलिम को याद आउच मलाई देखिन्छ एउटा भित्र अर्को राजनीति, बाहिरी देखिन्छ एउटा भित्र गर्छ अर्को, एक ले अर्को लाइ बिना आफ्नो स्वार्थ केहि गर्दैन गर्छ त बस आफ्नो लागि आफ्नो पावोर को लागि। आखिर यो नेपाल मा नि गर्यो कोस्ले प्रश्न चिन्न छ। सोजा जनता भेडा को भन्दा नि तलको औकात मा एक अर्का को ज्यान लिन तम्सेको देख्दा नेपाली भन्न नि लाज लागेर आउछ। कठपुतली झैँ नचाऊने नौटंकी बाज को पछि लागेर नै नेपाल र नेपाली को हित कैलेइ भएन। तालिबानि पनि खुशी भएहोलान, हामी भन्दापनी दयाहिन मानिस यो सँसारमा अरुनै रैछन भनेर।
अब चुप बस्ने दिन छैनन् , ए भैया आउ, ए भोटे आउ, ओए बाउन आउ, ज्यापू आउ, पोडे आउ, नेपाली आउ, हातमा हात समाउँ, सरकार लाइ घेरौं। बुझाउँ हामी टुटेको छैनौं। हामि कैलेइ फुट्ने छैनौ। जातिय खेल को तमासा बनाएर हेर्ने ति देश्ध्रोही लाई डाँडो कटाउँ।
अनेकौ मनोबाद बुन्दै कलेज पुगे। फेरी कलेज पछाडी बाट लास झिकियो रे।आन्दोलनकारी रे। आखिर मर्यो त को ? एक नेपाली।
प्रतेक घटना ले मलाई क्रोधित बनायो।
कुन जुनी को पाप को सजाए दिन मलाई नेपाल मा जन्मायेउ हे भगवान ?
अब
गोजा मा पैसा अभाब
क्यान्टिन मा खाजा अभाब
जनता मा बुद्धि अभाब
नेता मा नैतिकता अभाब
अभावै अभाब को देश ले हिजो मलाइ भोकै सुतायो।
धन्य छ मेरो देश।
पशुपति नाथ ले सबै को रक्षा गरुन।

Friday, 7 August 2015

आश्विनी - नैना

नैना !! नैना !! नैना !!

नैना संग बोल्न छोडे पनि उसको याद अझै आइ नै राख्थ्यो।  तर पनि म उसलाई अप्नाउन सक्दिन भन्ने पक्का थियो।  सुतिरहेको खाट बाट उठेर भित्ता मा झुण्डाइएको ऐना हेरे।  मुस्कुराई रहेको एक केटा देखियो। बस ऐना त थियो बाहिरी आवरण मा जे देखिन्छ तेसैको प्रतिबिम्ब देखायो। नियालेर आँखा मा हेरे पिडा का ज्वाला मुखी फ़ुटिरहेको महसुस गरे। म चाहन्न थिए फेरी त्यही पुरानो ब्यथा दोहोरियोस।
उ संग को breakup पछि  पनि  उसको  माया  लाग्थियो अनि care पनि  गर्थे  एक  दुइ  दिन  सम्म  राम्रो संग बोले उ रुन्थी म फ़काउथे उसलाई म हुनु को आभास सधै  दिलाउथिए तर उ उसको  bf नभाको आभाष ब्यक्त गर्थी म पनि उसंग रुन्थे  उसलाई  फ़काउथे उ भन्थी म एक्लो भए अश्मित  मलाइ  बाँच्नु छैन। मलाइ पनि भन्नु मन लाग्थियो म छु नि मेरो लागि बाँच तर कहिल्यै सकिन  किन-किन एस्तो message गर्न आँट नै आउदैन मलाई कसरि भनु एस्तो कुरा, लाग्थियो she will think मेरो  break up होस् अनि म संग नजिक हुन पाउछु भनेर बसेको रहेछ भन्ने सोच्ने हो कि खै  कहिल्यै हिम्मत गरिन भन्नलाइ।  
सम्हाल आफुलाइ  break up - patch up is a part of life  मैले भने।
उ भन्थी तिमि बुज्दैनौ । पहिला कसैलाइ माया गर थाहा पाउछौ।
खै एक्कासी  म उसलाई बिर्सिएर अतित मा गए,  उसलाई  के  थाहा म  कति  माया गर्थे कसैलाई  भनेर ।
केहि बोलिन।
एकछिनमा  message आयो के भयो बले?  (मेरो  nickname कमेन्ट हेर्दा था पाइछे)
भन्न सजिलो हुन्छ तर जब आफु त्यो ठाउमा हुन्छौ तब थापाउछौ।  मलाइ  भन्छौ  मायाको  बारेमा  मायामा पाउने पिडाको बारेमा तिमिलाई केहि  थाहाछैन नैना।  मैले कुरा रोके।  
के था छैन  मलाई ? भन  न  please- उसको  यो  message ले  मलाई  झन्  भाभुक बनायो।  कसैलाइ  ऐले सम्म भनेको थिएन उसंग खोल्नु मन लाग्यो अनि भने - तिम्रो माया त के होर देख्यो बोल्यो मन पर्यो love relationship यति हैन म अझै पनि त्यस्लाई  माया गर्छु जसले मलाई यति पिडा दिएको छ सम्झिदा छाति पोल्छ  मेरो  म  त्यस्लाई माया गर्थे जसले  मसंग कहिल्यै राम्ररि बोलेन।
को?  उसको उत्सुकता का साथ सोधी।
मेरो  ex आश्विनी।
हँ? Ex ? कैले सुनेन नि नाम तिम्लाई भेट्नु भन्दा पैला को हो तिमीलाई भन्नु  कुनै  त्यस्तो परिस्थिति नै आएन आज भन्दै छु।  
किन  break up भाको ? उसले फेरी सोधी।  
थाहछैन may be म  अतिनै  possessive छु त्यसैले होला उसैले देको break up not from my side मैले भने।
अझै माया  गर्छौ त्यस्लाई?
माया खै थाहछैन care अति  गर्छु  त्यो एकदम  innocent छ यार जो पनि फाइदा लिन खोज्छ त्यस्को  and she don't even know मैले केहि भने कति irritate गरेको भन्छ, she don't know how much I love her
"कुनै केटा ले माया गर्छु भन्ने भेटेर मक्ख नपर,  त्यो बुझ कि माया के का लागि गर्दै छ।" यही कुरा
बुझाउन चाहन्थे तर उसले मेरो यो कुरा कहिल्यै बुझेन र बुझ्ने कोसिस पनि गरेन।
त्यो  दिन  त्यतिकै गयो अरु केहि chat नै भएन हामी बीच। नैना र म आजकल कम नै बोल्थ्यौ,  बोल्नु को अर्थ पनि थिएन सायद, मन्दिरमा फूल चढाएर आउँदा महसुस भएको जस्तो - ढुङगालाई
मनाउन खोज्दा फूलको हत्या गरे मैले, गएको थिए आफु ले गरेका गल्तीहरूको माफि माग्न तर त्यहाँ अर्को पाप गरेर आएको हुन्थे।
अनि एकदिन उसले रुन्चे मुख लाउदै भनि मलाई बिर्सेको अश्मित ? उसको  message ले मलाइ कस्तो नरमाइलो लाग्यो यति बोल्ने  मान्छे एक्कासी chat बन्द गर्दिदा  उसले के सोची के बोलु अनि एकछिन मा  message reply गरे- कहाँ  बिर्सिनु यार तिमीलाई,  अँ  सुनाउ तिम्रो नया नौलो के  छ?
के  हुनु  यार  त्यस्तै  छ जिन्दगि उदास छ तिमि सन्चै छौ ? उसले भनि।
अँ तिमीलाई सन्चो भए भैहाल्यो नि म त्यसै सन्चै नि। मेरो message पढेर उ  खुलेर हासी।
 हाहा गफाडी खुब जानेछु  flirt गर्न। मलाइ पनि उसंग च्याट गर्न  मन  नलाग्ने  कहाँ  होर  उ  मात्र  थि फेसबुकमा मिल्ने साथी अरु कोइ संग बोल्थिन तर लाग्थियो  मेरो गल्तीले उसको  माया  छुट्यो  उसको जीवन उदास भयो so टाडिए उसको जीवन खुसि ले भर्न आफ्नु खुसिको घांटी रेटे मैले उसलाई  के पोख्नु  दुखेसो,  रुनु  मन  लागेको  थियो  उसको अँगालोमा।
आज  के  नभएको  के  बिर्सेको  जस्तो  अनुभूति  गरिरा  को  थिए  एक्कासी  आज   को  date मा  आँखा  पुग्यो  10july केहि  थियो  आज Something special .एकछिन टोल्लाए  के  बिर्सिए मेरो  dairy पल्टाए - अँ  थाहा भयो  भोलि  आश्विनी को  birthday पो  रहेछ।
नैनालाइ  on देखे  सब  कुरा  share गर्थे  उसलाई  भने  ओए  नैना  भोलि  अश्विनी  को   birthday रहेछ यार  for past two years I have been 1 to wish her midnight उ  तेती  wish पाउदा  एकदम   खुसि  हुन्थी।
अनि  उसले  भनि  आज  नि  गर्छौ  त??
 किन  न  गर्नु,  गर्छु  नि यार  मैले  भने।
 एक  छिन्  दुइ  जना  चुप भयौ। भन्न  त  भने  wish गर्छु  तर  न  बोलेको  5 months भाको  रहेछ  अश्विनी  संग  feb 14 को last message फेसबुक मा देखे lets make some distance in fb too के गरु  केहि आएन फेरी सोचे एकदम।  नैना online नै रहेछ  त्यस्लाई सोधे  ओए  I haven't text her since 5 month के  message गर्नु  गर्दिन।
मेरो  message पढे  पछि  उसको  reply आउछ किन गर्नु पर्यो  नि  अन्त  सुकिसकेको घाउलाइ  किन  बल्झाउन नगर मेसेज - उसले सुझाब दि।
अँ  मलाई  उसको  एस्तो  message को  अपेक्षा  थिएन नरमाइलो लाग्यो  हामी  11:30 सम्म  chat गर्यौ  मलाई  wish गर्नु  थियो  india को  time 15min ढिलो  हुदो  हो  message type गरेर  ठिक्क  पारे  अनि  अश्म्विनी  लाइ  text गरे  तर  अपसोच  न  आश्विनी on नै  थि  न  मेरो  message seen भो  न  reply नै  आयो।
पहिला सधै  म  12 बजे  wish गर्थे  अनि  उ  12 :05 सम्म  reply गर्थी  but आज  आएन  नरमाइलो  लागेको  थियो  मन  को  ब्यथा  सुनाउन लाइ  नैना on नै  रहेछ  message गरे  अश्विनी  लाइ  finally . But reply आएन।  
उसले  reply गरि भनेको  हैन  message नगर  भनेर  किन  गरेको  आफु  ले  इज्जत  न  पाउने  ठाउमा के  घुस्रीराको उसको यो कठोर बचन सुनेर म केहि बोल्नु सकिन bye good night भनेर  सुते। चाँदनि छुपेको पल रातको निस्तब्धतासँगै एकनास उत्खनन हुन्छन यि दिलका भाबनाहरु अनबरत, बाकी रात सम्झना मै बित्यो मन मा अनेकौ कुरा बुन्दै।  
अर्को  दिन  बिहानै  उठे  अश्विनीको रिप्लाई आयो  कि   भनेर  हेरे  आको  रैनछ नत seen नै  सायद  फेसबुक चलाउदो  रैनछ क्या हो।  
बिहान 10 बजेको  थियो  नैना  को  message आयो oh  Mr. आयो  त  हजुर  को  miss को  reply??
उसको यो मेसेज ले मलाई एकाएक सनक चड्यो मा किन झोक्किए, मेरा दिमाग तात्न थाले र भने हेर नैना I don't know why are u reacting like this to me she is my ex and nothing more birthday रहेछ  wish गरे  thats it and reply आको छैन।
उसले  फेरी  रुन्चे  मुख  लाउदै  भनि  sorry यार  म  उसंग यति लाचार  हुन्छु  कि धेरै  बेर  रिसाउन  पनि  सक्दिन  कुरा  तेतिकै  सिद्धियो।
राति 5 बजे अश्विनी को message आयो  thank u Ashmit never expected ur wish अझै मेरो  याद आउदो रहेछ अनि म फेसबुक चलाउदिन त्यति आजकल so reply यति  ढिलो भो  message पड्ना साथ  मन हलुका भयो र आश्विनीलाइ  reply गर्नु  अघि  नैना  लाइ  message गरे  she replied me थाछ she is happy for my wish.
यो असन्तुष्ट र महत्वकाक्षी मन एक चाहनाको पुणता पछि दोश्रोको निम्ति पुन "अभिलाषी" बन्दछ। म एकाएक नैना लाई बेवास्ता गर्दै थिए।  अनि  आश्विनी  संग chat गर्न  लागे  तिमि  लाइ  कसरि  नसम्झनु।  
याद  कहिलै  आएन? उसले सोधी।
याद  त  त्यस्को  आउछ  जसलाई  भुलिञ्छ। तिमि  मेरो  मन  मस्तिस्कमा अझै छौ।
एकछिनमा  नैना  को  message आयो  good for u.
मैले  नैना  लाइ  केहि  message नै  गरिन  आश्विनी  संग  बोलिराको  थिए,  आश्विनी  अझै  पनि  मलाई  माया  गर्दो  रहेछ  तर  समय  र  ego problem ले  गर्दा  कहिलै  बोलिन उ  मसंग। म  नैना   लाइ   completely neglect गर्न  लागे  आश्विनी  संग  नै  रमाउथे  नैना  ले  message गर्दा  नि  आश्विनी  को  नै  कुरा  गर्थे  सायद  उ  jealous हुन्थी  उ  सधै   भन्थी  मेरो  माया  टुट्यो  तिम्रो  जोडिन  थाल्यो, आफु लाइ त भाग्य सँग लड्न खुब मजा लाग्छ, भाग्यले अघि बढ्न दिँदैन, राेकिने मेराे स्वभाव छैन उसले भाबुक हुदै भनि।   फेरी  मलाई  त्यही   कुरा  को  आभास  गराई  मैले  गर्दा  उसको  माया  छुटेको  जस्तो  म  केहि  बोलिन  बोल्नु  पनि  के  बोलु  म।  एउटा  लाइ  माया गरेको  आभास  दिलाई  अनि  अर्को  संग  माया गर्छु म।
 
म एक दुबिधामा  छु कोस्लाइ रोझुं , नैनाले मलाइ  माया गर्थी, अनि आश्विनी फेरी मेरो जिबनमा फर्किएकी थि।  जाममा परेको गाडी जस्तो भो जिन्दगि, न छिटो अगाडी जान सके, न पछाडी फर्किन सके !!
जिन्दगि  ले  जब  लान्छ  सबै  लैदिञ्छ र  जब  दिन्छ  येसरी  दिन्छ  कि  केहि  सोच्ने  सक्दैनौ।

Tuesday, 4 August 2015

माया

मेरो लेफ्ट साइडबाट हिडन, उस्ले भनि।  मैले सोधे किन नि ? माया गर्ने मान्छे सधैं लेफ्ट साइडमा हुनुपर्छ रे के जस्तो तिमि मेरो मुटुमा छौ।  म केहि नभनी उसको बाया पट्टिबाट हिड्न थाले।  बेलुकी को समय नारायणी को छेउमा दिन भरिको थकान मेट्ने मानिसहरु धेरै देखिन्थे।  हामि एकअर्काको हात समाउदै हिड्दै थियौ।  उ मलाई एकदम राम्री लाग्थी थि, उ मभन्दा करिब ४ वर्ष ले कान्छी थि,   अनि एकदम शुशिल, सरल, अनि सुन्दरताले भरिपूर्ण थि । मध्यम परिवार कि उ खासै राम्रा कपडा र सौन्दर्यका  सामान प्रयोग गर्दिनथी।  उसको बाबु उ ८ वर्षको हुदा नै बित्नु भएको आमाले जेनतेन गरि स्टाफ नर्स पढाएकी थिइन्।  लजालु स्वभाब कि उनि खासै धेरै बोल्ने गर्दिनथीइन ।
आउ बसौ।  मैले छेउ  को डिल तिर इसारा गर्दै भने उनि बसिन म पनि उनकै छेउमा बसेर उनलाई हेर्न थाले।  रेसमी बाक्लो केश, हरिण नैनि आँखा, फुल जस्तो निर्दोष पन, गुलाबी ऒठ अनि जब उनि मुस्कुराउथिन, घाम को किरणले टल्केका हिमाल जस्ता दांत, म हेर्दै पागल हुन्थे उनको चन्द्रमा रुपी मुहार अनि सुन्दै लठ्ठ पर्थे उनको त्यो कोइलि को झैँ  बोलि।  उनि बोल्नुस न भन्दै घच्घचाउथिन म झसङ्ग बिउझिन्थे।
केहि खाउँ न।  उनले सुनेनसुने गर्थिन।  उनीसंग धेरै पैसा हुन्थेन र खर्च गर्न रुचाउथिनन। पोलेको मकै किनेर दुवै खादै गफ गर्दै थियौ।  पारि पुलमा गाडीहरु को लामो लाम देखिन्थ्यो।  घाम क्षितिज मा बिदाई माग्दै थियो।  केहि क्षणको बसाइ पछि उनि बोलिन अब जानु पर्छ।
प्रिया !! हामी फेरी कैहिले भेट्ने ? मैले सोधे।  उसले छिट्टै मात्र भनि।  संगै उसलाई पुल्चोकमा गाडी चडाएर म बिदाई को हात हल्लाउदै थिए।
उनि संग धेरै भेट हुन्थेन , खासै बाहिर डुल्ने फोनमा घन्टौं कुरा हुने बिरलै  हुन्थ्यो।  उनि धेरै पड्न रुचाउथिन मैले पनि उसको पडाइलाइ सपोर्ट गर्थे।
म नारायणगढको कम्पुटर पसलमा काम गर्थे। हार्डवयर सफ्टवयरमा डिप्लोमा गरेर त्यही सानो तिनो जागिर गरेर पेट पाल्दै थिएँ।  आफु नि मध्यम परिवारको हुनाले खासै ठुलो उपलब्धि थिएन।  दिउसो अफिस अनि बिहान बेलुका घरमै समय बित्ने गर्थ्यो।  फुर्सदमा मुभी, इन्टरनेट त्यसैमा बित्ने गर्थ्यो दिन।  म दिनहु फेसबुकमा अनलाइन हुन्थे। प्रिया संग बोल्ने  खुब रहर हुन्थ्यो तर उनि अनलाइन आउँदिनथिन।
अनलाइनमा म धरै जसो एन्जिला संग नै समय बिताउथे।  एन्जिला कहिले काँही आँउथि उ मेरो मिल्ने साथी थि।  उसलाई मेरो बारेमा सबै थाहा हुन्थ्यो अनि मलाई उसको।  धनि बाउ कि एक्ली छोरि केहि नपुग थिएन उसलाई।  हाई क्लास का लुगा अनि मुभी, डान्स पार्टी र घुमघाममा बडी हिड्न रुचाउने।  हामि कहिले काँही भेट्थ्यौ। प्रियाको अनुपस्थितिमा एन्जिला संग को मित्रता ले मलाई एक्लोपन देखि  टाडा राख्न मद्धत गर्थ्यो।  हल्का काली भएपनि खुब राम्री थि उ ।  मिलेका  शरीर मा राम्रो ढंग को कपडा परेपछि छुट्टै सुन्दरता देखिन्थ्यो उसको।  म संगै कि उमेर कि उ खुब जिस्किन्थी। हामी दुबैलाइ बियर राम्रो लाग्थ्यो तर फरक यो थ्यो कि, उस्लाइ teady बियर, मलाइ strong बियर। गफै गफ मा उ मलाई बिहे गर्छस भन्दथी म जिस्किदै हुन्छ भन्दिन्थे।
भोलि भेटम न उसले भनि।  सोमबार मेरो नि अफिस बिदा थियो हुन्छ भने।  सौराहा जाने म स्कुटी ल्याउछु।  उसले भनि।
भरतपुर सम्म म गाडी मा जानु पर्ने भयो अनि उसको स्कुटीमा।  भोलि पल्ट म उसलाई फोन गरेर भरतपुर को गाडी चढे।  एक छिन् मा उ आइ अनि हामी सौराहा तिर लाग्यौ।  खाजा खायौ उसले वाइन खाने प्रस्ताब गरि।  वाइन जस्तो कुरो केटिले नै खाऊ भनेपछि म पछि हट्ने कुरा पनि आएन।  सिर सिर हावा ले उसको कपाल उडाउदै थियो।  उ नसा मा खुब बोल्दै थि। कहिले डान्स पार्टी अनि कहिले कता घुम्न गएको।  बोल्दा बोल्दै उ उठी अनि दुइ हात हावामा उडाउदै एक फन्को मार्दै " मलाई यो संसार भरि मा  तिमि संग बस्दा जति आनन्द अरु कहिँ आउदैन " उ लड्न थाली म जुरुक्क उठेर उसलाई समाए।  उ खिस्स हासी अनि भनि - तिमि कति स्वीट छौ।  अनि बेतोड पागल झैँ हास्न थाली।  एकाएक म तिर फर्की अनि भाबुक बनि अनि भनि म तिमीलाई माया गर्छु।  मैले केहि बोल्न नपाउदै उसको ओठ ले मेरा ओठ छुन पुगिसकेका थिए।  मैले केहि प्रतिक्रिया दिन सकिन।  प्रियालाइ सम्झिए, लाग्यो म गलत गर्दै छु।  एन्जिला जाउँ अब घर।  ढिलो भयो।  उसलाई घर छोडेर म राति ८ बजे घर तिर लम्किए। गाडी ७ बजे नै बन्द भैसकेको थियो।  बाटोमा आउने केहि मोटर साइकल रोक्दै केहि पर लगिदिन अनुरोद गर्दै बेलुकी को ११ बजे घर पुगे।
रातभर निन्द्रा लागेन प्रिया को याद अनि एन्जिला को त्यो स्वभाब।
पिरतीको त्यो जात बैमानी, धरो धर्म मायालुको त्यो हात बैमानी, सबै भन्छन् तिम्रो त्यो मैले मात्रै हैन, जवानिको नशा लाग्ने मात बैमानी। साचिकै एन्जिला ले मात को सुर मै आफ्नो माया को त्यो अनुरोध मलाई पेश गरिकी थि। नभनोस पनि कसरि धेरै टाइम उ उसंगै बोलेर बिताउथे दिन।  साना देखि ठुला हरेक कुरा शेयर गर्ने गर्थे।  प्रिया लाइ भन्नु मन थियो तर सकिन यो सबै।  प्रिया संग करिब २ ३ दिन मा बल्ल कुरा हुन्थ्यो।  उसले घर पुगेपछि मलाई चटक्क भुल्थी।  अनि म उसलाई फोन गर्न पनि सक्थिन , उ भन्थी मलाई आमा को अगाडी बोल्न गारो लाग्छ। सायद गरिबी ले नि होला एउटा मोबाइल बोक्न नसकेकी।  सोच्दा सोच्दै कुन बेला निदाएछु पत्तो पाइन्।
मेरा बा जस्ता बुद्धिमान मान्छे कमै होलान। जति सुतेपनि उठ भन्दैनन्  बस .. बिहान पाँच बजे देखि फुल भोलुममा रेडियो थर्काउछन।  बिहानै रेडियो को आवाज ले निन्द्रा खुल्यो।  मोबाइल मा एन्जिला को मेसेज आएको रहेछ।  "हिजो को लागि सरि तर जे बोले त्यो सहि थियो तिमि लाइ मा एकदम माया गर्छु।  धेरै दिन देखि भन्ने कोसिस गरेको थिए तर सकिन हिजो नसा मा भनेछु चित्त दुखाएको छु भने माफ गरिदेउ।" मैले इट्स ओके मात्र रेप्ली दिएँ।
दिन भर अफिस सकेर म बेलुका छिटो निक्लिए प्रिया को कलेज ४ बजे छुट्थ्यो म उसको कलेज गेट अगि नै पुगेको थिए उसलाई लिएर म फेरी त्यही नारायणी छेउ पुगे।
प्रिया मलाई कति माया गर्छौ ? उसको मुखमा हेर्दै भने उ एकछिन अक्मकाइ कहिल्यै त्यसरी नसोध्ने उसको प्रेमी उसलाई प्रश्न गर्दै थियो।  उसले भनि हेर्नु म हजुरलाई एकदम माया गर्छु तर हामी गरिब छौ।  आमा घरमा एक्लै हुनुहुन्छ मलाई जेनतेन पढाउने उहाको धोको छ अब को एक वर्ष मा मेरो पडाइ नि सकिन्छ अनि मेरो बिहे हुन्छ।  सायद बैसाख मा।  म टुहुरी छोरि मेरा केहि रहर छैनन्।  मेरी आमा भन्नु हुन्छ म राम्रो पढु अनि उहाको रहर अनुसार कुनै एक असल युबक संग बिहे गरु जसले मेरो अनि मेरो आमाको ख्याल राखोस।  आमाको इच्छा छ कि मेरो श्रीमान मलाई  र मेरी आमालाइ खुसि  राख्न सकोस।  मैले हजुरलाई माया नगरेकी हैन तर मा मेरो आमा को इच्छा बिपरित बिहे गर्न सक्दिन।  जब म ८ वर्ष को थिए।  उहाले मलाइ मेरो बाबा र आमा दुवै को कमि हुन दिनु भएन, भोको पेट खाइ नखाई हुर्काउनु भयो।  अब हजुर आफै भन्नुस मा के गरु ? हजुर मेरो भाग्य मा हुनुहुन्न जस्तो लाग्छ मलाई।
प्रिया भाग्य भगवान ले लेख्छ तिमीले हैन। मैले त्यति मात्र भने।  
मेरा आँखा का डिल बाट आँशु का भेल बग्न थालिसकेका थिए।  म केहि बोल्न सकेको थिइन्।  सदा झैँ म उसलाई गाडी चडाएर घर फर्किए।
म पड्न छोडेर सानो जागिर गर्ने मान्छे।  महिना को १०००० कमाउछु।  प्रिया को खुसि अनुसार उसको आमा र उनि लाइ सायद यति पैसा काफी छैन।  बिहे गरेपछि नि बुडी को फरिया किन्न बाउ संग पैसा माग्न जुन सुकै छोरो लाइ आत्मग्लानी हुनेगर्दछ।
कफी र तिम्रो याद उस्तै लाग्छ मलाई, लत बसिहाल्यो ! दुबैले निदाउन दिदैन।
प्रियालाइ सम्झेरै रात बित्यो।  एन्जिला घरि घरि फोन गर्थी।  मैले जानीजानी रिसिभ गर्थिन।  उ धेरै म्यासेज गर्थी - "सधै हसाउन सक्दिन होला तर कहिले रुवाउने छैन सधै साथ दिन सक्दिन होला तर एक्लै छोड्ने पनि छैन " येस्तै येस्तै।  एक मन ले भन्थ्यो कि प्रिया लाइ वास्ता गर्न छोडिदिम अनि एन्जिला संग माया गासु।  फेरी मन मान्देन थियो।  पिडा त तब हुने रहेछ जब आफुले चाँहेको मान्छे पाँउन सकिदैन। मेहेन्दि गाढा बनाउन चिनि,कागति,चियापति र पानि नपारि राख्नुपर्छ।भोलिपल्ट पनि केयर गरेर उक्काए गाढा बस्छ। संम्बन्ध पनि त्यसरिनै केयर गर्नु पर्ने रहेछ।  प्रिया संग यदि म धेरै बोल्ने गर्थे र उसको हरेक कुरामा मेरो संलग्नता हुन्थ्यो भने सायद आज प्रियाको मुखबाट छुटिने कुरा आउने थिएन होला। रुदा रुदै रात बित्यो, धन्न ! आँशुको कुनै रंग हुँदैन । नभए भिजेको सिरानीले मेरो सप्पै पोल खोलिदिन्थ्यो होला ।"केही प्राप्त गर्न केही गुमाउनु पर्छ रे" तर मैले त स्वयम प्रिया लाइ नै गुमाए जस्तो लाग्न थाल्यो उसलाई पाउने आशा मा।
प्रिया संग बोल्न कि उसको घर पुग्नु पर्थ्यो कि उसको कलेज।  म सधैं भेट्न जान  नि सक्थिन।  अनि उ मलाई कल, म्यासेज गर्न नि सक्दिनथें।  मलाई एक्लो महसुस हुन्थ्यो।  एन्जिला संग फेरी उही पुरानै कुराहरु सुरु हुन थाल्यो।
एन्जिला ले  मलाई माया गर्थी।  मैले प्रिया लाइ,  अनि प्रिया ले आमा को इच्छा  पुरा गर्न मलाई छोड्ने निधो गरेकी थि।
एकदिन एस्तो आयो कि एन्जिला ले मेरो र प्रिया को कुरा सबै थाहा पाइ।  उसले फोन गरेर भनि - म तिमीलाई धेरै माया गर्छु।  मलाइ प्रियाको मायाको दोषी बन्नु छैन मलाई उसको माया खोसेर आफु खुसि हुनु छैन।  तिमि पनि प्रिया लाइ माया गर्छौ  भने मलाई तिमिहरु को बीच आउने कुनै अधिकार छैन।
उसले एक्कासी यो सब भन्दा मलाई नरमाइलो लाग्यो।  उसलाई भेटेर कुरा गर्न बल्ल तल्ल मनाए।  एन्जिला मैले यो सब पहिले नै  भन्छु भन्ने सोचेको थिए तर तिम्रो मन दुख्ने डर ले भन्न सकिन मलाई नि तिम्रो माया लाग्छ, राम्री लाग्छ तर म प्रिया लाइ पाउन चाहन्छु।  मैले उसलाई पाउने छु या पाउदिन थाहा छैन तर पनि म उसको माया मार्न सक्दिन।
थाहा छ मलाइ साँचो माया कस्तो हुन्छ। मैले नि तिमीलाई माया गर्छु अनि यदि कोहिलाइ साँचो माया गरेर नि पाइदैन भन्ने थाहा हुन्छ नि? दिल टुटेर आउछ।  तिमि आफ्नो मायामा अडिक रहनु अबश्य तिमि सफल हुनेछौ।  म सधैं तिम्रो साथ हुनेछु।  हरदम हर पल।  जहिले तिमि आफुलाई एक्लो महसुस गर्नेछौ तब मलाइ बोलाउनु म सधैं तिम्रो लागि बचिरहेकी हुनेछु। - उसले रुदै भनि।
उ केहि नबोली फर्की अनि गइ मैले बोलाउन सकिन न उसले नै फर्केर हेरी।
तिर्खा लागेको जस्तो घांटी  भित्रैबाट पोलेर आयो। आँखा रसाए संग संगै जिउ काम्न थाल्यो।
प्रिया को मन फर्कियोस प्राथना गर्दै थिए तर आशा थिएन।  दिनमै धनि हुने अनि प्रियाको आमालाइ खुसि राख्ने सपना बुन्न थाले।  बिचारी एन्जिलाको नि मेरो जति नै दुखाइ होला।  उ पनि रात दिन रुंदी हो।  तर म बिबश थिए न उस्का हात थाम्न सक्थे न प्रिया कै हात समाएर अगि बड्न।
न त कसैले सोध्यो, न त कसैलाई सुनाइयो, न त हेर्दा देखियो, न त हेर्नेले देखे।
केवल आफैले महसुस गरेँ म भित्रका ती तिम्रा अदृश्य अनि मौन दुखाइहरु !!


धर्म

एउटा गिद्धको बच्चाले भन्यो - "बुवाआज मलाई मान्छेको मासु खान मन लागेको छ ।" गिद्धले भन्यो - "हुन्छ बाबू ! म बेलुका लिएर आउँछु ।" यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको
मासु लिएर आयो । बच्चाले भन्यो - "यो त सुँगुरको मासु हो, मलाई त मान्छेको मासु खान मन लागेको छ।" गिद्धले भन्यो - "पर्खि ! म बेलुका सम्ममा बन्दोबस्त गर्छु ।" फेरि यति भनेर ऊ उड्यो र बेलुकी मरेको गाईको मासु लिएर आयो । बच्चाले रिसाउँदै भन्यो - "यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।" गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकिदियो । केही समयपछि त्यहाँ मान्छेका लाशहरू बग्रेल्ती भेटिए र गिद्धका बाउछोरा मिलेर अघाउँजी मान्छेको मासु खाए । गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र बाउलाई सोध्यो - "यो सब चमत्कार तपाईंले
कसरी गर्नुभयो, यति धेरै मान्छेको मासु ?" गिद्धले भन्यो - "छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थका लागि 'धर्म' नामको भाइरस फैलाएका छन् । अनि यही धर्मको नाममा मर्न र मार्न तयार हुन्छन् । धन्य नानी ! हाम्रो कुनै धर्म छैन, त्यसैले तँ मज्जाले मासु खा !!
सायद यसैले महान समाजशास्त्री कार्ल मार्क्सले धर्मलाई अफिम भनेका होलान